Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

धोबिनीका प्रमुख प्रशासकीय अधिकृत साहमाथि जनप्रतिनिधिबाट कुटपिट, छातीमा गम्भिर चोट

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २०, २०८०
धोबिनीका प्रमुख प्रशासकीय अधिकृत साहमाथि जनप्रतिनिधिबाट कुटपिट, छातीमा गम्भिर चोट

वीरगंज (पर्सा), २० चैत । पर्साको धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार साहलाई जनप्रतिनिधिले कुटपिट गरेका छन् । सोही पालिकाका जनप्रतिनिधिले कुटपिट गरेपछि अधिृकत घाइते भएका छन् । गाउँपालिका कार्यालयमा नै प्रमुख प्रशासकीय अधिकृत साहलाई गाउँ कार्यपालिका सदस्य दिनेश प्रसाद कलवारले अध्यक्षको नेम प्यलेटले हिर्काउनुको साथै कुटपिट समेत गरेको कर्मचारीहरुले वताएका छन् । जनप्रतिनिधिको कुटपिटबाट अधिकृत साहको छातीमा गम्भिर चोटपटक लागेको छ भने कुटपिट गर्ने गाउँ कार्यपालिका सदस्य कलवारलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

कर्मचारीहरुका अनुसार मंगलबार दिउँसै कार्यालय समयमा नै गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले प्रमुख प्रशासकिय अधिकृत साहलाई आफ्नो कार्यकक्षमा बोलाएका थिए । सोही बखत उनकै कार्यकक्षमा बसेका गाउँ कार्यपालिका सदस्य कलवारले गाली गलौज गर्दै एक्कासी निजको कलर घाँटी समाती उनले लगाएको लुगा सर्ट च्याती लछारपछार गरी अन्धाधुन्ध मुक्का प्रहार गर्नुका साथै काठ सहितको फलामले बनाइएको नेम प्लेटबाट हिर्काएका थिए । प्रमुख प्रशासकीय अधिकृत साह धोबिनी गाउँपालिका कार्यालयमा हाजिर भएदेखि नै कार्यपालिका सदस्य दिनानाथ भन्ने दिनेश प्रसादले पटक पटक सानो तिनो कुरामा विवाद श्रृजना गरि कार्यालयबाट गर्न नहुने गैर कानुनी भुक्तानी गर्न दबाब दिदै आएको र बारम्बार अभद्र व्यवहार गर्दै आएको कर्मचारीहरुको भनाई छ ।

अधिकृत साहमाथि जनप्रतिनिधिबाट नै भएको दुव्र्यवहार तथा कुटपिट घटनाको गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु घोर भत्र्सना समेत गरेका छन् । गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले संयुक्त रुपमा मंगलबारनै प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई तुरुन्त कडाभन्दा कडा कारवाहीको माग गरेका छन् । कर्मचारीहरुले दोषीमाथि कारवाही नभएसम्म गाँउपालिका अन्तर्गतको आकस्मिक सेवा वाहेकका सम्पूर्ण सेवा ठप्प गर्ने घोषणा समेत गरेका छन् । पीडित साहले मंगलबार नै दोषीमाथि कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी समेत दिएका छन् ।

यता घटनाबारे जिल्लाका कर्मचारीहरुको एक समुहले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद भुसालसँग भेटेर घटनाबारे जानकारी समेत गराएको छ । दोषीमाथि कारवाही नभए जिल्लाका सम्पूर्ण कार्यालयको कामकाज समेत बन्द गर्ने उनीहरुको चेतावनी छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

गरिमा हत्या प्रकरणः प्रहरीको कमजोरी छानविनका लागि समिति गठन

भदौ ९, २०८३
वीचिकालिको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलद्वारा कारखानाको निरीक्षण

वीचिकालिको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलद्वारा कारखानाको निरीक्षण

भदौ ९, २०८३
पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

खोला किनारमा ५० वर्षीय महिलाको शव फेला

भदौ ९, २०८३
पर्सामा करेन्ट लागेर दुईको मृत्यु

मृत अवस्थामा फेला परेको युवकको ट्याक्टरले किचेर मृत्यु भएको पुष्टि

भदौ ९, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि