Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेशमा भारतीय वीमा कम्पनी हाबी, यहाँका नागरिक नेपाली वीमा कम्पनीको पहुँचबाट बाहिर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २९, २०८०
मधेशमा भारतीय वीमा कम्पनी हाबी, यहाँका नागरिक नेपाली वीमा कम्पनीको पहुँचबाट बाहिर

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २९ चैत । मधेश प्रदेशमा भारतीय वीमा कम्पनी हाबी रहेकोले सर्वसाधारणहरु नेपाली वीमा कम्पनीको पहुँच भन्दा बाहिर रहेको सञ्चारकर्मीहरुले बताएका छन् । नेपाल वीमा प्राद्यिकरणले वीरगंजमा आयोजना गरेको बारा, पर्सा तथा रौतहटका सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागी सञ्चारकर्मीहरुले मधेश प्रदेशका जिल्लाहरुमा विदेशी वीमा कम्पनी हावी रहेकै कारण नेपाली वीमा कम्पनी यहँको नागरिकको पहुँचभन्दा टाँढा रहेको बताएका हुन् ।

वीमा प्राद्यिकरणको तथ्याँक अनुसार मधेश प्रदेशमा जनसंख्या बढि रहेपनि ९० प्रतिशतभन्दा बढि नागरिकहरु वीमाको पहुँच भन्दा बाहिर छन् । मुलुक भरिमा ४४ प्रतिशत नागरिक वीमाको पहुँचसम्म रहेतापनि मधेश प्रदेशमा ९ प्रतिशत नागरिक मात्रै वीमाको पहुँचमा रहेको तथ्याँकले देखाएको छ । यथार्थमा तथ्याँकले यही देखाएपनि मधेश प्रदेशका ५० प्रतिशत भन्दा बढि नागरिकहरु भारतीय वीमा कम्पनीको पहुँचमा रहेको सञ्चारकर्मीको भनाई छ ।

मधेश प्रदेशमा भारतीय वीमा कम्पनी हावी रहेकै कारण नेपाली वीमा कम्पनीको पहुँचसम्म पुग्न नसकेको उनीहरुको भनाई छ । मधेश प्रदेशका जिल्लाहरु नेपाल भारत सीमावर्ती नाकामा पर्ने गरेको कारण यहाँका नागरिकहरु नेपाली भन्दा पनि भारतीय वीमा कम्पनीको पहुँचमा छन् । भारतीय वीमा कम्पनीमा वीमा गराएका ७० प्रतिशतभन्दा बढि नागरिकहरुले आफ्नो वीमाको रकम नपाएको कारण वीमा कम्पनीबाट विश्वास गुमेको उनीहरुको भनाई छ । यो विश्वासलाई पुनः कायम गर्न नेपाली वीमा कम्पनीले बढिभन्दा बढि जनचेतना फैलाउन आवश्यक रहेको सहभागी सञ्चारकर्मीहरुको भनाई छ ।

मधेश प्रदेशमा अधिकाँश नागरिकहरु कृषिमा निर्भर रहेको कारण कृषि वीमा वृद्धि गर्नुपर्ने सञ्चारकर्मीहरुले सुझाव दिएका छन् । कृषि वीमामा नेपाल सरकारले दिने गरेको अनुदान एवं त्यसबाट हुने फाइँदा, सहुलितबारे यहाँका नागरिकहरुलाई जानकारी गराई कृषि वीमातर्फ आकर्षित गर्नुपर्ने उनीहरुले सुझाव दिएका हुन् । जीवन वीमाबारे आमनागरिकसम्म जनचेतना फैलाउन सञ्चारमाध्यमको महत्वपूणर् भूमिका रहेकोले वीमा कम्पनी र सञ्चारकर्मीबीचको समन्वयको आवश्यक रहेकोले वीमाबारे प्रचार प्रसारको निम्ति सञ्चारकर्मीहरुको प्रोत्साहनको लागि पुरस्कारको व्यवस्था गर्नुपर्ने सञ्चारकर्मीहरुको भनाई छ ।

अर्कोतर्फ वीमा कम्पनीहरु मधेश प्रदेशका सहरी क्षेत्रमा मात्रै कायम रहेको कारण पनि सम्पूर्ण नागरिकहरु वीमाबाट बञ्चित रहेको सहभागी सञ्चारकर्मीहरुको भनाई छ । वीरगंज आर्थिक नगरी भएको कारण यहाँ निर्जीवन वीमा सक्रिय रहेतापनि जीवन वीमा कम्पनी सर्वसाधारणको पहुँचसम्म पुग्न नसकेको उनीहरुको भनाई छ । वीमा कम्पनीहरु सहरी क्षेत्रभन्दा बाहिर ग्रामीण क्षेत्रका आम नागरिकहरुलाई जीवन वीमाको उद्देश्य, फाइदा, वित्तिय सुरक्षा लगायतको बारेमा जनचेतना फैलाई वीमाको पहुँचसम्म ल्याउनुपर्ने उनीहरुको भनाई छ ।

कार्यक्रममा सञ्चारकर्मीहरुबाट उठेको जिज्ञासाको जवाफ दिदै नेपाल वीमा प्राद्यिकरणका निर्देशक दिनेश कुमार लालले वीमाबारे सर्वसाधारणहरुमा जनचेतनाको कमि रहेको बताउँदै धेरै भन्दा धेरै प्रचार प्रसारको आवश्यकता रहेको बताएका छन् । उनले मधेश प्रदेशका सम्पूर्ण नागरिकसम्म वीमाको पहुँच पुर्‍याउन जनचेतना आवश्यक रहेको बताए । उनले मुलुकको ७ प्रदेशमध्ये सबैभन्दा बढि मधेश प्रदेशका नागरिकहरु बीमाको पहुँचभन्दा बाहिर रहेकोले यो अवस्थालाई न्यूनीकरण गर्न एवं जनचेतना फैलाउन सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहेकोले यस कार्यमा सहयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल वीमा प्राद्यिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले वीमा कम्पनीको उद्देश्य, महत्व एवं आवश्यकताबारे औँल्याएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, बाराका अध्यक्ष रेशम तिवारी लगायत बारा, पर्साका सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमलाई नेपाल वीमा प्राद्यिकरण मधेश प्रदेश कार्यालय वीरगंजकी उप-निर्देशक कुसुम शर्माले संचालन गरेकी थिइन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि