Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

महानगरको निर्देशनलाई अझै टेरेनन् उद्याेगी, चोरबाटो सिर्सिया नदीमा प्रदुषित पानी मिसाउँदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २५, २०८१
तीन दशकदेखि प्रदूषणको शिकार सिर्सिया नदी ‘छठ पर्व’ को बेला पनि सफा भएन

वीरगंज (पर्सा), २५ वैशाख । सिर्सिया नदी प्रदूषण गराउनमा सबैभन्दा धेरै वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरस्थित अरनीको टेक्सटाइलको हात छ । वीरगञ्ज महानगरपालिकाको वन वातावरण तथा विपद व्यवस्थापन महाशाखा अन्तर्गतकाे वातावरण शाखा प्रमुख प्रकाश ऐरकाअनुसार नदी प्रदूषण गर्ने उद्योगमध्ये अरनीको टेक्सटाइल पहिलो नम्बरको उद्योग हो ।

पटकपटक ताकेता गर्दा पनि अटेरका गरेका उद्योगहरुलाई वीरगञ्ज महानगरपालिकाले १५ दिनको अल्टिमेटम दिएको थियो । अल्टिमेटम पूरा भएकै दिन महानगरको टोलीले मंगलवार उद्योगहरुमा स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । जसमा अरनीको टेक्सटाइलले तीन वटा पोखरी बनाएको छ । पोखरी भरिएपछि पुन: नदीमै प्रदूषित पानी मिसाइएको पाइएको हुँदा ध्यानाकर्षण गराइएको उनले बताए । प्लान्ट निर्माणका लागि प्राविधिक टोलीलाई बोलाएको हुँदा केही समयभित्रै प्लान्ट बन्ने उद्योग पक्षको दाबी छ ।

त्यस्तै सिद्धि टेक्सटाइलले पनि पोखरी बनाएको छ । तर प्रभावकारी रुपमा प्लान्ट नबनाएको पाइएको अनुगमनमा सहभागी वीरगंज महानगर प्रमुख राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयालले बताए । उनकाअनुसार अधिकांश उद्योगले प्राविधि टोली बोलाउने र अध्ययन गर्ने काम गरीरहेका छन् । उद्योग सुरु गर्ने समयमै गर्ने काम वीरगंज महानगरपालिकाको दबाबले अहिले सुरु गरेको उनको भनाई छ ।

महानगरपालिकाले नदी प्रदूषित गर्ने उद्योगलाई कुनै पनि हालतमा छुट नदिने उनले बताए । महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा नदीलाई प्रदुषणमुक्त बनाउनका लागि महानगरपालिकाले गम्भिरतापूर्वक काम गरीरहेको प्रमुख सिंहका स्वकिय सचिव सत्यराज घिमिरेले बताए ।

मारुती पेपरले पछिल्लो समय महानगरको निर्देशनलाई मान्दै नमुना काम गरेको वातावरण शाखा प्रमुख प्रकाश ऐरले बताए । उनले भने, ‘मारुती पेपरले अहिले नमुना काम गरीरहेको छ । यो उद्योगले आफ्नै प्रशोधन केन्द्र बनाएको छ । यसले अहिले नदीमा प्रदुषित पानी मिसाएको छैन भन्दा पनि हुन्छ ।’

दुर्गा पेपर एण्ड पल्प उद्योगले पनि प्रशोधन केन्द्र बनाएको छ । तर पानी प्रशोधन गरेपनि उद्योगका अन्य विकार पदार्थले भने नदी प्रदुषित भइरहेको छ । विकार पदार्थलाई पनि उद्योगभित्रै व्यवस्थापन गर्न निर्देशन दिइएको ऐरले संचारकर्मीहरुसंग भने ।

बाराको जितपुर सिमरा उपमहानगरपालिकाभित्र पर्ने नारायणी लेदर उद्योगमा पनि टोलीले अनुगमन गरेको थियो । वीरगंज महानगरपालिका, परवानीपुर गाउँपालिका र जितपुर सिमरा उपमहानगरपालिका लगायतको सम्मिलित टोली मिलाएर बनाइएको समिति अन्तर्गत रहेर उक्त उद्योगमा अनुगमन गरिएको हो ।

नारायणी लेदर उद्योगले प्रशोधन केन्द्र भएपनि प्राविधिक टोली नहुँदा सञ्चालन गर्न नसकिएको बताएको छ । त्यसका लागि प्राविधिक व्यक्ति बोलाएर काम गराउने प्रतिबद्धता जनाएको वातावरण शाखाका प्रमुख प्रकाश ऐरले बताए । त्रिवेणी टेक्सटायल, मरियम लेदर लगायतका उद्योगले पनि प्राविधिक बोलाउने र प्रशोेधन केन्द्र सञ्चालन गर्ने काम भइरहेको बताएका छन् । अनुगमनमा पुगेको टोलीसमक्ष उद्योगले कम्तीमा २/३ महिनाको अझै समय माग गरेका छन् ।

३ महिनाको समय दिन महानगर तयार भएपनि उक्त अवधिभर उद्योगको प्रदुषित पानी नदीमा नमिसाएर उद्योग परिसरभित्रै व्यवस्थापन गर्नुपर्ने वातावरण निरीक्षक ऐरले बताए । उनले भने, ‘हामीले पटकपटक समय दिएका छौँ, ताकेता गरीरहेका छौँ । तर पनि अटेर गरेको पाइएको छ । यद्यपी केही उद्योगले काम गरीरहेका पनि छन् । त्यसैले अब महानगर कडा रुपमा प्रस्तुत हुन्छ ।’

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि