Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बैंक पनि असुरक्षित ! नबिल बैंकको बाइपास शाखा कार्यालय लुटियो, १ करोड ३४ लाख रकम चोरी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १८, २०८१
बैंक पनि असुरक्षित ! नबिल बैंकको बाइपास शाखा कार्यालय लुटियो, १ करोड ३४ लाख रकम चोरी

वीरगंज (पर्सा), १८ वैशाख । वीरगंजको बाइपास सडक खण्ड स्थित रहेको नबिल बैंकको शाखा कार्यालय लुटिएको छ । आइतबार राती आएको लुटेरा समूहले सुन गाल्ने केमिकल प्रयोग गरेर भल्ट फुटाई बैंकको भल्टबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ लुटेका छन् । बैंकबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

उनका अनुसार सोमबार बिहान ८.४५ बजेतिर बैंकका सुरक्षा गार्ड बैंकमा पुग्दा मूल गेटमा अर्कै नयाँ ताल्चा लगाएको देखेपछि बैंकका शाखा प्रबन्धक पवन पौडेललाई फोन गरेर जानकारी गराएका थिए । तयस लगत्तै पौडेलले प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरी टोलीले मूल गेटमा लगाइएको नयाँ ताल्चा फोडेर भित्र प्रवेश गर्दा बैंकबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको पाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

बैंकभित्र टिनको बाकसभित्र राखिएका १ सय रुपैयाँ एवं २० रुपैयाँ दरका नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको प्रहरीको भनाइ छ । नबिल बैंकको उक्त शाखामा रातिको समयमा सुरक्षा गार्ड नबस्ने र सोही मौका छोपेर चोरहरूले बैंकमा पसेर चोरी गरेको प्रहरीले जनाएको छ । प्रााम्भिक अनुसन्धानका क्रममा सिसिटिभी क्यामेरामा रेकर्ड भएको भिडियोमा चार पाँच जनाको संख्यामा रहेका चोरहरूले मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको देखिएको थापाले जानकारी दिए ।

रकम लुटिएपछि सोमबार बैंकको काम कार्यवाही केही समय रोकिएको थियो । मंगलबारबाट सो शाखा नियमित संचालनमा आएको छ । ‘यस शाखामा विशेष कारणवश कारोबार हुन नसकेकोले नजिकैको वीरगंज शाखा र पावर हाउस शाखाबाट कारोबार गरिदिनुहुन अनुरोध गर्दछौ । यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं,’ बैंक लुटिएपछि आइतबार शाखा कार्यालयको गेटमा सूचना टाँसिएर बैंकका काम कार्यवाही स्थगित गरिएको थियो ।

घटनाको खबर पाएलगत्तै प्रहरीले बैंकमा भएको चोरीको घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको छ । तर यता बैंकले घटनालाई दबाउन विभिन्न प्रयास पनि गरेको पाइयो । आइतबार राति बैैंकबाट रकम चोरी भई सोमबार विहान बैंकका कर्मचारी एवं प्रहरीले थाहा पाइसकेपनि सोमबार रातिसम्म बैंकका कर्मचारीहरुले पैसा चोरी नभएको भनेर घटना दबाउने प्रयास गरेका थिए । चोरीको घटनाबारे बैंकका उपल्लो तहका कर्मचारीसँग बुझ्दा पनि बैंकमा चोरीको प्रयास मात्रै भएको तर पैसा चोरी नभएको भनेर घटनालाई दबाउन खोजेका थिए ।

यो घटनामा बैंक कर्मचारीको पनि मिलोमतो हुन सक्ने आशंका गरिएको छ । बैंकमा चोरी भएको घटनाका विभिन्न प्रवृतिले कहिँ न कहिँ बैंक कर्मचारीको पनि मिलोमतो हुन सक्ने आशंका खडा गरेको छ । एक त बैंक आफैमा सुरक्षित स्थान हो, त्यसमा पनि गार्ड नभएको ? कहाँ पैसा राखिएको ? पैसा लिएर पुनः अर्को नयाँ ताल्चा लगाइएको जस्ता प्रवृत्तिले पनि चोरीको घटनामा कर्मचारीको पनि संलग्नता हुन सक्ने आशंका गरिएको हो । सरकारले सानोदेखि ठूलो कारोबार बैंक मार्फत गर्न ऐन नियम लागु गरि रहँदा बैंकबाट पैसा चोरी हुनुले बैंकबाट सर्वसाधारणहरुको विश्वास गुम्दै गएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि