Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बिरामीको स्याहार गर्दागर्दै स्विट्जरल्यान्डको संसद भवन पुगे बारा जिल्लाका रामकुमार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३०, २०८१
बिरामीको स्याहार गर्दागर्दै स्विट्जरल्यान्डको संसद भवन पुगे बारा जिल्लाका रामकुमार

बार्सिलोना, ३० जेठ । बिहान पौने ६ बजे उठ्नु, बिरामीलाई नुहाइदिनु, खाना खुवाइदिनेदेखि समय समयमा औषधि दिनु, दिशा पिसाब गर्न अप्ठयारो भएका सहयोग गर्नु – यो सबै स्विट्जरल्यान्डमा स्टाफ नर्सको रुपमा कार्यरत ४४ वर्षीय रामकुमार दासको यो दैनिकी हो । बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं. १ पिपरा  स्थायी घर भएका उनी ग्राउबुन्डेन प्रदेशमा (क्यान्टोन) रहेको ‘कन्भिभो खुरमा’ काम गर्दछन् ।

रामकुमारलाई लाग्छ -‘पीडा र दुःखमा रहेका बिरामीहरुको समस्या आफैंले अनुभव गर्नुपर्छ । डेढ दशक ‘कन्भिभोमा’ काम गर्दा २० जना बिरामी गुमाइसके । उनीहरुसँगको सम्झना दासको मनस्पटलमा ताजै छन् । भन्छन्, ‘यो स्याहार केन्द्र जस्तै हो । बिरामीहरु परिवारभन्दा पनि हामीसँग धेरै नजिक भएका हुन्छन् । हामीलाई पनि असाध्यै माया लाग्छ ।’

कुनै दुर्घटना भएर घरमा बस्न सक्ने अवस्था नभएपछि ‘कन्भिभोमा’ आउने गरेको रामकुमार बताउँछन् । शारीरिक अपांगता वा मस्तिष्कमा चोटपटक भएका बिरामीहरु बढी हुन्छन् । उनी बिरामीले गर्न नसक्ने अवस्थालाई गर्न सक्ने र सम्भव तुल्याउने कोशिस गरिरहेका हुन्छन् । भन्छन्, ‘बाँकी रहेको उनीहरुको जीवनको समयलाई सहज बनाउने काम हाम्रो हो ।’

बिरामीको स्याहारमा खटिएका उनै रामकुमारका पाइला अब स्विट्जरल्याण्डको प्रदेश संसद भवनसम्म (ग्रोस रात) पुगेका छन् । सोमबार उनले ग्राउबुन्डेन प्रदेशमा (क्यान्टोन) प्रदेश सांसदको भूमिकामा रहने गरी सपथ लिएका हुन् । सोसल डेमोक्र्याटिक पार्टी अफ स्विट्जरल्याण्ड (एसपी) को सक्रिय राजनीतिमा समेत लागेका रामकुमारलाई यो अवसर मिलेको हो ।

आफ्नो पार्टीको एक सांसद फिर्ता भएपछि आफूलाई दुई वर्षका लागि प्रदेश सांसदको रुपमा काम गर्ने अवसर मिलेको उनले बताए । ‘जर्मन भाषामा ‘स्टेलफ्रेतेतुङ्  भनिन्छ । कोही प्रतिनिधि फिर्ता भयो भने त्यहाँ स्टेलफ्रेतेतुङ्को रुपमा अर्को बढी मत प्राप्त गरेको उम्मेदवारलाई संसदमा पठाउने नियम छ’, उनले भने, ‘त्यो अवसर मलाई मिलेको छ । मंगलबार संसद बैठकमा भाग पनि लिएँ ।’

स्विट्जरल्याण्डको राजनीतिमा लागेर प्रदेश सांसदको भूमिकामा रहने सम्भवत: नेपाली मूलका पहिलो व्यक्ति हुन् । स्विट्जरल्यान्ड पुरानो संघीय मुलुक हो जहाँ २६ वटा प्रदेश (क्यान्टोन) छन् । त्यो एक ग्राउबुन्डेन प्रदेशको सदरमुकाम खुर क्षेत्रबाट उनले राजनीति सुरु गरेका थिए ।

नेपालमा छँदा पत्रकारितामा सक्रिय बनेका उनी स्विट्जरल्यान्डमा आएपछि भने स्टाफ नर्स अध्ययन गर्दै त्यही पेसालाई अपनाए । सन् २००८ देखि स्विट्जरल्यान्डमा बस्दै आएका उनी एक छोरा एक छोरी र श्रीमतीको साथमा बस्दै आइरहेका छन् ।​​

भाषा सिके, अवसर पनि
सुरुवआतमा पत्रिका बेच्नेदेखि सफाइको काम गरेका रामकुमारले स्विट्जरल्याण्डको संसद भवनमा पुगेर काम गर्छु भन्ने  सोचेकै थिएनन् । तर उनलाई भाषा राम्रोसँग सिक्नु पर्छ भन्ने पहिले देखिनै लाग्थ्यो । जर्मनी भाषा सिक्न उनले पूरै ध्यान दिए ।

भाषा अध्ययन पछि रामकुमारले आफूलाई स्टाफ नर्सको रुपमा स्थापित गराए । जसले उनलाई स्थानीय राजनीतिमा घुलमिल गर्न समेत सहज बनायो । कोरोना महामारीको समयमा पनि उनले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निभाए । जटिल खालका बिरामीहरुको स्याहार गर्नुपर्ने हुँदा त्यो बेला उनका लागि कठिन समय थियो ।

‘आफ्नो सय प्रतिशत दिएर नै काम गरें । त्यसैले पनि यहाँको स्वास्थ्य मन्त्रालयले मलाई सन् २०२० मा ‘कोरोना हिरोको उपाधिले सम्मान गर्‍यो । त्यसले झन् मलाई अघि बढ्न हौसला मिल्यो’, उनी सम्झिन्छन् । ‘कोरोना हिरो’ बनेका रामकुमारको चर्चा स्थानीय मिडियामासमेत छाएको थियो ।

लोकप्रिय बनेपछि राजनीतिमा
स्वास्थ्यकर्मीको रुपमा लोकप्रिय बन्दै आएका रामकुमारलाई राजनीतिमा ढोका खुल्दै गयो । ‘मैले आफ्नो पेशामा राम्रो काम गरेर देखाएँ । सोसल डेमोक्र्याटिक पार्टीले मलाई अवसर पनि दियो’, उनले भने । स्टाफ नर्सहरूको संगठित समूहमा केन्द्रीय तहमा रहेर काम गर्ने रामकुमारलाई मौका मिल्यो । उनले भने, ‘मेरो क्षेत्रमा १२०० स्टाफ नर्सहरू छन् । तीमध्ये ७ जनाको कमिटी रहेको केन्द्रीय तहमा मैले काम गर्ने मौका पाएको छु ।’

सोसल डेमोक्र्याटिक पार्टीले सन् २०२२ मा उनलाई प्रदेश सांसद (ग्रोस रात मेम्बर) पदको उम्मेदवार बनाएको थियो ।  ग्राउबुन्डेन प्रदेशमा (क्यान्टोन) चुनाव लडेका रामकुमारको त्यतिबेला भने सांसद बन्ने सपना पूरा भएन । समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणालीमा ४ वर्षको कार्यकालका लागि १२० सदस्यहरू निर्वाचित भएका थिए।जहाँ सोसल डेमोक्र्याटिक पार्टी अफ स्विट्जरल्यान्डले (एसपी) २७ सिट जितेको थियो ।

पदमा बसेर आर्थिक लाभ उठाउँछु भन्ने मानसिकता सम्भवत: कसैको पनि नहुने उनको भनाइ छ । ‘यहाँ सांसद बनेर जीवनमा ठुलो परिवर्तन आउने केही पनि होइन। नेपालमा जस्तै सांसद बनेपछि ठूलै मान्छे बनियो भन्ने पनि चलन हुँदैन,’ उनले थपे, ‘सांसदको हिसाबले केही बैठकहरूमा उपस्थित हुनुपर्छ । त्योबाहेक मुख्य काम त आफ्नो पेसामा नै आवद्ध रहनुपर्छ।’

प्रत्येक ३/३ महिनामा गरेर वर्षको चार पटक संसद बैठक बस्ने उनी बताउँछन् । प्रत्येक सेसनको बैठक पाँच दिनसम्मको मात्रै हुन्छ । ‘बैठकको भत्ता ४ सय स्विस फ्रान्क बाहेक अरु केही पाइँदैन । कुनै पनि तलब पनि हुँदैन’, उनले अघि भने, ‘सबैको आ-आफ्नै काम हुन्छ। सरकारी तलब भत्तामा कसैको पनि ध्यान जाँदैन ।’

नर्सको काम गर्दा आफूले दैनिकरुपमा २८५ स्वीस फ्रान्क कमाउने बताउँदै भत्तामा ध्यान दिन जरुरी नरहेको सुनाए । आप्रवासी समस्याबारे संसदमा आवाज उठाउने रामकुमारको योजना रहेको छ । ‘हप्ताको ५ दिन दैनिक ९ घण्टा म बिरामीकै स्याहारमा खट्ने छु । बाँकी प्रत्येक ३ महिनामा हुने संसद बैठकमा भने कामबाट छुट्टि मिलाएर बैठकमा सहभागी बन्नेछु’, उनले भने।

भाषा सिक्न र घुलमिल हुन अनुरोध
विदेशमा रहेका नेपालीहरुलाई आफू बसेको देशको भाषालाई अध्ययन गर्न र स्थानीय निकायसँग घुलमिल गर्न रामकुमारको सुझाव रहेको छ। विदेशमा बसेर यहाँकै राजनीति गर्नुपर्छ भन्ने नभए पनि कम्तीमा भाषा सिकेर स्थानीय निकायसँग घुलमिल गर्न सकेमा आफूले प्राप्त गर्ने आधारभूत आवश्यकता लिन भने सजिलो हुने उनको सुझाव छ ।

विदेशमा नेपालीहरुलाई भाषाको कारण थुप्रै समस्याहरु परेको भन्दै अध्ययनशील बन्न उनले अनुरोध गरेका छन् । भन्छन्, ‘थुप्रै आप्रवासीहरुको समस्या देखेको छु। त्यो सबै भाषासँगै जोडिएको छ । केही मेहनत गर्न सक्यौं भने कुनै न कुनै रुपमा फाइदा अवश्य हुनेछ ।’  यो समाचार अनलाइनखबरमा बसन्त रानाभाटले लेखेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि