Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उपेन्द्र यादवको पार्टी मधेशबाट पनि बढारियो !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २६, २०८१
उपेन्द्र यादवको पार्टी मधेशबाट पनि बढारियो !

जनकपुर, २६ जेठ । मधेस प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । संघीयतापछि जनता समाजवादी पार्टीले नेतृत्व गर्दै आएको मधेसमा अब जनमत पार्टीले नेतृत्व लिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपामा भएको विभाजन र त्यसपछिका राजनीतिक तरङ्गले मधेसमा नयाँ अवस्था सिर्जना भइरहेको छ ।

मधेस प्रदेशमा जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री बनेका छन् । सतिसकुमार मुख्यमन्त्री बन्ने विषयले जनमत पार्टीमा हलचल देखिएपनि मधेसले नयाँ गति लिने दलका नेताहरुले दाबी गरिरहेका छन् । मुख्यमन्त्री सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दै सपथ समेत लिइसकेका छन् । मुख्यमन्त्री सिंहले नवनियुक्त मन्त्रीको सपथ समेत गराएका छन् ।

सरकार विस्तारपछि उनले मधेसमा लगानी सम्मेलन गर्ने घोषणा समेत गरेका छन् । पदभार ग्रहणको क्रममा बोल्दै मुख्यमन्त्री सिंहले कृषी, डिजिटल तथ्याङ्कदेखि वैदेशिक रोजगारीबाट फर्किएकालाई व्यवस्थापन गर्नेदेखि मधेस प्रदेश लगानी सम्मेलन गर्ने घोषणा गरेका हुन् ।

राजनीतिलाई नयाँ मोडमा लैजाने दाबी गर्ने जनमत पार्टीले मधेसको नेतृत्व लिएसँगै मधेश प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ ।

सतिशकुमारलाई जुरेको अवसर
गाउँपालिका अध्यक्षमा पराजित बनेका सतिशकुमार सिंह प्रदेसशभा सदस्य हुँदै मुख्यन्त्री बन्ने भाग्यमानी नेता बनेका छन् । उनी २०७९ को स्थानीय तहको निर्वाचनमा  तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा राजपाबाट उम्मेदवार भई पराजित भएका थिए ।

त्यसपछि उनी ०७९ भदौमा जनमत पार्टी प्रवेश गर्दै सप्तरीको निर्वाचन क्षेत्र नम्बर २(१) बाट प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

वुवा र छोराको संयोग
मधेसका मुख्यमन्त्री सिंहका वुवा शेखरकुमार सिंह राष्ट्रियसभा सदस्य छन् । २०७६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका शेखरकुमार लोकतान्त्रिक समाजवादी पार्टीमा छन् । यसरी अहिले सतिशका वुवाको पार्टी केन्द्र र प्रदेशमा प्रतिपक्षी वेञ्चमा छ । तर, छोरा भने प्रदेशमा सत्तापक्ष बनेका छन् ।

मुख्यमन्त्री सतिसलाई १०७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २४, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९ र नेकपा एकीकृत समाजवादीका ७ सांसदसहित संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्तिका एक÷एक सांसदहरुले समर्थन गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

साउन २३, २०८३
लेनदेन विवादबारे भएको सहमति खारेजको माग गर्दै प्रदर्शन

लेनदेन विवादबारे भएको सहमति खारेजको माग गर्दै प्रदर्शन

साउन २३, २०८३
ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

साउन २३, २०८३
ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

साउन २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि