Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रोकिएन सिर्सिया नदीमा प्रदूषण, उद्योगको बद्मासी कायमै, पानीभन्दा बढि फोहोर, स्थानीय जोखिममा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १७, २०८०
रोकिएन सिर्सिया नदीमा प्रदूषण, उद्योगको बद्मासी कायमै, पानीभन्दा बढि फोहोर, स्थानीय जोखिममा

वीरगंज (पर्सा), १७ चैत । कुनैबेला वीरगंज महानगरवासीका लागि वरदान मानिएको सिर्सिया नदी यतिबेला अभिशाप बनेको छ । बस्ती नजिक भएर बग्ने सिर्सिया नदी केही वर्षअघि सम्म स्थानीयको पानीको प्रमुख स्रोत थियो तर पर्सा-बारा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूले नदीमा प्रदूषित पानी र फोहोर सिर्सिया मिसाएपछि नदी दुर्गन्धित भई बस्तीमा बस्नै नसकिने अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ । नदीमा हिजोआज पानीभन्दा बढी फोहोर बग्ने गर्छ । “केही वर्षअघि सम्म हामी सिर्सिया नदीमा नुहाउँथ्यौँ, भाँडाकुँडा धुन्थ्यौँ”, वीरगंजस्थित छपकैयाका स्थानीय कृष्णकुमार कानुले भने “अहिले त्यही सिर्सिया नदी दुर्गन्धित भएकोले वरिपरि बस्न र हिँड्डुल गर्न गाह्रो छ ।” नदी वरिपरि हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको उनको गुनासो छ ।

प्रदूषणका कारण सिर्सिया नदी लेदो भएर बग्ने गरेको छ तर सिर्सिया नदीमा फोहोर मिसाउने उद्योगलाई हालसम्म सामान्य जरिवानाबाहेकको कानुनी कारबाही गरिएको छैन । नदी प्रदूषणले वीरगंजसहित दुई दर्जन गाउँका सर्वसाधारण विस्थापित हुने अवस्थामा पुगेका छन् । “सिर्सिया नदीको पानी दुर्गन्धित भएर बस्तीमा बस्नै नसक्ने अवस्था भइसकेको छ”, वीरगंज महानगरपालिका-९ का सुभाष महतो भन्छन् “हामी सानो छँदा यही नदीमा नुहाउने र पौडी खेल्ने गथ्र्यौैं तर अहिले हेर्दाहेर्दै नदीको पानी दुर्गन्धित भएर कामै नलाग्ने अवस्थामा पुगेको छ ।” सिर्सिया नदीको धार्मिक र सांस्कृतिक महत्व समेत छ । “कुनै बेला छठ पर्व मनाउन सिर्सिया नदी प्रसिद्ध मानिन्थ्यो । नदी प्रदूषित भएपछि स्थानीयले नदीमा छठ पर्व मनाउनै छोडिसकेका छन्”, महतोले भने “सिर्सिया नदीको प्रदूषण रोक्न स्थानीय तहका जनप्रतिनिधिलाई पटकपटक आग्रह गरे पनि खासै चासो देखाएनन् ।” फोहोर पानीकै कारण स्थानीयले तरकारी खेती गर्न छाडे भने नदीमा जलचर र वनस्पति मासिएको उनको भनाइ छ ।

बाराको सिमरा पश्चिममा पर्ने रामवनस्थित वन मुहान भएको सिर्सिया नदी पर्साको वीरगंज हुँदै भारतको रक्सौलसम्म पुगेको छ । औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टिलरी, टेक्सटायल, घ्यू, साबुनलगायत उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौँ, खरानी, लेदोजस्ता विकार नदीमा मिसाइँदा दुर्गन्धित बनेको हो । नदीको प्रदूषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगंज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैयासहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित भएका छन् ।

सिर्सिया नदी आसपासका स्थानीयले प्रदुषण रोक्न माग गर्दैै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो । उक्त समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदूषणको कारक उद्योगहरू रहेको उल्लेख छ । प्रतिवेदनमा नदी प्रदूषण गर्नेलाइ अविलम्ब कारबाही गर्नुपर्ने भनी उद्योगहरूको नाम किटान गरिएको थियो । नदीमा फोहोर मिसाउने उद्योगलाई कारबाही गर्न १२ वर्षसम्म सिफारिस भए पनि कुनै कारबाही हुन सकेन । ती उद्योगहरूले निरन्तर नदी प्रदूषण गराइरहेका छन् । नदी प्रदूषण गर्ने उद्योग सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयले छलफलका लागि बोलाउने र प्रदूषण नगर्न निर्देशन दिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए ।

प्रदूषणमुक्त बनाउन काठमाडौँ पैदलयात्रा
उद्योगले प्रदूषित बनाएको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन दबाबस्वरुप ‘चुरे तथा वनजङ्गल संरक्षण अभियान’ले वीरगंजदेखि काठमाडौँसम्मको पदयात्रा गरेको छ । सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिने उद्देश्यले केही महिनाअघि अभियानका संयोजक सुनिल यादवको नेतृत्वमा पैदलयात्रा गरेका हुन् । प्रदूषित सिर्सिया नदीको पानी बोकेर पैदलयात्रामा निस्केको टोलीले वीरगंजबाट पैदलयात्रा गरी ११ औँ दिनमा राजधानी काठमाडौँ पुगी सिंहदरबार अगाडि पानी पोखेर विरोध जनाएका थिए । सरकारले सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन ध्यान नदिएको भनी उनीहरू माइतीघरमा धर्नामा समेत बसेका थिए । सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दैै पटक पटक वीरगंजमा आन्दोलन गर्दै आएका छन् ।

महानगरद्वारा उद्योगलाई जरीवाना  
सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगंज महानगरपालिकाले अभियान चलाउँदै आएको छ । नदी प्रदूषण गर्ने जो कसैलाई कारबाही गर्ने रणनीतिअनुसार नदीमा फोहोर गर्नेलाई महानगरपालिकाले जरिवाना गर्दै आएको छ । गत एक वर्षअघि महानगरपालिकाले सिर्सिया नदीलाई प्रदूषण गर्ने पर्सा(बारा औद्योगिक कोरिडोरमा सञ्चालित पाँचवटा उद्योगलाई जनही रु तीन/तीन लाखका दरले रु १५ लाख जरिवाना गरेको थियो । महानगरले वीरगंज महानगरपालिका(२१ स्थित ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिधी टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा नं ३२ स्थित दुर्गा पुल्प एन्ड पेपर प्रालिलाई रु तीन/तीन लाखका दरले जरिवाना गरेको थियो ।

वीरगंज महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ३७ अनुसार नदी प्रदुषित गर्ने पाँचवटा उद्योगहरूलाई कारबाहीस्वरुप जरिवाना गरिएको वीरगंज महानगरपालिकाले जनाएको छ । महानगगरले गत फागुनमा उद्योगहरूबाट निस्केको फोहोर सिर्सिया नदीमा फाल्ने तीनवटा ट्र्याक्टरलाई समेत नियन्त्रणमा लिई रु एक/एक हजार जरिवाना गराएको थियो । उक्त अभियानअन्तर्गत महानगरले उपप्रमुखको संयोजकत्वमा गठन गरेको सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले उद्योगहरूको अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा  नदी तटमा रहेका उद्योगहरूले त्यहाँबाट निस्कने फोहोर (रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाईलगायत वस्तु) सिधै नदीमा फाल्दै आएको भेटिएको छ । फागुन ३ मा बसेको समितिको बैठकले नदी प्रदूषण गर्ने उद्योगलाई कारबाही गर्ने निणर्य गरेको थियो ।

महानगरले लिखित रुपमै चेतावनी दिँदा समेत अटेर गरि उद्योगका फोहोर र रसायनयुक्त पानी सिधै नदिमा फाल्ने क्रम नरोकिएपछि पाँच उद्योगलाई जरीवाना गरिएको महानगर प्रमुख राजेशमान सिंहले बताए । ‘‘सिर्सिया नदी वीरगंज सहरकै लाइफलाइन हो”, महानगर प्रमुख सिंहले भने, “त्यसकारण यो नदीलाई प्रदूषित बनाउने जोसुकै विरुद्ध महानगरले कारबाही गर्छ । नदीलाई प्रदूषणमुक्त बनाउने अभियान अब रोकिँदैन ।” तर महानगरले गर्ने सामान्य जरिवाना सिर्सिया नदी सफाइ बनाउने अभियानका लागि भने पर्याप्न नहुने स्थानीयको भनाइ छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि