Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हुण्डी कारोबारको आरोपमा पक्राउ परेका २४ वर्षीय खेतानको एक वर्षमा १० करोडको अवैध कारोबार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १९, २०८१
हुण्डी कारोबारको आरोपमा पक्राउ परेका २४ वर्षीय खेतानको एक वर्षमा १० करोडको अवैध कारोबार

जनकपुरधाम, १९ वैशाख । हुण्डी कारोबारको आरोपमा ९ लाख रुपैयाँसहित पक्राउ परेका युवकमाथि थप अनुसन्धान गर्दा १० करोडको ‘अवैध’ कारोबार खुलेको छ । २४ वर्षीय पीयूष खेतानलाई पक्राउ गरेर अनुसन्धान गर्दा पछिल्लो एक वर्षमा मात्रै उनले १० करोडको ‘अवैध’ कारोबार गरेको देखिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हुण्डी कारोबार गरेको सूचनाका आधारमा यही वैशाख ३ गते स्थायी ठेगाना धनुषाको धनुषाधाम गाउँपालिका–५ घर भएका २३ वर्षीय खेतानलाई पक्राउ गरेको थियो । काठमाडौं महानगरपालिका–१३ ताहचल बस्दै आएका खेतानलाई उनकै पसलबाट प्रहरीले पक्राउ गरेको थियो । रन्जना कम्प्लेक्सको तेस्रो तलामा फेसन पेसन स्टोर नामक कपडा पसल सञ्चालन गर्दै आएका खेतान ९ लाखसहित पक्राउ परेका थिए ।

उक्त रकमका साथै २३ पन्ना क्रिप्टो करेन्सीको विवरण समेत प्रहरीले फेला पारेको थियो भने मोबाइल समेत बरामद गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा १० करोडको कारोबार देखिएको खुलेको हो । अध्ययनका लागि एक वर्षअघि भारतमा रहँदा क्रिप्टो करेन्सीबारे जानकारी पाएर कारोबार सुरु गरेको खेतानले बताएका छन् । बिनान्स एप्लीकेशन डाउनलोड गरेर क्रिप्टो करेन्सीको कारोबार खेतानले गरेको देखिएको अनुसन्धान अधिकृतले बताएका छन् ।

भारतमा रहँदा बिक्की महतो भन्ने साथीले आफूलाई क्रिप्टो करेन्सीबारे सिकाएको उनको दाबी छ । पछिल्लो एक वर्षदेखि नेपाल र भारतमा रकम आवश्यक पर्ने मानिसहरुलाई रकम दिने–लिने काम समेत गरेको उनको भनाइ छ । अनुसन्धानबाट खेतानले हुण्डीको कारोबार गर्ने गरेको क्रिप्टो मार्फत समेत हुण्डीको रकम विदेश पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा पठाइएको प्रतिवेदन अनुसार हुण्डीको रकम लिन–दिनका लागि विभिन्न कोडहरु प्रयोग गरेर खेतानले काम गरेको समेत उल्लेख छ । ह्वाट्स एपमा विभिन्न रकमका फोटाहरु आदान प्रदान गर्ने र भारतमा रहेका विक्कीले भनेअनुसारका मानिसहरुलाई रकम दिने–लिने गरेको खुलेको अभियोगपत्रमा उल्लेख छ ।

हुण्डीका लागि रकम लिँदा–दिँदा भेरिफाई गर्न रकमका नोटहरु प्रयोग गरिएको खुलेको छ । खेतानले बिनान्स एप्लीकेशनमार्फत क्रिप्टो करेन्सीमार्फत ६ करोड १९ लाख ३५ हजार २६१ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ ।

अर्को ओकेएक्स एप्लिकेशन समेत इन्सटल गरेर क्रिप्टो करेन्सीको कारोबार गरेको देखिएको छ । यो एप्लिकेशनमार्फत ४ करोड २१ लाख ४३ हजार २८५ रुपैयाँ कारोबार गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ । उनले क्रिप्टोमार्फत नै एक वर्षको अवधिमा १० करोड ४० लाख ७८ हजार ५४३ रुपैयाँ कारोबार गरेको देखिएको छ ।

क्रिप्टोको अवैध कारोबार देखिएपछि उनलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २६२ अन्तर्गतको कसुरमा मुद्दा चलाइएको छ । उक्त दफा अनुसार रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउन नहुने उल्लेख छ । प्रतिबन्ध लगाइएको मुद्रा चलन चल्तीमा ल्याइएमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था उल्लेख छ । साभार : अनलाइनखबर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि