Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

काकाकुल अँधेरीगाउँ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १५, २०८१
काकाकुल अँधेरीगाउँ

• सुदीप राउत
सिरहा, १५ जेठ । मिर्चैया बजारबाट करिब १५ किलोमिटर उत्तर(पूर्वको चुरेफेदमा पर्छ अँधेरीगाउँ । मिर्चैया नगरपालिका(९ को यो गाउँवासीले हिजोआज धित् मरुञ्जेल पानी पिउन पाएका छैनन्, त्यो पनि महिनाँैसम्म । खडेरी लम्बिएको छ । खोला, इनार र कुवा सुकेका छन् । त्यसैले अझै कति दिनसम्म यस्तो नियती भोग्नुपर्ने हो टुङ्गो छैन । पानीबिनाको जिन्दगी कल्पना पनि गर्न सकिँदैन तर यहाँका नागरिकले यतिबेला पानीकै लागि तीनै तहका सरकारसँग गुहार मागिरहेका छन् । “एक महिना अघिसम्म नजिकैको इनारमा धमिलै भए पनि पानी रसाउँदै थियो, अहिले त्यो पनि सुकिसकेको छ । अब के पीएर बाँच्ने, कहाँबाट पानी किनेर ल्याउने”, स्थानीय शोभा लकान्द्रीले भन्नुहुन्छ,“हामी बाउआमा त भोकप्यास सहुँला तर छोराछोरीले काकाकुल भएर पानी माग्दा के दिनु ? अब पानीबिना तड्पिनुपर्ने अवस्था आउँदैछ ।” कैयौँ दिन खाना पकाउनका लागि आवश्यक धमिलो पानीसमेत नभएर चियामै बालबच्चालाई भुलाएको र आफुहरु भोकै बसेको पीडा उहाँले सुनाउनुभयो ।

अँधेरीगाउँमा ३६ परिवार बसोबास गर्छन् । खानेपानीको चरम अभाव यहाँको साझा समस्या हो तर समस्या टार्न स्थानीय सरकारको ध्यान जानसकेको छैन । स्थानीय वीरेन्द्रकुमार यादवले खानेपानी अभाव पूर्तिका लागि स्थानीय युवाले नजिकैको चोहर्वाबाट टू्याक्टरमामार्फत पानी ल्याउने गरेको सुनाउनुभयो । “हामीले बेलाबेला चोहर्वाबाट खानेपानी ल्याउँछौँ । त्योबेला पानीका लागि स्थानीयले गरिरहेको लुछाचुडी देखेर सामाजिक सञ्जालमा अन्य देशमा देखेका दृश्य झल्झली आँखामा नाच्छन्”, यादव भन्नुहुन्छ,“यहाँका बालबालिका आफ्ना अभिभावकलाई अघाउञ्जेल खाने गरी धेरै पानी माग्न गरेको बिलौला सुन्दा त निकै भावुक बनाउँछ ।” यादवका अनुसार चोहर्वाका केही युवाले तीन हप्तादेखि बेलाबेला पानी वितरण गरिरहेका छन् तर आर्थिक अभावका कारण सधँै यसरी वितरण गर्ने अवस्था छैन । “जनप्रतिनिधिले गर्नुपर्ने काम हामीले गरिरहनुपरेको छ । यस विषयमा जनप्रतिनिधिसँग कुरा नगरेका पनि होइनौँ तर उहाँहरुले समस्या समाधानका लागि चाँचो राख्नुभएको छैन । उहाँहरूले चाहेमा हामीले गरेजस्तै पानी वितरण गर्न सकिन्छ नि!”, यादवले गुनासो गर्नुभयो ।

स्थानीय बुद्ध लामाले आफूहरुलाई चुरेवासीले बर्सेनी भोगिरहेका समस्याबारे चुनाव र त्यसपछि बारम्बार जानकारी गराउँदा पनि बेवास्ता भइरहेको बताउनुभयो । “पानीको समस्या समाधान होला, खानेपानी आयोजना बनाउँलान् भनेर गाउँलेवासीले सल्लाह गरेरै भोट हाल्छौँ । यसपटकको स्थानीय चुनावमा पनि त्यही गर्‍यौँ तर चुनाव जितेको झण्डै दुई वर्ष बितिसक्दा पनि हाम्रो समस्या समाधान भएन । हिउँदयाममा अघाउञ्जेल पानी खान नपाउने अवस्था कायमै छ” लामाले भन्नुभयो । उहाँले गत हप्ता वडा, नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा खानेपानीको अभावबारे जानकारी दिँदै अस्थायी व्यवस्था गर्न आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले अगाडि थप्नुभयो, “वडा र नगरमा जाँदा बोरिङ्ग आउँदै छ भन्छन् तर कहिले आउने हो टुङ्गो छैन । हामी निमुखाको आवाज कसले सुन्छ र हजुर !”

अँधेरीगाउँको समस्या समाधानका लागि नगरपालिकाले ‘डिपबोरिङ्’ गाड्ने भन्ने थालेको पनि धेरै भइसकेको छ । स्थानीयले चालु आर्थिक वर्षमा पनि त्यस्तो योजना रहेको सुनिरहेका छन् तर हालसम्म पनि कार्यान्वयनको सुरसार छैन । वडाध्यक्ष दिनेशकुमार मण्डल र नगरपालिकाको नेतृत्व यहाँको समस्याबारे बेखबर छैन । वडाध्यक्ष मण्डलले स्थानीयको समस्याबारे आफू जानकार रहेको र समस्या समाधानका लागि पहल गरिरहेको बताउनुहुन्छ । “योभन्दा पहिले त्यस गाउँको बीचमा पर्नेगरी एउटा हाते बोरिङ लागाउन खोजेकै हो तर स्थानीयबीचको विवादले सम्भव भएन”,अध्यक्ष मण्डलले भन्नुभयो,“ठूला योजना वडाको स्रोतसाधनले कार्यान्वयन गर्न सकिँदैन । यसवर्ष नगरबाट हाम्रो वडाका लागि तीनवटा डीपबोरिङ् दिने कुरा छ, त्यसमध्ये पहिलो प्राथमिकतामा अँधेरीगाउँ नै छ ।”

उहाँले नजिकै रहेका रामपुरा, सुन्दरपुर र ननुवाको बिचभागमा अवस्थित कमलदहमा पानीको सतह घटेर आसपासका बस्तीमा पानीको समस्या देखिएको र अब एकीकृतरूपमा समस्या समाधानको पहल गर्नुपर्ने बताउनुभयो । नगरप्रमुख श्रवणकुमार यादवले केही दिनदेखि पानी वितरण भइरहे पनि दीर्घकालीनरूपमा समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । उहाँले वैकल्पिक व्यवस्था नहुँदासम्म आफ्नो नगर क्षेत्रका जनतालाई पानी ओसारेर वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । “नगरपालिकाले रु ७० लाखको लागतमा तीनवटा डिपबोरिङ योजना यसै आवमा सम्पन्न गर्ने लक्ष्य राखेको छ, त्यसका लागि प्राविधिक अध्ययन गरिरहेका छौँ”, नगरप्रमुख यादवले भन्नुभयो,“ अँधेरीलगायत पानीको चरम अभाव रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर योजना अगाडि बढाउने छौँ ।”

पानीका सतह गहिरिँदै जाँदा ठूला डिपबोरिङ् पनि असफल भइरहेकाले त्यसको विकल्पका बारेमा योजना बनाउनुपर्ने जानकारहरू बताउँछन् । नगरप्रमुख यादव भने ठूला योजना सञ्चालन गर्न नगरको आर्थिक स्रोतले नभ्याउने भएकाले सङ्घीय सरकारले सहयोग गर्नुपर्ने बताउनुहुन्छ । “डिपबोरिङ पनि खानेपानी समस्या समाधानकको दीर्घकालीन उपाय होइन भन्ने कुरा अन्य ठाउँका अभ्यासले देखाइसकेको छ । त्यसैले चुरे संरक्षणका साथै यहाँका नदीनालामा ड्याम लगाएर पानी सञ्चित तथा स्थानीयलाई आपूर्तिका लागि तीनै तहका सरकारले एकीकृत योजना बनाएर कार्यान्वयनको विकल्प छैन”, उहाँले अगाडि भन्नुभयो । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि