Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कृषियोग्य जमिनको उर्बराशक्ति घट्दै, प्राङगारिक मलको प्रोत्साहनमा कमी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३१, २०८१
कृषियोग्य जमिनको उर्बराशक्ति घट्दै, प्राङगारिक मलको प्रोत्साहनमा कमी

वीरगंज (पर्सा), ३१ जेठ । वीरगंजको त्रिभुवन हनुमान माध्यामिक विद्यालयका पूर्वप्रधानाध्यापक शत्रुघन गिरी लामो समय शिक्षण पेसामा कार्यरत रहनुभयो । शिक्षण पेसाबाट अवकाश पाएपछि उहाँमा केही नयाँ काम गर्ने हुटहुटी जागेसँगै अहिले प्राङ्गारिक मलको प्रयोग गरेर खेती किसानी गर्दै आइरहनुभएको छ । उहाँले अहिले पर्सा जिल्लाको पोखरिया नगरपालिका-१ स्थित आफ्नै डेढ बिघा खेतमा कालो मार्सी धान रोप्दै आउनु भएको छ । “प्राङ्गारिक मलको प्रयोग गरेर धान तथा गहुँ खेती गर्दै आइरहेको छु । उब्जनी पनि सोचेभन्दा राम्रो भइरहेको छ,” उहाँले भन्नुभयो, “रासायनिक मलको सधैंको हाहाकार हुने समस्याबाट आजित भएर नै प्राङ्गारिक मलको प्रयोग गरेर खेती गर्दै आइरहेको छु । अचेल त रासायनिक मलको प्रयोग गर्नै छाँडिसके ।”

उहाँलाई राज्यले प्राङ्गारिक मल प्रयोगमा प्रोत्साहन नगरेकामा भने दुःख लाग्दछ । “अत्यधिक रासायनिक मलको प्रयोगले माटोको अम्लियनपन बढाएको र कृषि उब्जनी पनि घटेकोघट्यै छ”, उहाँले भन्नुभयो, “राज्यले विकासे मलमा मात्रै होइन, प्राङ्गारिक मलमा पनि अनुदान बढाउनुपर्‍यो ।” उहाँले व्यक्तिगत तबरले प्राङगारिक मलको प्रयोग गरेर कालो मार्सी धान रोप्दै आइरहनुभएको छ । उहाँले उत्पादन गरेको कालोमार्सी धान प्रति क्विन्टल साढे १० हजार रुपैयाँमा भन्दा बढीमा बिक्री हुँदै आइरहेको छ । “अहिलेका मान्छेहरू तातै खाउँ छिटो मरौं भन्ने जस्तो जतिसक्दो धेरै रासायनिक मलको प्रयोग गरेर धेरै उब्जाउने प्रवृत्तितर्फ गइरहेका छन्,” उहाँले भन्नुभयो, “केही वर्षका लागि त रासायनिक मलको प्रयोगले उब्जनी पनि बढाउला तर यो सधैँैं दिगो भने रहँदैन । त्यसैले मैले रासायनिक मललाई त्यागेर प्राङ्गारिक मलको प्रयोग गरी खेती गर्दै आइरहेको छु । यसबाट उत्पादन हुने कृषि उपजले पक्कै पनि स्वास्थ्यलाई हितकर नै हुनेछ ।”

पूर्व प्रधानाध्यापक गिरीले मात्रै होइन, वीरगंजका केही सचेत कृषकले रासायिनक मलको सट्टामा अहिले प्राङ्गारिक मल खरिद गरेर खेती किसानी गर्दै आइरहेका छन् । कृषि ज्ञान केन्द्र पर्साका प्रमुख कमलदेवप्रसाद कुशवाहा रासायनिक मलको सट्टामा प्राङगारिक मलको प्रयोग गरेर खेती गर्दा उब्जनी पनि राम्रो हुने बताउनुहुन्छ । “रासायनिक मलको अत्यधिक प्रयोगले कृषियोग्य जमिनमा अम्लियपन बढ्दै गइरहेको छ । यसले कृषि उत्पादकत्व पनि घटिरहेको छ ।” उहाँले भन्नुभयो, “रासायनिक मलको कारणले क्षणिक रुपमा उत्पादन बढे पनि अन्ततः त्यसले दीर्घकालीन रुपमा फाइदा भने गर्दैन ।” प्रमुख कुशवाहाले सरकारले वर्षेनी रासायनिक मलमा रु ३५/४० अर्ब अनुदान दिए पनि प्राङ्गारिक मलमा पनि अनुदान दिने व्यवस्था गर्न आवश्यक भएको बताउनुभयो । “रासायनिक मलले बिग्रिएको माटोलाई प्राङ्गारिक मलको प्रयोग गरेर भए पनि केही हदसम्म सुधार गर्न सकिन्थ्यो,” उहाँले भन्नुभयो, “प्राङ्गारिक मलको प्रयोग गरेर उत्पादन हुने कृषि उपज पनि स्वास्थ्यको लागि राम्रो हुने गर्छ ।” पछिल्लो समय कृषकले आफ्नो घरमा गाई/भैंसी जस्ता चौपाया नपाल्ने चलन बढ्न थालेकाले प्राङ्गारिक मलको अभाव हुने गरेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रार्देशिक कार्यालय वीरगंजका प्रमुख दुर्गाप्रसाद पाण्डेय स्थानीय तहले प्राङगारिक मल प्रयोग गर्नका लागि प्रोत्साहनमूलक कार्यक्रम नगरेको बताउनहुन्छ । “सरकारले प्राङ्गारिक मलमा अनुदान दिएको खण्डमा रासायनिक मलको खरिद र बिक्री कम भइहाल्छ”, उहाँले भन्नुभयो, “अहिले कृषकले अत्यधिक मात्रामा रासायनिक मल प्रयोग गर्र्ने प्रवृत्ति बढेको छ । प्रत्येक बालीमा प्रतिका १० केजीको दरले रासायनिक मल राख्दै जाने हो भने त पाँच/सात वर्षमैै माटोको उर्बराशक्ति हस भएर जाने गर्छ ।” सरकारी मापदण्डअनुसार प्रतिका तीन किलोग्राम मल प्रयोग गर्नुपर्ने हुुन्छ तर धेरै खेती उब्जाउने नाममा कृषकले प्रतिका आठदेखि १० किलोग्राम रासायनिक मल प्रयोग हुँदै आइरहेको छ । यहाँ सीमावर्ती जिल्लासँग जोडिएकाले पनि सहजै रुपमा तस्करीको माध्यमबाट पनि कृषकले मल प्राप्त गर्न सक्छन् ।

प्राङ्गारिक मलको व्यावसायिक उत्पादन
घरगोठमा नै उत्पादन हुने प्राङ्गारिक मलको अभावलाई परिपूर्ति गर्नका लागि वीरगंज आसपासको क्षेत्रमा व्यावसायिक रुपमा पनि प्राङ्गारिक मलको पनि उत्पादन र बिक्री वितरण पनि हँुदै आइरहेको छ । क्याप्टेन फार्म प्राली वीरगंजले नौं वर्षदेखि वीरगंज महानगरपालिका(२४ रामगढवा ज्योत्तिनगरमा व्यावसायिक रुपमा प्राङ्गारिक मलको उत्पादन गर्दै आइरहेको छ ।

क्याप्टेन फार्म प्रालिका सञ्चालक ताराप्रसाद गुप्ताले रासायनिक मलको अभावलाई पूर्ति गर्न र माटोको उर्बराशक्तिलाई कायम राख्न भन्दै २०७२ सालदेखि प्राङगारिक मलको उत्पादन गर्दै आइरहेको बताउनुहुुन्छ । “हामीले चार विघा क्षेत्रफलको जग्गामा नौ वर्षदेखि प्राङ्गारिक मल उत्पादन गर्दै आइरहेका छौँ । गाईभैंसीको गोबर, स्थानीय झारजात, जडिबुटीलाई ‘वेष्ट डिकम्पोजर’बाट कुहाएर प्राङ्गारिक मल बनाउँदै आइरहेका छौँ ।” उहाँले भन्नुभयो, “हामीले जैविक ढङ्गले प्राङ्गारिक मल उत्पादन गर्दै आइरहेका छौँ । यसमा कुनै पनि प्रकारको रसायनको प्रयोग गरिएको छैन ।”

कम्पनीले अर्गानिक कार्बनको छुट्टै ट्याङ्की बनाएको छ । कोशेबाली कुहाएर जैविक नाइट्रोजन निकाल्ने गरेको छ । कम्पनीले कम्पोष्ट र गड्यौले गरी दुई खालका प्राङगारिक मल उत्पादन गर्दै आइरहेको छ । प्राङ्गारिक मल बन्नका लागि कम्तिमा पनि ४५ देखि ६० दिनको अवधि लाग्ने बताइन्छ । कम्पनीसँग वार्षिक दुई हजार मेट्रिक टन प्राङ्गारिक मल उत्पादन गर्ने क्षमता रहेको छ तर अहिले कम्पनीले वार्षिक एक हजार मेट्रिक टन प्राङगारिक मल उत्पादन हुदैँ आइरहेको छ । प्राङ्गारिक मल प्रतिकिलोग्राम ३० देखि ३२ रुपैयाँमा बिक्री हुँदै आइरहेको छ । प्राङगारिक मल प्रतिका २५ देखि ३५ किलोग्राम प्रयोग गर्दा राम्रो हुने बताइन्छ । व्यावसायिक रुपमा उत्पादन गरेको प्राङ्गारिक मल एक केजी, दुई केजी र २५ केजीको बोरामा उपलब्ध हुँदै आएको कम्पनीले जनाएको छ ।

कम्पनीका सञ्चालक गुप्ताले रासायनिक मलको प्रयोग हुँदै आइरहेको जमिनमा प्राङ्गारिक मल प्रयोग गरेपछि ६० प्रतिशत रासायनिक मलको हिस्सा कमी गर्न सकिने दाबी गर्नुहुन्छ । “रासायनिक मल प्रयोग हुँदै आइरहेको जमिनमा पहिलो पटक प्राङ्गारिक मलको प्रयोग गर्ने हो भने ६० प्रतिशत रासायनिक मलको मात्रा घटाउन सकिनेछ,” उहाँले भन्नुभयो ,“दोस्रो पटकमा विगतमा प्रयोग हुने रासायनिक मलको २० प्रतिशत मात्रा प्रयोग गरे पुग्नेछ । तेस्रो बालीमा भने १० प्रतिशतमा झार्न सकिनेछ । चौथो बालीपछि भने रासायनिक मलको प्रयोग गर्नु पर्दैन ।” कम्पनीले अहिले दैनिक १५ जनालाई रोजगारी दिंदै आइरहेको छ ।

“सुरुआती चरणमा प्राङ्गारिक मलप्रति किसानको विश्वास जगाउन धेरै गाहे थियो तर अहिले विस्तारै कृषकले प्राङ्गारिक मलको आवश्यकता बुझ्दै आउनुभएको छ”, गुप्ताले भन्नुभयो । स्थानीय तहले कृषकलाई प्राङ्गारिक मल प्रयोग गर्नमा अनुदान दिने कार्यक्रम अघि बढाउन जरुरी रहेको उहाँको भनाइ छ । कम्पनीले उत्पादन गरेको प्राङ्गारिक पर्सा, बारा, पोखरा र धनगढीसम्म बिक्री वितरण हुँदै आइरहेको जनाएको छ । वीरगंज महानगर क्षेत्रमा मात्रै प्राङगारिक मल उत्पादन गर्ने कम्पनी तीनवटा छन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख कुशवाहाले सीमावर्ती बजारमा नक्कली प्राङ्गारिक मलको कारणले जनताको आकर्षण बढ्न नसकिरहेको बताउनुभयो । “सीमावर्ती बजारमा नक्कली प्राङगारिक मलको छयाप्पछ्याप्ती पाउने गरेकाले पनि कृषकमा अझै पनि प्राङ्गारिक मलप्रति आकर्षण बढाउन सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो । कृषि ज्ञान केन्द्र पर्साका अनुसार आव २०७८/७९ मा पर्सा जिल्लामा १६ हजार नौ सय ६७ मेट्रिक टन रासायनिक मलको प्रयोग भएको थियो । केन्द्रका अनुसार सो वर्ष युरिया मल १० हजार ९० मेट्रिक टन, डिएपी छ हजार ९६ मेट्रिक टन, पोटास दुई सय ७५ मेट्रिक टन प्रयोग गरिएको छ । सिंगल सुपरफास्फेट पाँच सय ३ मेट्रिक टन प्रयोग भएको थियो ।

पर्सा जिल्लामा सबैभन्दा धेरै उत्पादन हुने बालीमा धान पर्छ । आव २०७८/७९ मा पर्सामा ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । यसबाट दुई लाख ३३ हजार एक सय ३५ मेट्रिक टन उत्पादन भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले वैशाख मसान्तसम्मको लागि छ सय ७१ मेट्रिक टन युरिया मल बिक्री गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगंजका अनुसार चालु आव २०८०/८१ को वैशाख मसान्तसम्मको अवधिमा चार हजार छ सय ८९ मेट्रिक टन युरिया मल बिक्री गरेको छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि