कलैया (बारा), १८ वैशाख । बारा प्रहरीले निजगढ नगरपालिकाकाे वडा नं. १० लालपार्कबाट २१६ किलो लागू औषध गाँजासहित २ जनालाई पक्राउ गरेकाे छ । मकवानपुरकाे मनहरी गाउँपालिका बड़ा नं. ३ स्थायी घर भई बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ निवासी ३२ बर्षिय आकाश भन्ने दिपक कोईराला र मकवानपुर कै हेटौडा उपमहानगरपालिका वडा नं. १३ पदम पोखरी निवासी ३० बर्षिय जिबन घलानलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
विशेष सूचनाको आधारमा साेमबार राति १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।
रतनपुरबाट निजगढ तर्फ जादै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्दा ट्रक भित्र लुकाई छिपाई राखेको २१६ किलाे लागू औषध गाँजा बरामद भएकाे प्रवक्ता न्याैपानेले वताए । त्यसपछि ट्रक ड्राइभर आकाश र ट्रकमा सवार जिवनलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडी बढाईएकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस् !