Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज बाइपास स्थित नबिल बैंक लुटपाट प्रकरणः बैंककै लापरबाही भएको प्रहरीको निश्कर्ष

२२ हजार रुपैयाँको लोभले नबिल बैंक लुटिएको प्रहरीको अनुसन्धानबाट खुलासा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १२, २०८१
बैंक पनि असुरक्षित ! नबिल बैंकको बाइपास शाखा कार्यालय लुटियो, १ करोड ३४ लाख रकम चोरी

वीरगंज (पर्सा), १२ जेठ । वीरगंजको बाईपास सडक खण्डमा रहेको नबिल बैंक लुटपाट प्रकरण बैंककै लापरवाहिले भएको अनुसन्धानमा खटिएको प्रहरी अधिकारीहरुले बताएका छन् । २२ हजार रुपैयाँको लोभले नबिल बैंक लुटिएको अनुसन्धानमा देखिएको अधिकारीहरुको दाबी छ । गत वैशाख १७ गतेको विहान ४ बजे बैंकमा नाटीकय लुटपाट भएको थियो ।

सो प्रकरणले वीरगंजमा बैंक नै असुरक्षित रहेको भन्दै चिन्ता समेत बढेको छ । तर याता बैंक लुटिएको प्रकरण अनुसन्धान गरिरहेको पर्सा प्रहरी र भारतीय प्रहरीले बैंकले समान्य अपनाउनुपर्ने नियमहरु नअपनाउँदा यस्तो ठुलो घटना हुन गएको जनाएको छ । अनुसन्धान अधिकारीहरुकाअनुसार वीरगंजको स्थानीय होटलमा बास बसेर १७ गते विहान ४ बजे ग्यास कटरले सटरको ताल्चा फोडेर बैंकमा पसेर बैंकको स्टील दराजमा रहेको एक सय र २० का दरको १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नेपाली र भारतीय चोरहरुले लुटेर लगेका थिए ।

लुटमा संलग्न रहेको भन्दै पर्सा पहरीले दुई जना नेपाली र तीन जना भारतीयलाई पक्राउ गरिसकेको छ । तर, मुख्य भनिएका अभियुक्तहरु अहिले पनि फरार नै छन् । नबिल बैंक बाईपास शाखाले बैंकमा गार्ड नराखेको, मुख्य शाखामा सेफ लकरमा राख्नुपर्ने रकम स्टील दराजमा राखेको र चोरी गर्न सटर फोड्दा एलार्म बज्ने ईकुप्मेन्ट नराखेकाले चोरीको घटना भएको प्रहरीले जनाएको छ ।

बैंकले समान्य प्रकृयाहरु नअपनाउँदा वीरगंजमा ठुलो मात्रामा रकम चोरी भएको देखिन्छ । बैंकले चोरी भएको रकम विमा प्राधिकरणले दिने भन्ने लोभ र भरका कारण यस्तो घटना भएको नेपाल तथा भारत प्रहरीको अनुसन्धानले देखाएको छ ।

पर्साका एसपी कुमोध ढुङ्गेलका अनुसार घटनाको १२ घण्टा भित्र रौतहटका दुर्ई जना अभियुक्तलाई पक्राउ गरिएको थियो । वैशाख १८ गते बिहानको २ः०० बजेको समयमा प्रहरीले रौतहट मौलापुर नगरपालिका ७ बस्ने राम अयोध्या साह कलवारको छोरा वर्ष २३ को छोटेलाल साह कलवार, बिगु साह कलवारको छोरा वर्ष २६ को संजय साह भन्ने बिश्मवर साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, पर्सा प्रहरीको सहयोगमा भारतबाट १८ लाख नेपाली रुपियाँँ सहित ३ जनालाई पक्राउ गरेका छन् । बिहार पुलिस मातहतको पुर्वी चम्पारण मोतिहारीका एसपी कांतेश कुमार मिश्राले पत्रकार सम्मेलन गर्दै वीरगंजको नबिल बैंकबाट भएको चोरी एवं लुटपाटको घटनामा एक जना महिलासहित ३ जना अभियुक्त पक्राउ गरेको बताएका थिए ।

मोतिहारी पुलिस मातहतको तीन जना डिएसपीहरूको संयुक्त कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको एसपी मिश्राले बताएका थिए । पक्राउ पर्नेमा पुर्वी चम्पारण जिल्ला झरोखर बस्ने मन्टु कुमार र अर्जुन कुमार रहेका छन् भने उनीहरूलाई सघाउने सोही जिल्लाको दरपा बस्ने सबिता देवी रहेकी छन् ।

पक्राउ परेका ३ जना मध्ये २ जनालाई मोतिहारी प्रहरीले सार्वजनिक गरि घटना वारे जानकारी गराइ पर्सा प्रहरीलाई बुझाएका थिए । भने मोतिहारी पुलिस मातहतको पकडीदयालका डिएसपी सुबोध कुमार, सिकराहनाका डिएसपी अशोक कुमार र रक्सौलका डिएसपी धीरेन्द्र कुमारको संयुक्त प्रयासमा पक्राउ परेका तीन जनाको साथबाट एउटा बन्दुक, कार्तुस २ थान, सुनको औंठी, पल्सर मोटरसाइकल, मोबाईल २ थान, सिसिटिभि क्यामेरा २ थान र फुटेज र नेरू १८ लाख २३ हजार २ सय बरामद भएको छ ।

बैंक चोरी गर्ने ग्यास कटरसहित ड्रिल मेशिन पनि बरामद गरेको मोतीहारी पुलिसले जनाएको छ । औंठी र मोटरसाइकल चोरीको पैसाबाट खरिद गरिएको अनुसन्धानबाट खुलेको छ । उनीहरूको बिहारको ढाका र चिरैयास्थित इलेक्ट्रोनिक र हार्डवेयर पसलमा भएको लुटपाट भए वीरगंजका एक जना हुन्डी व्यवसायीको ४० लाख रकम चोरीको घटनामा समेत संलग्नता रहेको सोधपुछबाट पत्ता लागेको हो । यो समाचार सिधाकुराबाट साभार गरिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि