Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

औद्योगिक नगरीले ओझेलमा वीरगंजको पर्यटन, सुविधासम्पन्न होटल हुँदाहुँदै आशातित विकास भएन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १३, २०८१
घण्टाघरमा जडान गरिएको बत्ती चोर्ने एक भारतीयसहित दुई जना पक्राउ

वीरगंज (पर्सा), १३ वैशाख । औद्योगिक तथा व्यापारिक नगरीको पहिचान बनाएको वीरगंजमा पर्यटन क्षेत्रले आशातित विकास हुने अवसर पाएको छैन । वीरगंजमा भारतीय तथा अन्य मुलुकका पर्यटकलाई लक्षित गरेर क्यासिनोसहितका सुविधासम्पन्न तारेहोटल पनि सञ्चालनमा रहेका छन् । एकातर्फ व्यापारिक तथा औद्योगिक सहरको छायाँ र अर्कोतर्फ पर्यटकीय गन्तव्यको प्रचार(प्रसारको कमीको कारणले पनि वीरगंजमा अपेक्षाकृत पर्यटक भित्रिन सकिरहेका छैनन् । सीमावर्ती रक्सौल नाका हँुदै मासिक हजारौँको सङ्ख्यामा भारतीय पर्यटक नेपाल आइरहेका हुन्छन् । आकर्षक गन्तव्यको अभावमा भारतीय पर्यटकलाई वीरगंज आसपासको क्षेत्रमा रोक्न सकिएको छैन । जसले गर्दा यहाँको पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्दै आइरहेको छ ।

दियालो लडर्स प्लाजाका सञ्चालक अनिल रुगटा औद्योगिक तथा व्यापारिक नगरीको कारणले पनि वीरगंजको पर्यटन क्षेत्र ओझेलमा परेको बताउनुहुन्छ । “वीरगंज लामो समयदेखि औद्योगिक तथा व्यापारिक सहर भएपनि पर्यटन क्षेत्रको भने सोचेअनुसारको विकास हुन सकिरहेको छैन,’ “उहाँले भन्नुभयो,“सबै मिलेर वीरगंजलाई पर्यटकीय क्षेत्रको रुपमा पनि विकास गर्न आवश्यक भइसकेको महसुस गरेका छौं ।” उहाँका अनुसार वीरगंजमा पछिल्लो समय सुविधा सम्पन तारेहोटल होटल तथा रिसोर्टहरु सञ्चालनमा आएका छन् । वीरगंजका तारे होटलमा दियालो लडर्स प्लाजा, भिष्वा, क्लार्क रिसोर्ट, मकालु लगायतका आधा दर्जनभन्दा धेरै रहेका छन् । वीरगंज बजार क्षेत्रमा मात्रै सानाठूला गरेर ९० भन्दा धेरै होटल तथा लजहरु रहेका छन् ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ, पर्साका महासचिव माधव बस्नेतले वीरगंजको पर्यटन क्षेत्र आन्तरिक र सीमा क्षेत्रका भारतीय पर्यटककै कारणले जेनतेन चल्दै आइरहेको बताउनुहुन्छ । “वीरगंजको पर्यटन क्षेत्र आन्तरिक र भारतीय पर्यटककै कारणले धानिँदै आइरहेको छ । यहाँ तेस्रो मुलुकका पर्यटक खासै आउँदैनन्”, उहाँले भन्नुभयो । “वीरगंजले विदेशी तथा स्वदेशी पर्यटकलाई आकर्षित गर्ने खालका प्याकेज ल्याएर आकर्षित गर्न जरुरी देखिन्छ । “विभिन्न ब्राण्डका कम्पनी आफ्ना उत्पादनको प्रसारप्रसार गर्न वीरगंज आउने भएकाले पनि वीरगंजलाई उत्पादककर्ता र क्रेताबीचको गन्तव्यको रुपमा विकास गर्न सके पर्यटन क्षेत्रले पनि लाभ लिन सकिने थियो कि ।”

भारतको रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकले वीरगंजलाई केबल बाटोका रुपमा मात्रै प्रयोग गर्दै आइरहेका छन् । जसका कारणले वीरगंजको पर्यटन क्षेत्रले त्यसको लाभ उठाउन सकिरहेका छैनन् । त्यही समस्यालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाले वीरगंज नाका हँुदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकलाई कम्तीमा पनि दुई रात पर्सा आसपासकै क्षेत्रमा बसोबास गर्ने वातावरण सिर्जना गर्नेतर्फ ध्यान दिइरहेको जनाएको छ ।

वीरगंज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहले अहिले भारतीय पर्यटकले वीरगंजलाई केबल नाका (बाटो) को रुपमा मात्रै प्रयोग गर्दै आइरहेकाले पनि कम्तीमा पनि वीरगंज आसपासको क्षेत्रमा पर्यटकको दुई रात बसाई कसरी लम्बाउने विषयमा गृहकार्य गर्र्दै आइरहेको बताउनुभयो । “वीरगंज केबल औद्योगिक र व्यापारिक सहर मात्रै होइन । वीरगंजमा भोजपुरी कला संस्कृतिको धरोहरको रुपमा रहेका ऐतिहासिक तथा धार्मिक स्थल रहेका छन् । प्रचारप्रसारको अभावमा सबैलाई बुझाउन सकिरहेका छैनौँ,” नगरप्रमुख सिंहले भन्नुभयो,“अब हामीले स्वदेशी तथा विदेशी पर्यटकलाई वीरगंजको वैभवको रुपमा रहेका धार्मिक स्थल तथा अन्य कला संस्कृति देखाएर पर्यटकको बसाई बढाउने प्रयास गरिरहेका छौँ ।”

महानगरकै अगुवाइमा गत चैत २९ देखि वैशाख १ गतेसम्म वीरगंजको आदर्शनगरमा रात्रिबजार कार्यक्रमसमेत आयोजना गरिएको थियो । महानगरका अनुसार विगतको तुलनामा अहिले वीरगंजका सडक तथा धार्मिकस्थल सफा र सुग्घर भएकाले पनि पर्यटकको बसाइलाई अझै सहज र मनमोहक बनाउने कोसिस भइरहेको छ । रात्रिकालीन समयमा वीरगंजका अधिकांश ऐतिहासिक तथा धार्मिकस्थल स्ट्रिप (रङ्गीचङ्गी लाइट) तथा स्ट्रिटलाइटले रङ्गीन र झिलीमिली पनि बनाइरहेका छन् । वीरगंजको घण्टाघर, शङ्कराचार्यगेट, गहवामाई मन्दिर, गीता मन्दिर, रामजानकी मन्दिर, पशुपतिनाथ मन्दिर मुख्य आकर्षणको केन्द्रविन्दु रहेका छन् ।

नगरप्रमुख सिंहले वीरगंजलाई धार्मिक पर्यटकीयस्थलको गन्तव्य बनाउन सक्रिय भएर लागेको बताउनुभएको छ । “वीरगंजमा गहवामाई मन्दिरको मात्रै प्रचारप्रसार भएको छ,” उहाँले भन्नुभयो, ‘गहवामाईको छ दिदिबहिनीहरूको शक्तिपीठको कुनै प्रचारप्रसार हुन सकिरहेको छैन । त्यसैले महानगरले धार्मिक पर्यटकीयस्थलको रूपमा अघि बढाउन खोजिरहेको छ ।” वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष सुवोधकुमार गुप्ता वीरगंजलाई औद्योगिक पर्यटन क्षेत्रको रूपमा विस्तार गर्न आवश्यक रहेको बताउनुहुन्छ ।

“नेपालका अन्य सहरले प्राकृतिक सौन्दर्यतालाई देखाएर पर्यटकलाई आकर्षित गर्दै आइरहेका छन् । तर, हामीले वीरगंजलाई औद्योगिक तथा शैक्षिक हबको रुपमा पर्यटन क्षेत्रको विकास गर्न सके धेरै फाइदा लिन सक्नेछ”, उहाँले भन्नुभयो, “औद्योगिक गतिविधिसँगसँगै पर्यटन क्षेत्रको पनि विकास गरेर अर्थोपार्जनमा टेवा पुर्याउन सकिन्छ ।” पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले पनि बारा र पर्सा जिल्लाले संयुक्त रूपमा पर्यटन क्षेत्रको प्रवर्द्धनात्मक कार्यक्रम अघि बढाउनुपर्ने बताउनुहुन्छ । “बारा र पर्सामा पर्यटकीय सम्भावना भएका क्षेत्र धेरै छन् । तर, हामीले पर्यटकलाई आकर्षित गर्न भने चुकिरहेका छौँ”, उहाँले भन्नुभयो, “अब प्याकेज नै बनाएर नै यी दुई जिल्लाको पर्यटन उकास्ने काम गर्न जरुरी भएको छ ।”

सूचना अधिकारी भगतले निकुञ्ज क्षेत्रमा पर्यटकलाई आर्कषित गर्ने खालका पूर्वाधारमा निर्माणमा निजी क्षेत्र पनि अग्रसर हुने बेला आएको बताउनुभयो । “चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या निकै ठूलो छ । तर यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या ज्यादै न्यून छ । यहाँका पर्यटन व्यवसायीले पूर्वाधारको साथसाथै प्रचारप्रसारमा समेत ध्यान दिन जरुरी भइसकेको छ”, उहाँले भन्नुभयो, “पर्यटक क्षेत्रले एकैपटक प्रतिफल दिने काम गर्दैन । त्यसमा पर्यटकमैत्री पूर्वाधार र आतिथ्य सत्कारमा पनि उत्तिकै ध्यान दिन आवश्यक देखिन्छ ।”

काठमाडौँबाट सिमरामा नियमितरूपमा हवाई सेवा सञ्चालन हुँदै आइरहेको छ । पर्यटन व्यवसायीले दुई दिनको प्याकेज बनाएर पर्सा राष्ट्रिय निकुञ्ज, गढीमाई मन्दिर र वीरगंज आसपासका क्षेत्रलाई गन्तव्यको रूपमा विकास गर्न सके यहाँको पर्यटन क्षेत्रले पनि फड्को मार्ने थियो । पर्सा निकुञ्जमा बाघ, हात्ती, गैँडा, गौरीगाई तथा विभिन्न प्रकारका चराचुरुङ्गीको अवलोकन गर्न सकिन्छ । निकुञ्जका सूचना अधिकारी भगतले विदेशी पर्यटकलाई लक्षित गरेर पर्यटकीयस्थलको प्याकेज तथा अनलाइन बुकिङको सुविधा दिएर पनि पर्यटकलाई लोभ्याउनुपर्ने बताउनुहुन्छ । वीरगंजको पर्यटन आन्तरिक तथा भारतीय पर्यटककै भरमा चल्दै आइरहेको छ । आन्तरिक र भारतीयबाहेक अन्य मुलुकका पर्यटक यहाँ नगण्य मात्रै आउने गरेका छन् ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका महासचिव बस्नेतले वीरगंजको नाका हुँदै मासिक १० हजारभन्दा धेरै भारतीय पर्यटक भित्रिने गरेको बताउनुहुन्छ । “रक्सौल नाका हुँदै मासिक १० हजारभन्दा धेरै भारतीय पर्यटक भित्रिने गर्छन् । तर, उनीहरुलाई वीरगंज आसपास क्षेत्रमा अड्याउन अझै पनि सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो, “आपसी समन्वयको अभाव हुँदा पनि भारतीय पर्यटक वीरगंजमा केबल ब्रेकफास्ट तथा फ्रेस हुनमात्रै बस्ने अवस्था छ । हामीले कसरी हुन्छ एक(दुई रात भए पनि यहीँ बस्ने वातावरण बनाउनुपर्ने जरुरी भइसकेको छ ।”

महासचिव बस्नेतले प्रहरीको अनावश्यक जाँचका कारणले पनि भारतीय पर्यटकले आउन आनाकानी गर्दै आइरहेको गुनासो गर्नुभयो । “भारतको बिहार राज्यमा मदिराजन्य पदार्थको प्रतिबन्ध लगाइएको छ । त्यसैले पनि केही भारतीय पर्यटक वीरगंजमा रमाइलो गर्न आउने गर्छन् । भारतीय पर्यटकलाई भारु २५ हजार मात्रै ल्याउन पाउने प्रावधानले पनि हैरानी दिएको छ । त्यसैमा बेलाबखत प्रहरीको अनावश्यक जाँच (चेकिङ)ले पनि समस्या पार्ने गरेको छ ।” गढीमाई, सिम्रनगढ, पर्सा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा पर्यटकीय गन्तव्यको रूपमा विकास गरेर पर्यटकको बसाइ लम्ब्याउनुपर्ने देखिएको छ ।

नगरप्रमुख सिंहले एक सय ३५ वर्ष पुरानो ऐतिहासिक नृसिंह मन्दिरको जीणर्ोद्धारको प्रक्रिया अघि बढाइएको बताउनुभयो । “हामीमाझ एक सय ३५ वर्ष पुरानो नृसिंहको मन्दिर छ । महानगरले पुरातत्व विभागसँग समन्वय गरेर मन्दिरको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार पारिसकेको छ”, उहाँले भन्नुभयो, “मन्दिरको जीणर्ोद्धारका लागि आवश्यक बजेट प्रदेश तथा सङ्घीय सरकारसँग माग गरिरहेका छौँ ।” रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि