Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्वास्थ्य मन्त्री यादवद्वारा कान्ति बाल अस्पतालमा छड्के अनुगमन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १४, २०८१
स्वास्थ्य मन्त्री यादवद्वारा कान्ति बाल अस्पतालमा छड्के अनुगमन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार काठमाडौँस्थित कान्ति बाल अस्पतालमा छड्के अनुगमन गर्नुभएको छ । मन्त्रालयका सचिवसहितको टोली लिएर अस्पताल पुग्नु भएका मन्त्री यादवले आकस्मिक, फार्मेसी, बहिरङ्ग सेवा कक्ष (ओपिडी), शल्यक्रिया कक्ष, आइसियु, एनआइसीयु, क्यान्टिनलगायतका कक्ष र शाखाहरूको अनुगमन गर्नुभयो ।

अनुगमनका क्रममा मन्त्री यादवले उपचारका लागि आफ्नो बालबालिका लिएर आउनुभएका अभिभावक लगायतका सेवाग्राहीसँग पनि कुराकानी गर्नुभयो । सेवाग्राहीहरूले अस्पतालको फोहर व्यवस्थापनमा समस्या रहेको, शौचालय धेरै दुर्गन्धित रहेको, आकस्मिक कक्षको एउटै शय्यामा तिन जनासम्मको उपचार भइरहेको, औषधी लिन फार्मेसीमा लामो समय कुर्नुपरेको, रगत सङ्कलन लगायतमा ढिलाइ हुने गरेको, ह्विलचियरको व्यवस्था नरहेको र कर्मचारीहरूले राम्रो व्यवहार नगर्ने गरेको गुनासो गर्नुभयो ।

त्यस्तै अनुगमनका क्रममा मन्त्री यादवले अस्पतालस्थित एमआरआई मेसिन आंशिक रूपमा सञ्चालनमा रहेको र तथ्याङ्क पुस्तिका च्यातिएको भेटाउनुभयो भने फार्मेसीमा औषधी दिँदा खुल्ला रूपमा दिइरहेको भेटिएको थियो । मन्त्री यादवले फार्मेसीबाट स्वास्थ्य बिमा मार्फत उपलब्ध हुने औषधीको विषयमा जानकारी लिनुका साथै अस्पतालस्थित क्यान्टिनको अनुगमन गर्दै खानाको गुणस्तर बारे पनि जानकारी लिनुभयो ।

मन्त्री यादवले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूसँग पनि कुराकानी गर्नुभयो । सो क्रममा उहाँहरूले जनशक्ति अभावका करण उपचारमा कठिनाइ हुने गरेको र तलब, भत्तालगायतका सुविधा अत्यन्तै कम रहेको बताउनुभयो । अस्पतालका प्रमुख डा. पङ्कज रायले पनि जनशक्ति र बजेट अभावका कारण अपेक्षित ढङ्गले काम नगर्न नसकिएको दुखेसो पोख्नुभयो ।

अनुगमन पश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री यादवले अस्पतालमा निकै कमजोरी भेटिएको र तत्काल सुधारको काम अगाडि बढाउने आफूले अस्पताल प्रमुख र सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालमा हामीले ठूलो समस्याहरू भेटाएका छौँ । यद्यपि ती समस्याहरू यहीँबाट समाधान हुने किसिमका छन् । सानोतिनो विषयमा पनि सेवाग्राहीहरू असन्तुष्ट हुनुहुन्छ । शौचालय फोहर छ, फार्मेसीबाट खुल्ला रूपमा औषधी वितरण हुँदै छ । जसको व्यवस्थापन अस्पतालले गर्न सक्छ तर गरेको देखिएन ।’

यादवले अस्पतालमा नयाँ एमआरआई मेसिन हुँदाहुँदै सञ्चालनमा नरहेको बताउनुभयो । उनले एमआरआई मेसिनलाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन पनि दिनुभयो । उहाँले अनुगमनको एउटा विस्तृत प्रतिवेदन तयार पारेर अस्पतालमा देखिएका कमजोरीहरूलाई सुधार गर्ने र आवश्यक जनशक्ति र पूर्वाधार विकासका लागि बजेट व्यवस्थापन मन्त्रालयले गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले अगामी दिनहरूमा पनि अनुगमनलाई निरन्तर जारी राख्ने बताउनुभयो ।

यस अघि मन्त्री यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यालयमै अनुगमन गर्नुभएको थियाे । मन्त्री यादवले आइतबार सवा १० बजे तिर कार्यालयअन्तर्गत रहेका विभिन्न महाशाखा, शाखा र फाँटहरूको छड्के अनुगमन गर्दै कर्मचारीहरूको समयमा उपस्थित भएर काम गरे नगरेको विषयमा जानकारी लिनुभएको थियाे ।

अनुगमनका क्रममा मन्त्री यादवले कर्मचारीहरूसँग छलफल पनि गर्नुभयो । कर्मचारीहरूले गर्ने काम कारबाही लगायतका गतिविधिसँगै योजनाहरूको प्रगतिको विवरण लिनुका साथै कार्यान्वयनका क्रममा आएका समस्याको बारेमा समेत जानकारी लिनुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि