Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गौतम स्कुलको बद्मासी, शिक्षामा माफियातन्त्र, नियमको धज्जी उडाउँदै सिफारिसमा छात्रावृति

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २१, २०८१
गौतम स्कुलको बद्मासी, शिक्षामा माफियातन्त्र, नियमको धज्जी उडाउँदै सिफारिसमा छात्रावृति

वीरगंज (पर्सा), २१ वैशाख । वीरगंजको नारायणी रंगशाला छेवमा रहेको गौतम मावि स्कुलको रवैका कारण अभिभावकहरु आर्जित बनेका छन् । बिभिन्न बहाना बनाएर अभिभावकहरुलाई अपमान गर्न थालेपछि गौतम स्कुललाई कारवाही गर्नु पर्ने अवाजहरु उठन थालेका छन् ।

अभिभावकहरुका अनुसार स्कुलका प्रिन्सिपल तथा कर्मचारीहरुले वालवालिकाहरुको मनोबल खस्ने गरी भाषा प्रयोग गर्ने गरेका छन् । त्यती मात्र नभई बिधार्थीहरुलाई डिमोटिभेट गर्ने काम गौतम स्कुलले गर्दै आएको अभिभावकहरुको भनाई छ । प्रि प्राइमरी तथा प्राइमरी तहका वालवालिकाहरुलाई ढटुवा नगर्ने सरकारी नियमको धज्जी उठाउँदै पैसा कमाउँनका लागि मात्र वालवालिकाहरुलाई स्कुलले कक्षा घटुवा गर्ने गरेका छन् ।

स्थापनाका वेला घर घरमा पुगेर संचालक तथा कर्मचारीहरुले अभिभावकसँग अफ्ना नानिवाबुलाई आफ्नो स्कुलमा भर्ना गर्न हार गुहार गरेका थिए । तर थोरै नाम चलेपछि गौतम स्कुल पछिल्लो समय आफ्नो हैसियत बिर्सिदै गएको एक अभिभावकले नेपाल पोष्टलाई बताए । गौतम स्कुल पछिल्लो समय अभिभावकलाई ठग्ने काम मात्र गरेको तथा स्कुलमा नयाँ बिधार्थी भर्ना गर्न नेता,वाउन्सर तथा शैक्षिक माफियाहरुको भनसुन काम लाग्ने गरेको ती अभिभावकले नाम नछाप्ने सर्तमा बताए । जेहन्दार बिधार्थीलाई पनि भर्ना गर्न पनि स्कुलले अनाकानी गर्ने गरेको तथा अभिभावकहरुको आर्थिक हैसियत सोध्दै बिधार्थीलाई फिर्ता पठाउने गरेका छन् । राम्रो कमाई नभएको अभिभावकका बच्चालाई स्कुलले अपमान जनक शब्द समेत प्रयोग गर्ने गरेका छन् ।

कुल बिधार्थीको १० प्रतिशत स्कुलले छात्रावृति दिनु पर्ने प्रवधानलाई पनि स्कुलले धज्जी उडाएको छ । नेता तथा बाउन्सरको सिफारिसको अधारमा छात्रावृति दिने काम स्कुलले गरी रहेको तथा सोको सूचना लुकाउने काम पनि गर्दै आएको छ । विगतमा सार्वजनिक जग्गा मिच्चने काम गरी आलोचित हुदै आएको गौतम मावि शिक्षालाई उद्योगको रुपमा संचालन गरेको तथा कमाई खाने भाडो बनाएको भन्दै अभिभावक संघर्ष समितिले पटक पटक आन्दोलन समेत गर्दै आएका छन् ।

प्रत्येक बर्ष पुस्तकमा धेर थोर परिवर्तन गरी प्रकाशन समूह तथा बिक्रेताहरुसँग कमिसन लिने काम गौतम स्कुल गरेको गर्दै आएको छ । त्यती मात्र नभई पछिल्लो समय वीरगंजको मुर्लि चौकमा रहेको राज होजियारीसँग सेटिङ्ग मिलाई स्कुल ड्रेसको नाममा कमसल कपडा,टाई वेल्ट,भेष्ट,जुता मोजा लगायतका समान महंगो दाम खरिद गर्न अभिभावकहरुलाई बाध्य पार्ने गरेका छन् । सो बापत समेत स्कुलले मोटो कमिसन खाने गरेको स्रोतको दावी छ ।

यस सम्बन्धमा नियामक निकाय वीरगंज महानगरपालिकाको शिक्षा महाशाखाले चैत महिनामै सबै स्कुलहरुलाई परिपत्र गरि शुल्क तत्काल नबढाउँन,पुस्तक परिवर्तन नगर्न,पुस्तक तथा ड्रेस पाउँने स्थान नतोक्न तथा स्कुल परिसरमा किताव बिक्री वितरण नगर्न स्कुललाई भनि सकेको छ ।

छात्रावृतिको हकमा वीरगंज महानगरपालिकाले कक्षा ८ सम्म स्कुललाई र ९,१० तथा ११ कक्षाको लागि महानगरको शिक्षा महाशाखाले नै अधिकार दिएको छ । जसको लागि असाढ २३ गते छात्रावृति दिवस मनाउँने एवं सो दिन सबै छात्रावृतिहरु वितरण गर्ने लक्ष्य महानगरले लिएको वीरगंज महानगरपालिका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए । तर यी कुनै पनि नियमको पालना गौतम स्कुलले गरेको छैन् । स्कुलकै मिलोमतोमा गौतम स्कुल छेवछावमा रहेको किराना पसलमा समेत पुस्तक तथा स्कुलका समाग्री बिक्रि वितरण हुदै आएको छ । सो कामको स्टेशनरी एसोसियसनले समेत बिरोध गर्दै आएको छ ।

अभिभावक संघर्ष समिति पर्साका अध्यक्ष संदिप साहका अनुसार अन्य बिभिन्न नाममा स्कुलले अभिभावकलाई ठग्ने काम गरेको एवं धरौटी वापत समेत मोटो रकम लिने गरेको छ । यसको साथै हरेक त्रैमासिक परिक्षामा बालवालिकालाई विल थमाउँने गरेको तथा अभिभावकले समयमा विल नतिर्दा बिधार्थीहरुलाई मानसिक यातना दिने काम पनि गौतम स्कुले गर्दै आएको छ । अतः पछिल्लो समय समान्य हुने खाने अभिभाकले गौतम स्कुलमा आफ्ना छोराछोरी पढाउँने बातावरण नरहेको उनले बताए । सरकारले १० देखि ४ बजे कक्षा संचालन गर्नु पर्ने नियम राखेको भएपनि कुनै स्कुलले नियम पालना नगरेको उनको भनाई छ ।

बैशाख ८ गते गौतम माविमा रिजल्ट लिन पुगेका अभिभावकहरुलाई शुल्क बृद्धि वारेको लिखित कागाजमा जबरजस्ती हस्ताक्षर गराएका थिए । शुल्क सम्बन्ध उच्च अदालत जनकपुर अस्थाई इजलास वीरगंजमा परेको मुद्दा बिचाराधिन रहेको अवस्थामा रहेकोले तत्काल शुल्क बृद्धि गर्न नमिल्ने अभिभावक संघर्ष समितिको भनाई छ ।

शुल्क बृद्धि गर्दा शैक्षिक सत्र शुरु हुन अगावै स्थानिय तहमा निवेदन दर्ता गराउनु पर्ने एवं स्विकृत भएमा मात्र शुल्क बृद्धि गर्न पाउँने कानुनी व्यवस्था छ । तर गौतम स्कुलले मनोमानी रुपमा शुल्क बृद्धि गरी वीरगंज महानगरपालिकालाई नै चुनौती दिएको छ ।

बिभिन्न स्कुलले गरेको शुल्क बृद्धिवारे अभिभावक संर्घष समितिले वीरगंज महानगरपालिकालाई लिखित जनाकारी गराएको भएपनि हाल सम्म महानगरले कुनै कारवाही प्रक्रिया अगाडी बढाएको छैन् । यता गौतम स्कुल प्रशासनले शुल्क बृद्धि लगायतका कामहरु सबै अभिभावकहरुको आपसी सहमती एवं छलफल बाटै तय हुदै आएको जनाएको छ । साथै किताव,ड्रेस अथवा कुनै शैक्षिक समाग्री किन्न पसल नतोकिएको स्कुलको दावी छ । स्कुलको कुशल छवी रहेको गौतम स्कुल प्रशासनको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि