Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

फोटोकपी पसलको आवरणमा सट्टेबाजी, २ वर्षमै ४ करोड कमाएपछि अनुसन्धान, तीनजना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ४, २०८१
फोटोकपी पसलको आवरणमा सट्टेबाजी, २ वर्षमै ४ करोड कमाएपछि अनुसन्धान, तीनजना पक्राउ

मलंगवा (सर्लाही), ४ वैशाख । सट्टेबाजी गराएर २ वर्षमै ४ करोड कमाइ गरेको देखिएपछि सर्लाहीका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये मलंगवा नगरपालिका-९ का ३१ वर्षीय सञ्जयकुमार साहलाई प्रहरीले सट्टेबाजी धन्दाको मुख्य एजेन्ट भनेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सर्लाहीबाट पक्राउ गरेर ल्याएको छ । अनुसन्धानका क्रममा साहको निर्देशनअनुसार काम गरेको देखिएको भन्दै प्रहरीले मलंगवा नगरपालिका-९ कै १९ वर्षीय रामजी साह र मलंगवा-१० का ३० वर्षका राकेश चौधरीलाई पनि पक्राउ गरेको छ ।

रामजी सञ्जयकै पसलमा काम गर्ने व्यक्ति रहेको खुलेको छ राकेश भने सट्टेबाजीको धन्दामा सहयोगीको रुपमा भूमिकामा रहेको प्रहरीको भनाइ छ । सञ्जय भने सट्टेबाजी गराउने विभिन्न गिरोहको नेपालस्थित मुख्य एजेन्ट रहेको प्रहरीले जनाएको छ । सञ्जयमार्फत पछिल्लो दुई वर्षमा सट्टेबाजीको ५७ करोड ४१ लाख ५७ हजार १४७ रुपैयाँको कारोबार भएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । सट्टेबाजीको रकम क्रिप्टो (भर्चुअल मुद्रा) मार्फत भुक्तानी हुने गरेको देखिएको छ । सञ्जय वान एक्स बेटिङका नेपाली एजेन्ट रहेको खुलेको छ ।

सञ्जयले सट्टेबाजी गराउनुका साथै क्रिप्टो करेन्सीको समेत कारोबार गरेको देखिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए । प्रहरीका अनुसार दुई वर्ष अघिसम्म सञ्जयको आर्थिक अवस्था सामान्य थियो । तर अहिले सर्लाहीको सदरमुकाम सदरमुकाममा घर-घडेरी जोडेका छन् । सञ्जयको मलंगवामा लक्ष्मी फोटोकपी सेन्टर, लक्ष्मी मोबाइल स्टोर र जनता गार्मेन्ट नामको पसल छ । तर यी पसलको आवरणमा भित्री रुपमा सट्टेबाजी गराएर धेरै रकम कमाएको देखिएको अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत डीएसपी किरण न्यौपानेले बताए ।

लक्ष्मी कम्युनिकेशन एण्ड फोटोकपी सेन्टरमार्फत सञ्जयले सीमकार्ड समेत बेच्दै आएका थिए । सीमकार्ड किन्न विभिन्न व्यक्तिले पेश गरेको कागजात दुरुपयोग गरेर सञ्जयले बैंक खाता खोल्नेदेखि सट्टेबाजीको एकाउन्ट खोल्ने र सट्टेबाजी गराउने गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले सञ्जयको साथबाट २१ वटा मोबाइल बरामद गरेको छ । सञ्जयले ९८ वटा बैंक खाता खोलेर कनेक्ट आईपीएसमा कनेक्ट गरी कारोबार गरेको भेटिएको थियो । अहिलेसम्म उनले ५७ करोड ४१ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको देखिएको छ ।

नेपाली एजेन्ट बनेर सट्टेबाजी गराए वापत उनले ७ प्रतिशत कमिसन लिने गरेको पाइएको प्रहरीको भनाइ छ । आफूले बुझेको ७ प्रतिशतबाट २ प्रतिशत रकम भने सट्टेबाजीका लागि आफ्नो टेलिफोन नम्बरको विज्ञापन गरिदिएवापत वान एक्स बेटको डिस्प्ले एजेन्टलाई बुझाउने गरेको खुलेको छ । उनले गरेको कारोबारको ५ प्रतिशत कमिसन हिसाब गर्दा ४ करोड रुपैयाँ आफूले लिएको देखिएको एक अनुसन्धान अधिकृतले बताए । उनले एक महिनाअघि मात्रै सदरमुकाम मलंगवामा श्रीमतीको नाममा ६३ लाखमा घडेरी किनेको खुलेको छ । मलंगवामै २३ लाखमा घर पनि खरिद गरेको देखिएको छ ।

पक्राउ परेकाहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत दफा १२५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ । साभार : अनलाइनखबर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पकाहामैनपुर गाउँपालिकाले ल्यायो ३५ करोड २४ लाखको बजेट, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता

पकाहामैनपुर गाउँपालिकाले ल्यायो ३५ करोड २४ लाखको बजेट, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता

असार ११, २०८३
पोखरिया नगरपालिकाले ल्यायो ४८ करोड ५१ लाखको बजेट, स्वास्थ्यदेखि पूर्वाधार विकास प्राथमिकतामा

पोखरिया नगरपालिकाले ल्यायो ४८ करोड ५१ लाखको बजेट, स्वास्थ्यदेखि पूर्वाधार विकास प्राथमिकतामा

असार ११, २०८३
मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

असार १०, २०८३
देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

असार १०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि