Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तराईमा चैती छठ पर्व धुमधामका साथ मनाइँदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २, २०८१
तराईमा चैती छठ पर्व धुमधामका साथ मनाइँदै

वीरगंज (पर्सा), २ वैशाख । तराई मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने चैती छठ पर्व तराईका जिल्लाहरूमा आइतबार धुमधामका साथ मनाइँदैछ । छठ पर्वको मुख्य दिन दिन आज आइतबार साँझ ब्रतालुहरुले अस्ताउँदो सुर्य र छठी मातालाइ अर्घ दिएर छठी माताको पूजा गरि रहेका छन् । तराईमा छठ पर्ब कार्तिक र चैत शुक्ल पक्षमा गरी वर्षमा दुई पटक मनाइने गरिन्छ ।

चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको तेश्रो दिन (आज आइतबार) अर्थात षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ । छठको मुख्य दिन आज आइतबार साँझ ब्रतालुहरुले नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर अस्ताउँदो सुर्य र छठी मातालाइ अर्घ दिएर छठ पर्व मनाइरहेका छन् ।

सुर्य भगवान र छठी मातालाइ पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ । छठ पर्वमा व्रत बसी सुर्य भगवान र छठी माताको पुजा गरेमा पारिवारीक सुख, समृद्धि, पुत्र प्राप्ती र मनोकामना पुरा हुने धार्मीक विश्वास रहेको छ ।

शुक्रबारदेखि शुरु भएको छठ पर्व सोमबार बिहान उदाउँदो सुर्यलाई अर्घ दिएर पुजापाठ गरेपछि चैती छठ पर्ब विधिवत रुपमा समापन हुनेछ । चैते छठका लागि वीरगंजको घडिअर्वा पोखरी, रानीघाट, नगवा, मुर्ली, छपकैया, इनर्वा लगायतका स्थानमा रहेका जलाशयलाई छठीघाटको रुपमा सरसफाइ गर्नुका साथै सिँगारिएको छ ।

चैती छठ तराई मधेशमा मनाउने चलन भएपनि पछिल्ला वर्षमा अन्य क्षेत्रमा पनि यसको महत्व बढ्दै गएको छ । चार दिनसम्म विधिवतरूपमा मनाइने यो पर्वको पहिलो दिन तृतीया तिथिलाई नुहाएर चोखो भई शुद्ध खाना खाइन्छ, जसलाई नहाय खान पनि भनिन्छ । दोश्रो दिन खरना विधि हुन्छ भने तेश्रो दिन साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिइने गरिन्छ । त्यसको भोलिपल्ट चौथो दिन उदाउँदो सुर्यलाई अर्घ दिएर चैते छठ सम्पन्न गरिने परम्परा छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

ठगी कसुरको मुद्दामा फरार हरिनारायण रौनियारसहित चारजनालाई पक्राउ गर्न पत्राचार

भदौ ११, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

दुई नाबालकको शंकास्पद मृत्युः सौतेनी आमा प्रहरीको नियन्त्रणमा

भदौ ११, २०८३
अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

भदौ ११, २०८३
रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

भदौ ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि