वीरगंज (पर्सा), १७ वैशाख । स्वतन्त्र निर्वाचित प्रतिनिति सभा सदस्य (सांसद) अमरेश कुमार सिंहले विदेशी शक्तिहरुबाट नेपालको संविधानमाथि प्रहार भइरहेको वताएका छन् । वीरगंजमा साेमबार आयाेजित पत्रकार भेटघाट कार्यक्रम वाेल्दै सर्लाहीकाे क्षेत्र नं. ४ बाट निर्वाचित सांसद सिंहले विदेशी शक्तिहरुको इशारा र निर्देशनमा अहिले नेपालको संविधानमाथि प्रहार भइरहेको बताए । उनले संविधानका मुख्य चारवटै आधारस्तम्भ धर्मनिरपेक्षा, गणतन्त्र, संघीयता र समावेशीतामाथि प्रहार भइरहेको बताए ।
सांसद सिंहले अहिलेकाे संविधान समाप्त भएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेल जाने ठोकुवा पनि गरे । सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डमाथि द्वन्द्धकालका ३ सय भन्दा बढी मुद्धा रहेको बताउँदै यदि संविधान समाप्त भएमा प्रचण्ड जेल जाने ठोकुवा गरेका हुन् । उनले भने, ‘अहिलेको संविधान खतरामा पर्ने बित्तिकै प्रचण्ड जेल जानुहुन्छ । कांग्रेस, एमालेलाई केही हुँदैन । तर माओवादी खतरामा पर्छ र माओवादी खतरामा पर्ने बित्तिकै प्रचण्डमाथि खतरा हुनेवाला छ ।’
अर्काे प्रसंगमा कुरा राख्दै नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाई पढेलेखेको मान्छे मन नपर्ने गरेकाे वताए । उनले भने, ‘शेरबहादुर देउवालाई पढेलेखेको मान्छे मन पर्दैन ।’ देउवालाई इंगित गर्दै उनले थपे, ‘उहाँ भन्नुहुन्छ, एउटी मेरो श्रीमती पढेको छँदैछ, बाँकी किन चाहियो ।’ सिंहले भने, ‘उहाँ शेरबहादुर देउवा हैन, वास्तवमा शेरबहादुर राणा हो ।’ प्रधानमन्त्री कार्यालय प्रधानमन्त्री प्रचण्डका आसेपासको पूर्ण कब्जामा रहेको उनले आरोप लगाए । उनले भने, ‘पैसा उठाउन, गैर कानूनी काम गर्नका लागि प्रधानमन्त्री कार्यालयमा छोरी, बुहारी, भाई, भतिजाहरुलाई नियुक्ती गरेर राखिएको छ । योपनि एउटा अपराध नै हो ।’
नेपालको राजनीतिमा अहिले परिवारिकरण, व्यपारीकरण र भ्रष्टीकरण हाबी भएको भन्दै उनले राजनीति सेवा भावका रुपमा नभई व्यपारका रुपमा फस्टाएको टिप्पणी गरे । उनले नेपालमा विदेशी दलालीकरणपनि बढेको बताए । देश अहिले २० जना बिचौलीयाहरुले मात्रै चलाइरहेका कारण मुलुकको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको उनले बताए । उनले भने,‘ अहिले साधरण खर्चपनि विदेशी ऋण मागेर भइरहेको छ । जब साधरण खर्च नै विदेशी ऋणमा चलिरहेको छ भने यत्तिले नै पुष्टी हुन्छ कि देशको अर्थतन्त्र कत्ति जर्जर अवस्थामा पुगेको छ ।
सांसद सिंहले पूर्व प्रधानमन्त्रीकाे सेवा सुविधा कटाैती हुनु पर्ने पनि वताए । उनले भने “पूर्व प्रधानमन्त्री र मुख्य मन्त्रीकाे नाममा जिवनभरी गाडी तथा ठुलाे संख्या सुरक्षाकाे लागि प्रहरी उपलब्ध गराउनु कतिकाे उचित छ ? एक महिना पनि प्रधानमन्त्री वा मुख्यमन्त्री बन्नेकाे खण्डमा जिवन भरी सुविधि दिनु कति उचित हाे ? यसकाे अन्त्य हुनु पर्छ ।”
प्रतिक्रिया दिनुहोस् !