Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

२८ करोड लागतमा निर्माण भएको होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण अन्योलमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १५, २०८०
हस्तान्तरणको पर्खाईमा ‘होल्डिङ सेन्टर’

वीरगंज (पर्सा), १५ चैत । पर्साको वीरगंजस्थित भारतीय सीमानाकामा नवनिर्मित होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरणको विषय टुङ्गो नलाग्दा होल्डिङ सेन्टर अलपत्र परेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले निर्माण गरिएको होल्डिङ सेन्टर भवन स्वामित्व हस्तान्तरण अन्योल हुँदा भवन अलपत्र परेको हो । सरकारले विसं २०७८ वैशाख ५ गते मन्त्रिपरिषद्को निणर्य अनुरुप नेपाली सेनाले करिब रु २८ करोडको लागतमा १३ भान्साघर, २२ शौचालय, सामान्य लक्षण भएकाका लागि नौ सय शय्या र जटिल अवस्थाका बिरामीका लागि एक सय शय्या तथा तीन वातानूकुलितसहितका भिआइपी कक्ष निर्माण गरेको सो होल्डिङ सेन्टरलाई सेनाको टोलीले सुरक्षा दिइरहेको छ ।

निर्माणकार्य सम्पन्न भएको लामो समयसम्म पनि होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण हुनसकेको छैन । “होल्डिङ सेन्टरको स्वामित्व कसले लिने भन्ने अझै निश्चित हुनसकेको छैन”, वीरगंज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिलकुमार यादवले भने “स्वामित्वको निश्चित नहुँदा होल्डिङ सेन्टरमा बिजुली र खानेपानी जडान हुनसकेको छैन ।” होल्डिङ सेन्टरमा तत्काल बिजुली र खानेपानीको जडान गर्न पहल गरिए पनि स्वामित्वको निश्चित नहँुदा त्यो सम्भव हुन नसकेको उनको भनाइ छ । होल्डिङ सेन्टरको स्वामित्व सङ्घीय, प्रदेश वा स्थानीय सरकार कसको हुने अझै निश्चित नभएकाले समस्या भएको स्वास्थ्य शाखा संयोजक यादवले बताए । भौतिक पूर्वाधार पूणर् रूपमा तयार भए पनि यसलाई नियमित सञ्चालनका लागि स्वामित्व हस्तान्तरण र बजेटको अभाव रहेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले बताए ।

“हामीले महानगरपालिकालाई स्वामित्वका लागि पत्राचार गर्यौँ, तर महानगरपालिकाले बजेट अभावका कारण स्वामित्व लिएर सञ्चालन गर्न नसकिने भनेर जवाफ दियो”, प्रजिअ भुषालले भने “त्यसपछि मधेस प्रदेश सरकार र स्वास्थ्य विभागलाई समेत पत्राचार गर्यौँ, तर अहिलेसम्म कुनै जवाफ आउन सकेको छैन ।” होल्डिङ सेन्टर सञ्चालनका लागि जिल्लाका सबै संयन्त्र तयार भए पनि स्वामित्व हस्तान्तरण र बजेटको समस्या भएको प्रजिअ भुषालको कथन छ । “विद्युत् प्राधिकरण र खानेपानीका प्रमुखलाई बोलाएर होल्डिङ सेन्टरमा बिजुली र खानेपानी जडान गरिदिन आग्रह गरे, तर उहाँहरूले स्वामित्वको निश्चित नहुँदासम्म बिजुली र धारा जडान गर्न सकिँदैन भनेर जवाफ दिनुभयो”, प्रजिअ भुषालले भने “त्यसैले अहिले होल्डिङ सेन्टर अलपत्र अवस्थामा छाड्नुपरेको छ ।”

यसैबीच भारतीय सीमा क्षेत्रमा महानगरपालिकाले स्थापना गरेको हेल्थ डेस्कमा खटिएका ल्याब टेक्निसियन निशा साहले भारतबाट आवतजावत गर्ने करिब दुुई सयदेखि तीन सय जना विदेशीको दैनिक रूपमा कोरोना जाँच गरिरहेको बताए । होल्डिङ सेन्टर सञ्चालन नहुँदा जाँचका क्रममा कोरोना पोजेटिभ देखिएका बिरामीलाई होम क्वारेन्टिनमा बस्न सुझाव दिँदै घर पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि