Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हावाहुरीले ३३ हजार केभिए प्रशारण लाइनको पोल ढल्दा वीरगंज बजारभरि विद्युत प्रभावित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २४, २०८१
हावाहुरीले ३३ हजार केभिए प्रशारण लाइनको पोल ढल्दा वीरगंज बजारभरि विद्युत प्रभावित

वीरगंज (पर्सा), २४ जेठ । गएराति आएको हावाहुरीले विद्युतीय पोल, ट्रान्सफर्मर एवं तारमा क्षति पुर्‍याउँदा वीरगंजमा करिब २४ घण्टा बिजुली अवरुद्ध भएको छ । बुधबार राति करिब १२ बजेतिर आएको हावाहुरीले वीरगंजको पावरहाउस चोक स्थित ३३ हजार केभिएको तार सहित पोल चुडिदा वीरगंजमा विद्युत प्रभावित भएको हो । पावर हाउस चोक स्थित ३३ हजार केभिएको तार सहितको पोल ११ हजार केभिएको तारमा झर्दा विद्युत प्रभावित भएको थियो ।

३३ हजार केभिएको तार झरेको कारण ५ वटा फिडरमा काम गर्न नसकिएको कारण विद्युत प्रभावित भएको विद्युत प्राद्यिकरण वितरण केन्द्र वीरगंजका प्रमुख अवधेश कुमार दुबेले जानकारी दिए । उनका अनुसार हावाहुरीले तार, पोल एवं ट्रान्सफर्मरमा पनि ठूलो क्षति पुर्‍याएको हो । हावाहुरीको कारण २ वटा ट्रान्सफर्मर जलेको तथा ३० वटा पोल ढलेको र मर्मत कार्य तिब्र रुपमा भइरहेको बताए । वीरगंज बजारभरिको विद्युत प्रशारणको क्रममा ठाउँ ठाउँमा स्वीच जडान गरिएको कारण क्षति नभएको क्षेत्रमा बिहीबार करिब ११ बजेदेखि नै विद्युत प्रशारण भइसकेको र बाँकी ठाउँमा प्राविधिक मर्मत कार्य भइरहेको बताए ।

वीरगंज बजार क्षेत्रमा करिब १ सय ५० ठाउँमा स्वीच जडान गरिएको छ, ७० वटा स्थानमा भर्खरै केही दिन अगाडि जडान गरिएको प्रमुख दुबेको भनाई छ । ठाउँ ठाउँमा स्वीच जडान गरिएको कारण विद्युत अवरुद्ध भएको ठाउँमा मात्रै लाइन काटेर मर्मतको कार्य गर्न सजिलो भएको बताए । मर्मत कार्य चलि रहँदा क्षति नभएको कारण निर्वाध रुपमा विद्युत प्रशारण यथावत रहेको बताए ।

केही दिनदेखि वीरगंजमा विद्युत ट्रिपिङ्गको समस्याबारे जानकारी दिदै केन्द्र प्रमुख दुबेले एल.डि.सि. (लोड डिस्पैच सेन्टर) अर्थात भार सम्प्रेशन केन्द्रबाट नै विद्युत ट्रिपिङ्ग हुने गरेको बताए । बढ्दो गर्मीसँगै विद्युत प्रशारणमा लोड क्षमता बढ्दै जाने गरेको र भार सम्प्रेशन केन्द्रले नै बिद्युत ट्रिपिङ्ग गर्ने गरेको बताए । वीरगंज स्थित वितरण केन्द्रमा त्यसको स्टेशन हुँदाहुँदै आफूहरुको मातहतमा त्यो संचालन नभई भार सम्प्रेशन केन्द्रको निर्देशनमा संचालन हुने भएकोले त्यहाँबाट नै बिद्युत ट्रिपिङ्ग हुने गरेको बताए ।

देशभरिकै विद्युतको पावरलाई कन्ट्रोल गर्ने (भार सम्प्रेशन केन्द्र) लाई आफूहरुले पनि विद्युत ट्रिपिङ्गको समस्याबारे जानकारी गराएको उनको भनाई छ । विद्युत प्रवाहमा प्राविधिक कुराहरु धेरै हुने भएकोले सर्वसाधारणलाई सम्पूणर् कुरा जानकारी नभएको कारण विद्युत प्रभावित भएपछि वीरगंज वितरण केन्द्रकै आरोप लगाउँदै आएकोमा त्यस्तो नभई प्राविधिक समस्याबारे सबैले बुझिदिन आग्रह पनि गरे । उनले भने ‘यही वितरण केन्द्र पावरहाउस चोक स्थित नै ३३ हजार केभिएको प्रशारण लाइनको पोल ढलेको छ, जबसम्म यसलाई ठड्याएर तार तानिँदैन, तबसम्म विद्युत प्रवाह गर्न सकिँदैन र यो चाँडै हुने कुरा पनि होइन’, यसमा केही समय लाग्ने भएकाले सर्वसाधारण धैर्य गरिदिन आग्रह गर्दै प्राद्यिकरणले २४ औं घण्टा आफ्नो काम गरि रहेको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि