वीरगंज (पर्सा), ४ चैत । मधेश प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) यज्ञबिनोद पोखरेलले जिल्ला प्रहरी कार्यालय पर्साको अनुगमन गरेका छन् । पर्साकाे वीरगंज पुगेका मधेश प्रदेश प्रमुख डिआईजी पोखरेलले जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका कार्यालयहरुबाट प्रवाह हुने सेवासँगै शान्ती सुरक्षाका बारेमा जानकारी लिएका हुन् ।
अनुगमनकाे क्रममा नागरिकको शान्ती सुरक्षामा कुनै पनि किसिमको सम्झौता नगर्न आग्रह गर्दै उनले ईमान्दारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले डिआईजी पोखरेललाई पुष्पगुच्छा प्रदान गरी स्वागत गरेका थिए ।
स्वागत पश्चात डिआईजी पोखरेललाई एसपी ढुंगेलले सुरक्षा अवस्था र कार्य प्रगतीका बारेमा जानकारी गराएका थिए । साथै उनले कन्ट्रोल तथा मोनिटरीङ् रुमबाट वीरगंज शहरमा भएका सिसिटीभि क्यामरामार्फत शहरको पनि निरीक्षण गरेका छन् । डिआईजी पोखरेललाई पिर्के सलामी पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस् !