वीरगंज (पर्सा), २२ जेठ । भारतिय महावाणिज्य दूतावास, वीरगंजकाे आयाेजना र वीरगंज साइक्लिङ क्लबको सह आयोजनामा “विश्व साईकल दिवस” को उपलक्ष्यमा साइकल र्याली सम्पन्न भएकाे छ ।
साइकल एक सरल, सर्वोत्कृष्ट, विश्वसनीय, स्वच्छ र पर्यावरणीय अनुकूल यातायातका लागि उपयुक्त साधनको रूपमा प्रबर्धन गर्ने उद्देश्यले साइकल र्याली सम्पन्न भएकाे आयाेजकले जनाएकाे छ । साथै मानिसहरूलाई पर्यावरण र स्वास्थ्य अनुकूल जीवन शैली अपनाउनका लागि प्रेरित गर्नु पनि साइकल र्याली उद्देश्य रहेकाे जनाइएकाे छ ।
साइकल रैलीमा उत्साहपूर्वक भाग लिएका आयु वर्गका मानिसहरुले स्वास्थ्य र पर्यावरण अनुकूल यातायातको साधनले अपनाउन संकल्प लिएका हुन् । साइकल रैलीलाई महावाणिज्य दूत श्री देवी सहाय मीनाले भारतीय महावाणिज्य दूतावासबाट झंडा दिखाई रवाना उदघाटन गरेका थिए । त्यसपश्चात घंण्टाघर, लिंक रोड एवं भानुचौक हुँदै शंकराचार्यद्वार पुगी पुन: बिर्ता चौक, घडिअर्वा पोखरी हुँदै भारतीय महावाणिज्य दूतावास परिसरमा पुगि सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस् !