Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भोजपुरी चलचित्र ‘मेयर सिंह’ को छायाङ्कन सम्पन्न, यही साताभित्र ट्रेलर सार्बजनिक गरिने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ८, २०८१
भोजपुरी चलचित्र ‘मेयर सिंह’ को छायाङ्कन सम्पन्न, यही साताभित्र ट्रेलर सार्बजनिक गरिने

वीरगंज (पर्सा), ८ जेठ । वीरगंज महानगरका विषयमा निर्मित भोजपुरी चलचित्र ‘मेयर सिंह’ को छायाङ्कन सकिएको छ । वीरगंजकाे त्रिमुर्ती सिनेमा हलमा मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण पक्षले चलचित्र निर्माणको काम सम्पन्न भएको जानकारी गराएको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चलचित्रका निर्माता शिव प्रसाद कुर्मीले वीरगंजकाे अवस्थालाई चलचित्रमा चित्रण गरिएको बताए ।

बदलिएको वीरगंज र राजनीतिसँगै प्रेम, द्वन्द्व लगायतका सबै रसलाई चलचित्रमा समावेश गरिएको कुर्मीको भनाई छ । यसअघि भारतमा बनेका चलचित्र नेपालमा चल्ने गरेकोमा ‘मेयर सिंह’ चलचित्र भारतमा पनि प्रदर्शन गरिने कुर्मीले जानकारी दिए । यहाँकै स्थानीय कलाकारले स्थानीय भाषा तथा संस्कृतिको संरक्षणका लागि बनाएको चलचित्रको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले सह्राना गरे । चलचित्रले वीरगंज बास्तविकतालाई उतार्दै यहाँको विकासका बाधक तथा चुनौती एवम् समस्याहरुलाई केलाउन सघाउ पुग्ने अध्यक्ष तिवारीको विश्वास छ ।

कला, साहित्य, संगीत एवम् चलचित्र क्षेत्रमा काम गर्नेहरुलाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेष्ण गर्न पनि अध्यक्ष तिवारीले पत्रकारहरुलाई अनुरोध गरेका छन् । पत्रकार सम्मेलनकै क्रममा चलचित्र ‘मेयर सिंह’ को ट्रेलर पनि प्रदर्शन गरिएको थियो । ट्रेलरमा वीरगंज महानगरपालिकाका गतिविधिलाई समावेश गरिएको देख्न सकिन्छ । वीरगंजमा सरसफाईमा आएको कायापलटको चर्चा पनि ट्रेलरमा देखाइएको छ । सुनिल तिवारीले लेखेको ‘मेयर सिंह’ को पटकथालाई सुबास देवकोटाले निर्देशन गरेका छन् ।

चलचित्रमा जितु जितेन्द्र, अजय पटेल, शिव प्रसाद कुर्मी, प्रिति आर्य, श्रेया दुलाल, मुखलाल प्रसाद, रवी कुमार साह, प्रितम कलवार लगायतले अभिनय गरेका छन् । वीरगंजसहित बारा, पर्सा एवम् मकवानपुरका विभिन्न स्थानमा चलचित्रको छायाङ्कन गरिएको छ । पटकथा लेखक सुनिल तिवारीले नै सहायक निर्देशन गरेको चलचित्रलाई मेहफुज अन्सारीले छायाङ्कन गरेका हुन् । अजमत अली अन्सारी र सन्तोष पुरीको शब्द, संगीत एवम् गायन रहेको छ ।

शंकर महर्जनको द्वन्द्व रहेको चलचित्रको भिएफएक्स दिनेश ढकालले गरेका छन् । यही साताभित्र चलचित्रको ट्रेलर ‘ईगो रेकर्डस भोजपुरी’ युट्युब च्यानलमार्फत सार्बजनिक गर्ने तयारी रहेको चलचित्रका निर्माता शिव प्रसाद कुर्मीले जानकारी दिए । उनकाअनुसार हलबाट अनुमति पाउने बित्तिकै एक महिना भित्रैमा चलचित्रको प्रदर्शन मिती पनि सार्बजनिक गरिनेछ ।

चलचित्र पत्रकार संघकी अध्यक्ष निलिमा पौडेलले सहजीकरण गरेको पत्रकार सम्मेलनमा पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्य, चलचित्र पत्रकार संघ पर्साका सल्लाहकार निरज पिठाकोटे मगर, बानका मधेश प्रदेश अध्यक्ष आशिक अन्सारी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनसहित पत्रकार एवम् चलचित्रका कलाकारहरुको उपस्थिती रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि