Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छिपहरमाई गाउँपालिका : कमिसनमा एकै व्यक्तिका फरक-फरक फर्मलाई ७० लाखको कार्यक्रम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १०, २०८१
छिपहरमाई गाउँपालिका : कमिसनमा एकै व्यक्तिका फरक-फरक फर्मलाई ७० लाखको कार्यक्रम

वीरगंज (पर्सा), १० जेठ । पर्साको छिपहरमाई गाउँपालिकाको तत्कालीन प्रमुख प्रशासकिय अधिकृत अशोक रौनियार र योजना शाखा प्रमुख केदार सहनीले अनियमित तवरले एउटै ब्यक्तिको स्वामित्वमा रहेका फरक फरक कम्पनी/फर्मको नाममा ७० लाख भन्दा बढीको कार्यक्रमहरु दिएको खुलासा भएको छ । अधिकृत रौनियार र योजना शाखा प्रमुख सहनीले संघसंस्था माफिया भनेर चिनिएका उमाशंकर महतोसंग ६० प्रतिशत कमिसन बुझेर दर्जन भन्दा बढी कार्यक्रमहरु हस्तान्तरण गरेको पोल खुलेको हो ।

गाउँपालिकाले तालिम सञ्चालनका लागि सार्वजनिक सूचना निकालेर प्रतिस्पर्धा गराइ छनोट भएका कम्पनी संघसंस्था गैरसरकारी संस्थालाई मात्र तालिम सञ्चालनको कार्यादेश दिनुपर्ने हो तर कमिसनको भरमा यहाँ एउटै ब्यक्तीले फरक फरक नामक तीनवटा संस्था वा कम्पनी फर्मको कागजात खाडा गरि महतोले कर्मचारीलाई आर्थिक भेटी चढाएर कार्यक्रमहरु लिएका हुन् ।

कार्यक्रम संचालनको लागि उनले आफ्नै तीन/तीन वटा संस्था वा कम्पनीहरु प्रत्येक कार्यक्रमको कोटेशनको लागि पेश गरि हेन्ड इम्ब्रोएडिको तालिम, सिलाई कटाई तालिम, बिल्डिङ ईलेक्ट्रिसियन तालिम, व्युटिसियन तालिम, कढाई तालिम, काठको मुढा वा अन्य तालिम, अगरबत्ती बनाउने तालिम, मैनबत्ती बनाउने तालिम, डल कुशन बनाउने तालिम र साबुन बनाउने तालिम लगायतका दर्जन भन्दा बढी कार्यक्रमहरु छिपहरमाई गाउँपालिकामा गरिरहेका छन् ।

बाराको परवानीपुर गाउँपालिका निवासी उमाशंकर महतोले आफू र आफन्तका नाममा आधा दर्जन भन्दा बढी कम्पनी फर्म, सप्लायर्स, संस्थाहरु दर्ता गराई पर्सा र बाराका विभिन्न पालिकाहरुमा समाजिक विकासको कार्यक्रम र सिपमुलक तालिमहरु मापदण्ड विपरित संचालन गरेर अनियमिता गरिरहेपनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको हो कि उनको पहुँच र पैसाको बलमा सम्बन्धित निकायले आखा बन्द गरेको प्रश्न उठ्न थालेको छ ।

स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरु तथा प्रमुख प्रशासकिय अधिकृत, लेखापाल, योजना शाखा प्रमुखसरहको कर्मचारीहरुको घरघरमा रक्सी, मासु तथा घरायसी सरसमान गरिद गरि पुऱ्याइ विभिन्न किसिमका खुसामद गरेर महतोले कार्यक्रम हात पार्दै कार्यक्रममा लागतको २० प्रतिशत पनि काम नगरि कागजी प्रक्रिया पूरा गरि बिल पेस गरेर भुक्तानी गराउने गरेका छन् ।

स्रोतका अनुसार संघसंस्था माफिया महतोले विभिन्न पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई कमिशनको प्रभावमा पारि समाजिक विकास र सिपमुलक तालिमहरु संचालन गर्ने गरेका छन् । उनले कार्यक्रम संचालनको लागि आफ्नै तीन वटा संस्था वा कम्पनीहरु कोटेशनको लागि पेश गर्ने गरेका छन् ।

उनले आफै तीन वटा संस्थाको प्राविधिक तथा आर्थिक प्रस्तावना तयार गरि कार्यक्रम हात पार्ने गरेका छन् । प्रस्तावना स्वीकृत गर्ने कर्मचारीलाई उनले मोटो रकम कमिशन दिएका कारण उनले पेश गरेको प्रस्तावना चेकजांच विना नै उनले भनेअनुसार नै स्वीकृत गरिदिने गरेका छन् । जसकारण कम लगानीमा संचालन हुन सक्ने कार्यक्रममा सरकारको ठुलो लगानी खर्च हुने गरेको छ ।

अर्कोतर्फ उनले पेश गरेको प्रस्ताव अनुसार समेत कार्यक्रम संचालन नगरेको तथ्य र प्रमाणहरु फेला परेका छन् । उनले केही दिन पहिला देखि चलिरहेको छिपहरमाई गाउँपालिका वार्ड नम्बर १ मिर्जापुरमा संचालन गरेका हेन्ड इम्ब्रोएडिको तालिमको ब्यानरमा समेत संचालन र समाप्ति मिति थिएन । छिपहरमाई गाउँपालिकाको सहयोग र सृजनशिल ब्यवसाय तालिम केन्द्र प्रा.लि. वीरगंज महानगरपालिका २१ पर्साको आयोजनामा संचालित हेन्ड इम्ब्रोएडिको तालिमको ब्यानरमा मिति समेत नलेखिएको र उध्घाटन गरेर फेरि ब्यानर हटाइएको छ ।

सोही गाउँपालिकाको वार्ड नम्बर ३ जयमंगलापुरमा पनि संचालनमा रहेको सिलाइ कटाई ब्यानर बिना कै तालिम भइरहेको छ । इ दुबै कार्यक्रम स्थलमा पुगेर सोधपुछ गर्दा ब्यानर संचालकले लागि सकेको प्रशिक्षकहरु बताउँछन । कार्यक्रमबारे कोइ कसैले बोल्न मान्दैन । सोही गाउँपालिकाको वार्ड नम्बर ४ मा पनि उनको कार्यक्रमहरु रहेको तर त्याहा केही बिवादका कारण अहिले सम्म संचालनमा नआएको उनिहरु बताउँछन् ।

जुन सुकै कार्यक्रम संचालन गर्दा ब्यानरमा कार्यक्रम संचालनको मिति अनिवार्य राख्नु पर्ने प्रावधान रहेपनि त्यसको समेत पुरा गरिएको छैन । यसले तालिम कति दिनको हो ? कहिले संचालन भयो र कहिले सम्पन्न हुने हो भने अन्यौल सृजना गरेको छ । यसले समाचार स्रोतले भनेअनुसार महतोले संचालन गर्ने कार्यक्रमको तस्बिर लिएर मात्र कार्यक्रम सकाउने गरेको तथ्य प्रमाणित गर्दछ । अर्को तर्फ उनको प्रस्तावना स्वीकृत गर्ने छिपहरमाई गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको सलंगनता समेत प्रमाणित गर्दछ । तालिम संचालनको लागि आर्थिक सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र समाजिक विकास शाखाबाट कार्यक्रमको अनुगमन समेत नहुनु र ब्यानारमा बिनाकै तालिम संचालन हुनुले पालिका कर्मचारीहरुको सलंग्नता समेत प्रमाणित गरेको जानकारहरु बताउँछन् ।

यतिमात्र नभइ अधिकृत रौनियारले आफ्ना नजिक तथा प्रियपात्र छिपहरमाईमा गाउँपालिकामा योजना शाखामा कार्यरत करारका एक कर्मचारीलाई पनि दर्जनौं कार्यक्रमहरु दिएका छन् । अधिकृत रौनियार र ती करारका कर्मचारीले कमाइको फिप्टी/फिप्टी मिलिबाडी खाने हिसाबले कार्यक्रम दिएका छन । ती करारका कर्मचारीले आफन्त इष्टित्र तथा जाली कागजातको आधारमा आधा दर्जन भन्दा बढी कम्पनी फर्म, सप्लायर्स, संघसंस्था दर्ता खडा गरि काम गरिरहेका छन । ती नेपाल सरकारका कर्मचारी हुन कि संघसंस्था माफिया ? पालिको करार कर्मचारीमा नियुक्त रहे पनि कम्पनी गैरसरकारी संस्था खोलेर बसेका छन् ।

सरकारी कर्मचारीहरू नै सङ्घसंस्था खोलेर सामाजिक विकास कार्यक्रममा संलग्न हुँदा यस्ता कार्यमा भ्रष्टाचारको सीमा नाघेको छ । पालिकाका कर्मचारीले यसरी खुलेआम नीतिनियमविपरीत काम गरिरहेको भए पनि यसको नियन्त्रणका लागि कतैबाट पनि पहल भएको छैन । यस्ता झोले कर्मचारी तथा संघसंस्था माफिया भ्रष्टहरूले गर्दा पर्साको अधिकांश राम्रो सङ्घ संस्थाहरूलाई कार्य गर्न अवसर प्राप्त नभएको र यो सामाजिक विकास सम्बन्धी कामहरूको बदनामी भइरहेको छ ।

संस्थाका संचालक उमाशंकर महतो संग यस विषयमा बारे बुझ्न खोज्दा आफू फोनमा केही नबोल्ने, भेटेर कुरा गर्छु भनेर हतारहतारमा फोन काटे, त्यसपछि पटक पटक फोन गर्दा सम्पर्कमा आउन चाहेनन् । तत्कालीन अधिकृत रौनियारसंग यस गाउँपालिकाले चलाउने तालिम हो कि ? संघसंस्थाबाट चलाउने तालिम हो ? प्रश्न राख्दा कार्यपालिकाबाट निर्णय गराएर संघसंस्थालाई दिएका हौ , गाउँपालिकाबाट हुने तालिमलाई पनि पालिकामा जनसक्तिको अभाव देखाइ कार्यपालिकाबाट निर्णय गराएर मोटो कमिसन बुझेर संघसंस्थालाई दिएको समाचार प्राप्त भएको छ ।

अधिकृत रौनियरसंग प्रश्न राख्दा उनले आफू कुनै किसिमको कमिसन नलिएको तर विवादित र अवैध गलत प्रक्रियाबाट सोलारको पेमेन्ट गराउन खोज्दा आफुले नगरेकोले म र लेखापाल सरुवाको सिकार भइयो र त्यही भएर मलाई बदनाम गर्न खोजिएको हो भन्ने जवाफ दिइयो । यस विषयमा हालै निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यभार सम्भालेका सुनी कुमारसंग कुरा गर्दा ब्यानर बिनाकै तालिम चलिरहेको र पैसा कुम्ल्याउन तालिमको नाममा अनियमितता भइरहेको बारेमा तालिम स्थलमा पुगेर फोन गरि जानकारी गराउँदा अधिकृत सनीले कार्यक्रम संचालकलाई अफिसमा बोलाएर सोधपुछ गर्छु भन्ने अभिव्यक्ति दिए । तर, उनले पनि कुनै कदम चालेको देखिँदैन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि