Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जैनुद्दिन सुपुत्र शाहनवाजलाई थुनामा नराख्न मेडिकल कलेजको प्रपञ्च, प्रहरीलाई गुमराह गर्ने प्रयास

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २७, २०८०
जैनुद्दिन सुपुत्र शाहनवाजलाई थुनामा नराख्न मेडिकल कलेजको प्रपञ्च, प्रहरीलाई गुमराह गर्ने प्रयास

वीरगंज (पर्सा), २७ चैत । म्याद गुज्रिएको केमिकल र औषधी प्रयोग प्रकरणमा पक्राउ परेका डा. जैनुद्दिन अन्सारीका सुपुत्र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीलाई बचाउन कलेज प्रशासन कम्मर कसेर लागेको छ । शुरुमा पक्राउ परेका कलेजका एमडी एवं ल्याब प्रमुखलाई थुनामा जानबाट बचाउन कलेजका प्रशासक शेखचान्द ताराले बिरामीको नाटक गर्न लगाएका थिए । उनीहरुको नौटकी अनुसार राती नै छातीमा दर्द र व्लड प्रेसर हाई भएको भन्दै दुवै जनालाई प्रहरीले नारायणी अस्पताल पुर्‍याएको थियो । पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बिरामी भए नारायाण अस्पतालमै भर्ना गर्न निर्देशन दिएका थिए तर उनका आफन्तहरु नारायणी अस्पतालमा उचार सम्भव नहुने भन्दै नेशनल मेडिकल कलेजमै लैजान दबाब दिदै आएका थिए । तर पर्सा प्रहरीले नमानेपछि राती नै नारायणी अस्पताल भर्ना रेफर गराएर ब्योधा अस्पतालमा पुर्‍याएका थिए ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेण्ड डा. चितरञ्जन साहसँग बुझ्दा राती समान्य रक्त चाप रहेको तथा भर्ना गर्ने स्थिती समेत रहेको पत्रकारहरुलाई प्रतिक्रिया दिएका थिए । तर त्यसको बिपरित मेसु साहकै निर्देशनमा नारायणी अस्पताल प्रशासनले रेफर गर्दा छातीमा पेन रहेको भन्दै आईसियूमा भर्ना गर्नु पर्ने लेखेर रेफर गरेको थियो । जसबाट स्पष्ट हुन्छ कि कानुनलाई कमजोर गर्न नारायणी अस्पतालले झुठो बिवरण बनाएको थियो । समान्य बिरामीलाई आईस्युमा भर्ना गर्न मेसु साहलाई कसको दवाव थियो ? त्यो खुल्न बाँकी छ । नारयाणी अस्पतालको डक्टरहरुकै सल्लाह अनुसार प्रहरीले नेशनल मेडिकल अस्पतालमा लैजान नदिएपछि बीरगंजको ब्योधा अस्पातलको आईसियू कक्षमा भर्ना गरिएको थियो । तर स्रोतका अनुसार ब्योधाले पनि राम्रो उपचार दिन नसेकेपछि राती १ बजे तिर पुनः परिवारका सदस्यहरुले एमडी अंसारीलाई नेशनल मेडिकल कलेजमै लैजान कसर गरेका थिए । पर्सा प्रहरीकै निर्देशन अनुसार प्रहरीले अर्को अस्पताललाई विकल्पको रुपमा राती १ः३० बजे बयोधा अस्पतालबाट गण्डक स्थित बीरगंज हेल्थ केयरमा सिफ्ट गरिएको थियो ।

अस्पताल श्रोत तथा उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनलाई शुरुमा उच्च रक्तचाप तथा छातीमा दुखाई रहेकोमा बिहानसम्म हल्का डाईरिया र ज्वरो पनि देखिएको छ । घटनाबारे प्रहरीले पनि सही प्रतिक्रिया दिन चाहेका छैन् । दोषी देखिए कानुनी कारवाही गर्ने हिसावमा पर्सा प्रहरी काम गरी रहेको तथा कसैको दवावमा नपर्ने प्रतिक्रिया पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले दिएपनि थुनामा राख्नु पर्ने व्यक्तिलाई झुठा बिवरण बनाई प्रहरीले नै अस्पताल भर्ना गराउन सहयोग गरेको हो कि ? भन्ने अंशकाहरु उब्जिएको छ । अर्को तर्फ छातीको दुखाई डाईरिया र ज्वरोमा कसरी रातभरीमा परिवर्तन भयो गम्भीर प्रश्न उब्जिएको छ । स्रोतलाई हवाला दिने हो भने एमडी अन्सारीलाई कुनै बिमारी नरहेको तथा उनका बुवा डा. जैनुद्दिन अन्सारीको प्रभाव र दवावमा प्रहरी प्रशासन एवं राजनीतिक दलका प्रतिनिधिहरु काम गरि रहेका छन् । सानालाई ऐन र ठूलालाई चैन पुरानै शैलीमा पर्सा प्रहरीको कार्यशैली रहेको सर्वसाधारणको बुझाई छ ।

एमडी अन्सारीले एका तर्फ बिरामीको नाटक गरी रहेका छन् भने अर्को तर्फ प्रहरी प्रशासन एवं अनुगमन टोलीले गरेको कामको प्रेस बिज्ञप्ती निकालेर बिरोध गरी रहेका छन् । कलेज प्रशासनले मंगवार बिहान एक प्रेस बिज्ञप्ति प्रकाशित गरि अनुगमन टोलीले द्वेषपूणर् एवं पूर्वाग्राही भएर काम गरेको भन्दै अनुगमन तथा अनुसन्धानमा देखिएका सम्पूणर् कुराहरुलाई खारेज गरेको थियो भने दिउँसो अस्पतालका स्वास्थ्यकर्मीले एमडीलाई रिहा गर्नु भन्दै जिल्ला प्रहरी कार्यालय पर्साको मुलगेट अगाडी प्रदर्शन गरेका थिए । एमडी होस् अथवा सर्वसाधारण जो कोहीको लागि कानून बराबर छ, यदि उनी दोषी छैनन् भने अनुसन्धान पश्चात फर्कनेनै छन् तर दोषी भएर पनि पैसाका आडमा उनलाई निर्दोष प्रमाणित गर्न अस्पताल प्रशासन पूणर् रुपमा लागि परेको छ ।

उत्ता अस्पतालका एमडी अन्सारी बेडमा आराम गर्ने बहानामा दिनभरी मोबाई खेलाई रहेका छन् भने आफ्न्तहरुसँग कुराकानी गर्न व्यस्थ छन् । आईसियूमा भर्ना भएको कारण हतपती कसैलाई चिकित्सकहरुले प्रवेश दिदैनन् । तर एमडी अन्सारीको कक्षमा भने त्यस्तो कुनै प्रोटोकल अपनाइएको छैन् । उनलाई गेष्टहाउसमा पाईने सुबिधा दिइएको छ । उनी दिनभरी आफन्तलाई भेटन र कुराकानी गर्नमै व्यस्थ छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि