Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरकारको गलत नीतिको कारण भारतीय पर्यटक खुलेर खर्च गर्न सकेनन्, पर्यटन क्षेत्र प्रभावित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ३०, २०८०
सरकारको गलत नीतिको कारण भारतीय पर्यटक खुलेर खर्च गर्न सकेनन्, पर्यटन क्षेत्र  प्रभावित

वीरगंज (पर्सा), ३० चैत । स्थलमार्ग भइ नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले भारु २५ हजार मात्रै ल्याउन पाउने नियमले सीमावर्ती जिल्लाका पर्यटन क्षेत्र प्रभावित भएको छ । बारा, पर्सा जिल्लामा भारतीय पर्यटक लक्षित क्यासिनोसहितका सानाठूला दुई दर्जन होटल सञ्चालनमा छन् । तर भारतीय पर्यटकले साथमा भारु २५ हजारभन्दा धेरै नगद बोक्न नपाइने नेपाल राष्ट्रबैंकको नियम छ । जसका कारण पर्यटकले खुलेर खर्च गर्न नपाएको व्यवसायीको गुनासो छ । नेपाल उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले सरकारको गलत नीतिले भारतीय पर्यटकले खुलेर खर्च गर्ने वातावरण नबनेको गुनासो गरे ।

“हामी नेपालमा पर्यटक भित्र्याउने भनिरहेका छौँ । तर भारतीय पर्यटकलाई भारु २५ हजारभन्दा धेरै रकम बोक्न नपाइने नियमले पयर्टन क्षेत्रको विकासमा अवरोध पुगेको छ”, उनले भने, “सरकारले तत्काल यो नियम पुनःविचार गनुपर्र्छ ।” वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष सुबोधकुमार गुप्ताले यो प्रावधान खुकुलो बनाउनुपर्ने बताए । “पक्कै भारु २५ हजार मात्रै ल्याउन पाउने नियमले केही जटिलता छ ।” उनले भने, “पैसा ल्याउन पाउने सीमा बढाएर अन्तरदेशीय भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न आवश्यक छ ।” उनले बारा र पर्सामा औद्योगिक, धार्मिक र शैक्षिक पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए । “बारा/पर्सा जिल्लामा विदेशी उत्पादन कम्पनीका सप्लायर्सको बाक्लो उपस्थिति छ । त्यसलाई हामीले औद्योगिक पर्यटनका रुपमा विकास गर्नुपर्छ”, उनले भने, “हामीले यहाँ शैक्षिक र धार्मिक पर्यटनको समेत विकास गर्नुपर्छ ।”

अध्यागमन विभागका अनुसार सन् २०२३ मा नेपालमा हवाईमार्गबाट १० लाख १४ हजार आठ सय ८६ पर्यटक नेपाल आएका थिए । घुम्न आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । भारतबाट तीन लाख १९ हजार नौ सय ३६ जना आएका थिए । सन् २०२४ को मार्च महिनामा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल भित्रिएका छन् । ती मध्ये भारतीय पर्यटकको सङ्ख्या ३० हजार छ सय ९८ रहेको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटकको सङ्ख्या ठूलो भएपनि तथ्याङ्क राख्ने गरिएको छैन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछाने बिहीबार वीरगंजमा आयोजित एक कार्यक्रममा पर्यटकलाई ठाउँठाउँमा चेकिङका नाममा दुव्र्यवहार नगर्न निर्देशन दिएका थिए ।

“पर्यटकलाई एक ठाउँमा सुरक्षित ढङ्गले जाँच गर्नुस्, त्यसपछि पर्यटकलाई निर्वाधरुपमा आफ्नो क्रियाकलाप गर्ने वातावरण सिर्जना गरिदिनुस्”, उनले भने, “पर्यटकलाई गल्ली पिच्छे, मोडपिच्छे र होटल पिच्छे जाँच गरेर दुःख नदिनुस, त्यसो गर्नु भनेको दुव्र्यवहार गर्नु हो ।” गृहमन्त्री लामिछानेले भारतीय पर्यटकले भारु २५ हजार ल्याउन पाउने विषयमा सरकारले कूटनीतिक ढङ्गबाट आवश्यक समन्वय गर्ने बताए । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि