Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने रन्जित चौरसियालाई पक्राउ गर्न अदालतको आदेश

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ९, २०८१

वीरगंज (पर्सा), ९ जेठ । सम्मानित जिल्ला अदालत पर्साले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने रन्जित चौरसियालाई पक्राउ गर्न आदेश दिएको छ । पत्रकार हरिशंकर शर्मा सहितका ५ जनाले दिएको जाहेरीको आधारमा पर्सा जिल्ला अदालतले चौरसियालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई आदेश दिएको हो । वीरगंज टाइम्सका संचालक समेत रहेका पत्रकार शर्मा सहित पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, शिक्षाकर्मी अजित चौरसिया, रन्जित पंडित एवं कुश दैनिक डटकमका संचालक अरुण कुशवाहाले संयुक्त रुपमा साइबर अपराध अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए ।

पर्सा जिल्ला अदालतले मंगलबार साँझ चौरसियालाई पक्राउ गरि अनुसन्धान अगाडि बढाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अदालतले चौरसियालाई पक्राउ गर्न आदेश दिएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुँगेलले उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताए । चौरसियाले पत्रकारिताको आवरणमा बेला बखत विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्दै आएका छन् । पत्रकारका खोल ओढेर आफ्नो स्वार्थ पुरा गर्न पल्केका चौरसियाले शिक्षाकर्मी, व्यवसायी, पत्रकार एवं प्रहरीलाई आर्थिक लाभ नपाएपछि धम्काउने, थर्काउने गरेका छन् ।

जुनसुकै क्षेत्रमा आबद्ध व्यक्तिहरुबाट आर्थिक लाभ पुरा नभएपछि विभिन्न अनलाइनमा आधारहीन, भ्रामक समाचारहरु प्रकाशन गर्ने र त्यतिले पनि स्वार्थ पुरा नभएपछि सामाजिक सञ्जाल फेसबुकमा अनाब, सनाब लेखेर चरित्र हत्या गर्ने गरेका छन् । सोही क्रममा विगत एक महिनादेखि पोखरिया नगरपालिकाबाट आर्थिक लाभ पुरा नभएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, शिक्षाकर्मी अजित चौरसिया, अरुण कुशवाहाको चरित्र हत्या गरेका थिए ।

उनीबाट आजित भई प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जिल्ला अदालत पर्सामा गाली बेइज्जतीको मुद्दा हालेपछि त्यही समाचार लेखेकै आधारमा वीरगंज टाइम्सका संचालक पत्रकार हरिशंकर शर्माको चरित्र हत्या गरेका थिए । त्यसकै विरुद्ध पाँचै जनाले जिल्ला प्रहरी कार्यालय पर्सामा संयुक्त रुपमा साइबर अपराध सम्बन्धी जाहेरी दिएपछि जिल्ला अदालत पर्साले चौरसिया विरुद्ध पक्राउ आदेश जारी गरेको हो । उनी विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ विरुद्ध मुद्दा चलाइएको बताइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि