वीरगंज (पर्सा), २८ वैशाख । वीरगंज महानगरपालिका-८ पानीटंकी स्थित लिटिल बडी प्रि-स्कुलले बच्चाहरुले जम्मा गरेको पैसा सार्वजनिक गरेको छ । बच्चाहरुमा कलिलो उमेरदेखि रकम बचत गर्न बानी बसाल्ने उद्देश्यले विद्यालयले गत वर्ष विश्व बचत दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि पि.जि., नर्सरी, एल.के.जी., यु.के.जी. का खुत्रुके प्रदान गरेको थियो ।
सो खुत्रुकेमा बच्चाहरुले करिब एक वर्षदेखि जम्मा गरेको रकम बिहीबार एक कार्यक्रमबीच विद्यालयमा मगाई खुत्रुके फोडेर जम्मा गरेको बचत रकम सार्वजनिक गरेको थियो । सो बखत बच्चाहरुलाई रकम बचत गर्न दिइएको खुत्रुकेमा करिब एक वर्षको अन्तरालमा रु ५ सयदेखि १८ हजार ४ सय ५० रुपैयाँसम्म जम्मा गरेका थिए ।
सो बालबालिकाहरुमध्ये सबैभन्दा बढि रकम बचत गरेका बालबालिकाका अभिभावकलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो साथै बचत गरेको रकममा विद्यालयले १ हजार रुपैयाँ थप गरेर अभिभावकलाई हस्तान्तरण गरेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विजय कुमार बल, युवा समाजसेवी कमल चौगाइँ, सञ्चारकर्मीहरु हरिशंकर शर्मा, नविन कार्की, दिपु वणर्वाल लगायत बालबालिकाका अभिभावकहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् !