Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निर्वाचनको लागि वीरगंज नाकाहुँदै दैनिक हजारौं संख्यामा स्वदेश फर्कने भातीय नागरिकको लर्को

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ११, २०८१
निर्वाचनको लागि वीरगंज नाकाहुँदै दैनिक हजारौं संख्यामा स्वदेश फर्कने भातीय नागरिकको लर्को

छिमेकीमुलुक भारतको विहार राज्यमा भोलि हुने लोकसभा निर्वाचनमा मतदान गर्नका लागि आफ्नो मुलुक फर्किदै भारतीय नागरिक । निर्वाचनका कारण वीरगन्ज भन्सार कार्यालय सहितका पर्सा जिल्लाका सिमा नाका बिहीबारदेखि बन्द भएपनि भारतीय नागरिक हिँडेरै सीमापार गरिरहेको देखिन्छन् ।रासस

वीरगंज (पर्सा), ११ जेठ । छिमेकी मुलुक भारतको विहार राज्यमा शनिबार छैटौँ चरणको निर्वाचन अन्तर्गत आठ निर्वाचन क्षेत्रमा लोकसभा निर्वाचन हुँदैछ । भारतसँग जोडिएका नेपालको सीमावर्ती जिल्लामा पेसा तथा रोजगारी गर्दै आइरहेका भारतको विहार राज्यका स्थायी नागरिक धमाधम स्वदेश फर्किरहेका छन् । पर्सा तथा बारा जिल्लामा पेसा तथा रोजगारीको सिलसिलामा आएका भारतीय नागरिक आफ्ना जनप्रतिनिधिलाई भोट हाल्नका लागि दैनिक हजारौँको सङ्ख्यामा आफ्नो मुलुक फर्किरहेका दृश्य देख्न सकिन्छ । बिहीबारदेखि दुवै मुलुकले बिहान ६ बजेदेखि निर्वाचनका कारणले सीमानाका बन्द गर्ने निणर्य गरेका छन् । भारतीय नागरिक भने बिहीबार र शुक्रबार ठूलो सङ्ख्यामा नेपालको सीमा क्षेत्रबाट पैदलयात्रा तय गरेर नै आफ्नो मुलुकतर्फ फर्किरहेका छन् ।

भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग सीमा जोडिएको वीरगंज भन्सार कार्यालय सहितका पर्सा जिल्लाका सीमानाका भने बिहीबार बिहान ६ बजेदेखि बन्द भएका हुन । अहिले दुवै मुलुकको सीमा क्षेत्रमा सवारीसाधन भने चलेका छैनन् । भारतीय नागरिक नेपालको सीमा क्षेत्रबाट पैदल यात्रा गरेर भारतीय भूमिमा प्रवेश गरिरहेका छन् । भारतीय भूमिमा भने नियमितरुपमा रेल तथा अन्य सवारीसाधन सञ्चालनमा आइरहेका छन् । विहारको बेतियामा स्थायी घर भई हाल आरएमडी रिसर्च इन्स्टिच्यूट रोड हिमालय जीतपुर बारामा कार्यरत विनाशङ्कर सिंहले पनि आफ्नो मुलुकमा लोकसभाको निर्वाचनका लागि भोट हाल्न जान लागेको बताए ।

‘निर्वाचन यो लोकतन्त्रको महान् पर्व हो, त्यसमा आफ्नो अधिकारको सदुपयोग गर्नका लागि निर्वाचनमा भोट हाल्न आफ्नो निर्वाचन क्षेत्रमा जाँदैछु’, उनले भने, ‘निर्वाचनले सार्थक उम्मेदवार र सही प्रतिनिधि छनोट गर्ने आधार भएकाले पनि भोट हाल्न सधैँजसो जाने गरेको छु ।’ उनले निर्वाचनमा योग्य र सक्षम उम्मेदवारलाई भोट हाल्ने बताए । उनी मात्रै होइन हजारौँ सङ्ख्यामा भारतीय नागरिक आफ्नो मुलुकमा भोट हाल्न गइरहेको दृश्य देख्न सकिन्छ । बाराको जगदम्बा स्टिलमा तीन वर्षदेखि कार्यरत विहार राज्यको मोतिहारी जिल्ला नखौलाका वडा नं २ का मोदकुमारले पनि निर्वाचनका लागि आफ्नो घर जान लागेको बताए । “भोलि (शनिबार) लोकसभाको निर्वाचन हुँदैछ आफ्नो मनपर्ने जनप्रतिनिधिलाई भोट हाल्नका लागि जादैँछु”, उनले भने, ‘हरेक निर्वाचनमा भोट हाल्नका लागि जाने गरेको छु ।’ उनको निर्वाचन क्षेत्र पश्चिम चम्पारण रहेको छ ।

वीरगंजको घण्टाघर नजिकै राधेमाईमा मेडिकल सञ्चालन गर्दै आएका रिपु तिवारीले पनि विहारको पश्चिम चम्पारण नरकट्टियागञ्जमा भोट हाल्न जान लागेको बताए । ‘आफ्नो प्रतिनिधि छान्नका लागि जान लागेको छु, अहिले मेडिकल बन्द गरेर जान लागेको हो’, उनले भने, ‘निर्वाचन लोकतन्त्रको ठूलो उत्सव भएकाले पनि आफ्नो सही प्रतिनिधि छान्नका लागि यो जतिको उपयुक्त माध्यम अरु छैन ।’ विहार राज्यमा लोकसभा निर्वाचनका ४० निर्वाचन क्षेत्र रहेका छन् । तीमध्ये अहिले छैटौँ चरणको निर्वाचन हुन लागेको हो । जेठ १२ गते विहार राज्यका आठ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । वाल्मीकि नगर, पश्चिम चम्पारण, पूर्वी चम्पारण, शेओहार, वैशाली, गोपालगञ्ज, सिवान, महाराजगञ्जमा निर्वाचन हुँदैछ । निर्वाचनको मतपरिणाम भने जुन ४ तारिखमा घोषणा गर्ने बताइएको छ । पर्सा जिल्लामा एक सय सात किमी सीमा क्षेत्र भारतसँग जोडिएको छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि