Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा रास्वपा पर्सा जसपा नेपाल पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कल बाइपास गरि नेटवर्किङ्ग धन्दा मार्फत नेपाली तथा विदेशीलाई ठग्ने तीनजना चिनियाँ पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १८, २०८०
कल बाइपास गरि नेटवर्किङ्ग धन्दा मार्फत नेपाली तथा विदेशीलाई ठग्ने तीनजना चिनियाँ पक्राउ

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १८ चैत । वीरगंजमा अवैध तरिकाले कल बाइपास गरि नेटवर्किङ्ग धन्दा चलाउने तीनजना चिनियाँ नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाइनाको हुनान बस्ने ३३ वर्षीय लिउ गुई काई, चाइनाको हुबेई बस्ने २६ वर्षीय वाङ्ग बोहान र सोही ठाउँ बस्ने ३६ वर्षीय स्याङ्ग स्यो रहेका छन् ।

निजहरुले वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवा स्थित एक घरमा अवैध तरिकाले कल सेन्टर संचालन गरि नेटवर्किङ्ग धन्दा चलाई नेपाली लगायत विभिन्न देशका व्यक्तिहरुलाई ठगी गरि रहेको आरोपमा पर्सा प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलको नेतृत्वमा खटिएको टोलीले आइतबार साँझ ति घरमा छापामारी गरि निजहरुलाई नियन्त्रणमा लिएको हो भने उनीहरुको साथबाटै ठुलै संख्यामा कम्प्यटुर, मोबाइल, सिसिटिभि जस्ता इलेक्ट्रोनिक्स सामानहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

उनीहरुले अनलाइन लट्री, अनलाइन सपिङ्ग जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई नेपाली तथा विदेशी नागरिकहरुलाई ठगी गरि रहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको इन्टिलिजेन्स टिमबाट त्यस्ता गतिविधि निगरानी गर्ने क्रममा चैत १७ गते अन्दाजी करिब ३ बजेको समयमा लक्ष्मणवा स्थित नन्दु पटेलको घरमा कानूनी रीतपुर्‍याई खानतलासी गर्दा ठूलै परिमाणमा कम्प्यटुर डेक्सटप, ल्यापटप, मोबाइल जस्ता विद्युतीय उपकरणहरु बरामद भएको पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

छापामारीको क्रममा कम्प्युटर डेक्सटप सिपियू १२० थान, मनिटर ११८ थान, पासपोर्ट ३ थान, मोबाइल ३५ थान, भारतीय जियो सिमकार्ड १३ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान, विभिन्न बैंकहरुका एटिएम कार्ड ३ थान, किबोर्ड २६ थान, इन्टरनेट स्वीच ५ थान, वाईफाई राउटर २ थान, मिनी इन्भर्टर २ थान, विभिन्न देशका मुद्राहरु (मलेसियन ३७ रिंगिट, नेपाली ५०० को दरका नोट ८६ थान गरि २३ हजार), कम्बोडियन ३५०० तथा बि.आ. ०१ सिएक्स ५७९२ नम्बरको आईट्वान्टी कार एवं प्र. २-०३-०११ प १३६७ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरी उपरीक्षक ढुङ्गेलले जानकारी दिए ।

बरामद गरिएको सामान सहित पक्राउ परेका तिनैजना चिनियाँ नागरिकलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३
पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि