Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिक्री नपाई विवाह रद्द गरेको घटनामा केटीको मामाको बद्मासी, केटा पक्षलाई बद्नाम गरियो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ३०, २०८०
सिक्री नपाई विवाह रद्द गरेको घटनामा केटीको मामाको बद्मासी, केटा पक्षलाई बद्नाम गरियो

वीरगंज (पर्सा), ३० फागुन । वीरगंज महानगरपालिका-२४ रामगढवामा सोमबार राति दाइजोको निहुँमा विवाद उत्पन्न भई विवाह रद्द भएको घटनामा केटा पक्षलाई फसाउन केटी पक्षले विभिन्न प्रपञ्च रचेको पाइएको छ । बारा जिल्ला कलैया उपमहानगरपालिका-४ निवासी २८ बर्षीय उमेश साह गोढ र वीरगंज महानगरपालिका-२४ निवासी २४ वर्षीय रमिता कुमारीको यही फागुन २८ गते विवाह तय भएको थियो । दुई वर्ष अघिदेखि प्रेममा रहेका वीरगंज महानगरपालिकाको स्वास्थ्य शाखामा करारमा कम्प्युटर पदमा कार्यरत उमेश र नारायणी अस्पतालको ल्याबमा कार्यरत रमिताको एक वर्ष अघि २०२३ जनवरी २१ तारेखमा टिकाटालो भएको थियो । एक वर्ष पश्चात यही २०८० फागुन २८ गते विवाह तय भएकोमा विवाहकै दिन कन्या निरीक्षण गर्ने क्रममा गहना चढाउने विषयमा विवाद भई झडप हुँदा विवाह नै रद्द भयो ।

विवाह रद्ध पश्चात पर्सा प्रहरीले दाइजोको निहुँमा विवाद रद्द गरेको भन्दै बेहुला पक्षका ६ जनालाई पक्राउ गर्यो । पक्राउ परेकाहरुमध्ये ५ जना विरुद्ध पर्सा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । कन्या निरीक्षण गर्ने क्रममा गहना चढाउने विषयमा विवाद भई झडप हुँदा प्रहरीले बेहुलासहित ६ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको ६ जनामध्ये ५ जना विरुद्ध विवाह सम्बन्धी कसुरमा २ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

विवाह रद्द भएपछि दाइजोमा सुनको सिक्री नदिएको निहुँमा केटा पक्षले विवाद रद्द गरेको भनेर केटी पक्षले आरोप लगायो । एकदिनको छलफल पश्चात विवाद नमिलेपछि फागुन २९ गते साँझ केटी पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दियो र केटा पक्षका बेहुला सहित बुवा, भाई, भिनाजु गरि ५ जनालाई पर्सा प्रहरीले पक्राउ गरि विवाह सम्बन्धी कसुरमा अदालतबाट २ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढायो । बेहुलीका भाई सुजित साहका अनुसार दाइजोमा बेहुला पक्षलाई नगद आठ लाख ५० हजार रुपैयाँ, मोटरसाइकल बापत नगद ३ लाख २५ हजार रुपैयाँ, ६५ हजार रुपैयाँको एक थान ल्यापटप, करिब ४० हजार रुपैयाँ मुल्यको सुनको सिक्री दाइजो वापत दिईसकेको अवस्थामा विवाह मण्डपमै बेहुला र उनका भिनाजुले दाइजोमा थप सुनको सिक्री नपाएको निहुँ खोजेपछि झडप आरोप लगाए ।

केटा पक्षको आफन्त एवं स्थानीय ।

यता बेहुला पक्षले बेहुला र बेहुलीको दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको कारण दाइजोको कुनै कुरा नै नभएको दाबी गरेका छन् । बेहुला उमेश साहको घरायसी अवस्था पनि खासै राम्रो नभएको र सम्पत्तिको नाममा तीन दाजुभाईको बीचमा एउटा कच्ची घर छ । दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका दुबैजना मन्दिरमा आफै विवाह गर्ने मनसायमा रहेको अवस्थामा परिवारले दुबैजनालाई रितिरिवाज अनुसार विवाह गर्ने सहमति गरेका थिए । यस्तो घरमा २० लाख रुपैयाँ दाइजो कसले दिन्छ ? भन्दै बेहुलाका आफन्तले कन्या निरीक्षण गर्न गएका आफन्तहरुलाई बेहुली पक्षले नै कुटपिट गरि उल्टै दाइजोको आरोप लगाएको बताए ।

केटी पक्षको मामा र भाई एवं केटा पक्षको भिनाजुको आपसी विवादको कारण यो विवाह भाँडिएको स्थानीयको भनाई छ । स्थानीय भद्रभलादमीका अनुसार दाइजोको बहाना बनाएर केटा पक्षलाई बद्नाम गराउने काम भएको आफूहरुको बुझाई छ । आफ्नो कर्तुत लुकाउनको लागि दाइजोको बहाना बनाएको उनीहरुले बताए । उनीहरुको अनुसार बेहुलीको मामा पर्ने एकजना पत्रकारले नै सबै योजना बनाएर विवाह भाँडेर पत्रकारिताको आडमा बेहुला पक्षलाई एकतर्फी बद्नाम गराउने काम गरेको बताए । उनीहरुले यस घटनामा केटा पक्षको कुरालाई बुझेर पनि मिडियावाजी गर्न सञ्चारकर्मीहरुलाई स्थानीयहरुले आग्रह गरे ।

यता बेहुली पक्षलाई नै आधार बनाई पर्सा प्रहरीले बेहुला पक्षलाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडि बढाएको छ । तर विस्तृत खोजविनको क्रममा बेहुला पक्ष भन्दा पनि बेहुली पक्षका मामा र भाईको योजनामा विवाह भाँडिएको र नभएको विषयलाई मिडिया एवं सामाजिक सञ्जालमा भ्रम छरिएको पाइएको हो । केटीको मामा, भाई र केटाको भिनाजुबीच पहिलादेनि विवाद रहेकोमा केटीको मामा पर्ने पत्रकारले विवाद उत्पन्न गराएको र रातिको समयमा भिडियो बनाई प्रहरीलाई बोलाई बेहुला सहितका परिवारलाई बुझाएको जन्तीमा सहभागीहरुको भनाई छ ।

विवाह रद्द भए पश्चात मंगलबार विहान वडा प्रहरी कार्यालय श्रीपुरमा भएको छलफलको क्रममा सहमति जुट्न सकेन । छलफलको क्रममा बेहुली रमिताले उमेशसंग विहे नगर्न अडान राखेकी थिइन । उनले भनिन “दाइजोकै लागि मेरो घरपरिवारको इज्जत लिलाम गर्ने केटासंग म विहे गरेर बस्न सक्दिँन । म उसंग कुनैपनि हालतमा विहे गर्न सक्दिन ।’ उनले थपिन्, ‘दाइजोकै लागि मजस्तै अरुपनि चेलीबेटी र उसको परिवारको यस्तो नहोस् अनि दाइजोका लोभीलाई सबक होस् भनेर मैले यो निणर्य लिएकी हुँ ।’

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि