Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अदालतबाट फैसला भएकाे २४ घण्टाभित्र उपेन्द्र यादवको दम्भ सक्छ : प्रदिप यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३०, २०८१
अदालतबाट फैसला भएकाे २४ घण्टाभित्र उपेन्द्र यादवको दम्भ सक्छ : प्रदिप यादव

वीरगंज (पर्सा), ३० जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले अदालतबाट फैसला भएको २४ घण्टाभित्र उपेन्द्र यादवको दम्भको पत्ता साफ हुने बताएका छन् । बुधवार झापामा जनता समाजवादी पार्टीले (जसपा) जिल्ला कार्यसमिति झापाद्वारा आयोजित झापा जिल्ला भेला तथा रूपान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सङ्घीयताका विषयमा उपेन्द्र यादवले खुलेर बोल्न नसकेको र कार्यकर्ताहरूसँग योजना माग्दा कमिसन बिना काम नगरेको हुँदा उनलाई आफूहरू छोड्न बाध्य भएको बताए ।

उपेन्द्र यादवले कार्यकर्तामाथि गरेको पीडा आफूले बुझेको बताउँदै जसपाका उपमहासचिव समेत रहेका मन्त्री यादवले भने, ‘यो दम्भ सधैँका लागि नासिएर जान्छ ।’ उनले थपे, ‘उपेन्द्रजीले हामीलाई १७ वर्षसम्म झुक्क्याएर राख्नुभयो । प्रत्येक निर्णयहरू एकलौटी रूपमा लिँदै हाम्रो भवनमा ठेस पुर्‍याइरहनुभयो । असह्य भएपछि हामीले उहाँलाई छाडेका हौँ ।’

मन्त्री यादवका अनुसार उपेन्द्र यादवले देशभरमा निर्वाचित जनप्रतिनिधिहरूसँग कमिसन माग्ने, आफ्नो नियन्त्रणमा राखेर पुतली जस्तो नचाउँदै मानसिक रूपमा दुर्व्यवहार गर्नुहुन्थ्यो । ‘वीरगंजका वर्तमान मेयरदेखि पूर्व मुख्यमन्त्रीसम्मबाट उपेन्द्रजीले कमिसन लिएको मसँग प्रमाण छ । समय आए सार्वजनिक गर्छु,’ उनले थपे ।

अशोक राईको शालीन व्यवहारप्रति आफूहरू आकर्षित भएर उहाँको नेतृत्वमा पार्टी गठन गरेको मन्त्री यादवले बताउँदै भने, ‘अशोक राईजीको शालीन व्यक्तित्व, सङ्घीयता स्थापनाका लागि उहाँको योगदान र विभेदमा परिएकाहरू अधिकार प्राप्तिका लागि उहाँ सङ्घर्षबाट हामीहरू आकर्षित भएर उहाँको नेतृत्वमा पार्टी गठन गरेका हौँ । म विश्वस्त छु उहाँले उपेन्द्रजी जस्तो पदको दुरुपयोग गरेर मुद्दासँग धोका गर्दै राष्ट्रलाई क्षति पुर्‍याउने काम गर्नु हुँदैन ।’

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जसपाका नेता रणधोज कन्दङवाले सङ्घीयता भित्रको पहिचान झुन्ड झुन्डबाट प्राप्त नहुने बताउँदै उपेन्द्र यादवको भरमा परेर पीडित नबन्न सबैलाई आह्वान गरे । त्यसैगरी जसपा नेता आङ् काजी शेर्पाले जनजाती र मधेस मुद्दा एउटै भएको बताए । रूपान्तरण अभियानका अध्यक्ष दिपेनवाला राईको सभापतित्वमा भएको कार्यक्रमलाई राजनीतिक समितिका सदस्य रमेश राई, आरसी तुम्सा, प्रदेश सभा सदस्य निर्मला तावालगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमले रूपान्तरणअन्तर्गत झापा जिल्लाको नयाँ कार्यसमिति समेत चयन गरेको छ । जिल्ला कार्यसमितिको अध्यक्षमा समर राई, उपाध्यक्षमा सन्तोष गणेश, ज्ञानेन्द्र कुरुम्बाङ, सचिवमा रोम घिमिरे, उपसचिवमा लक्ष्मी सुब्बा, चिजा राई, कोषाध्यक्षमा गीता राई रहनुभएको छ भने सदस्यहरूमा हर्क खालिङ, उदय गुरुङ, रमन राजवंशी, बालकुमार भुजेल, वासुदेव राई, पल्टन ताजपुरीया, विष्णु महतो, सुदिप थुलुङ, प्रेम थुलुङ, चित्रबहादुर राई, राजेश देवान, साम मोहम्मद मियाँ, अमला राई, पूर्णकुमारी मगर राई लगायत रहेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि