Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दाइजोको निहुँमा विवाह रद्द भएको घटनामा पक्राउ गरेका बेहुला सहित ५ जना विरुद्ध अनुसन्धान शुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २९, २०८०
दाइजोको निहुँमा विवाह रद्द भएको घटनामा पक्राउ गरेका बेहुला सहित ५ जना विरुद्ध अनुसन्धान शुरु

वीरगंज (पर्सा), २९ फागुन । वीरगंज महानगरपालिका-२४ रामगढवामा सोमबार राति दाइजोको विषयलाई लिएर भएको विवाह रद्ध पश्चात पक्राउ परेका ५ जना विरुद्ध पर्सा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । कन्या निरीक्षण गर्ने क्रममा गहना चढाउने विषयमा विवाद भई झडप हुँदा प्रहरीले बेहुलासहित ६ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको ६ जनामध्ये ५ जना विरुद्ध विवाह सम्बन्धी कसुरमा २ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका-४ निवासी २८ बर्षीय उमेश साह गोढ (बेहुला), बेहुलाका बुबा ६० बर्षीय बच्चालाल साह गोढ, दाजुहरु ४२ बर्षीय राकेश साह र ४० बर्षीय मुकेश साह, बाराकै परवानीपुर गाउँपालिका-५ निवासी भिनाजु ४५ बर्षीय रामएकबाल साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । रामगढवामा सोमबार राति उमेशको विवाहको लागि जन्ती आएकोमा सामाजिक परम्परा अनुसार विवाह भइरहेकोमा सोही दिन रातीको ०२ः०० बजेको समयमा बेहुला पक्षबाट दाईजो स्वरूप सुनका गहानाहरू, नगद, मोटरसाईकल, ल्यापटप, कपडा पाएतापनि सुनको सिक्री नपाएको भनी बेहुला तथा निजका आफन्तहरूले वेहुली पक्षकाहरूसँग वाद-विवाद तथा हातपात समेत गरी विवाह छोडी जान लागेको भन्ने मौखिक सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी टोली खटि गई उक्त विवाह रद्ध गर्नेहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार उमेशको विहे वीरगंज २४ रामगढवाका सुखल साहकी छोरी २४ बर्षिय रमिता कुमारीको संग भइरहेको थियो । वैवाहिक कार्यक्रम सुरु भई बेहुला र बेहुलीबच बरमाला (स्वयम्बर) पनि धुमधामकासाथ सम्पन्न भइसकेको थियो । त्यसपछि विहेको मण्डपमा वैवाहिक समारोह चलिरहकै बेला बेहुलाले सुनको सिक्री माँगेको विषयमा बेहुली पक्षसंग विवाद हुदाँ कुटपिटसमेत भई विहे नै भाँडिएको स्थानीयको भनाई छ । बेहुला उमेश वीरगंज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् । बेहुली रमिता वीरगंज कै नारायणी अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन हुन् । बेहुलीका भाई सुजित साहका अनुसार बेहुली पक्षले दाइजोमा बेहुला पक्षलाई नगद आठ लाख ५० हजार रुपैयाँ, मोटरसाइकल बापत नगद ३ लाख २५ हजार रुपैयाँ, ६५ हजार रुपैयाँको एक थान ल्यापटप, करिब ४० हजार रुपैयाँ मुल्यको सुनको सिक्री विहे अगाडि नै दिइसकेको थियो ।

त्यसका बाबजुदपनि सोमबारराति विहेको मण्डपमै बेहुला र उनका भिनाजुले दाइजोमा थप सुनको सिक्री नपाएको निहुँ खोजेपछि झडप भएको थियो । त्यसपछि मंगलबार विहान वडा प्रहरी कार्यालय श्रीपुरमा भएको छलफल क्रममा सहमति जुटन नसकेपछि विहे अन्योल भएको हो । छलफलको क्रममा बेहुली रमिताले उमेशसंग विहे नगर्न अडान राखेकी थिइन । उनले भनिन “दाइजोकै लागि मेरो घरपरिवारको इज्जत लिलाम गर्ने केटासंग म विहे गरेर बस्न सक्दिन । म उसंग कुनैपनि हालतमा विहे गर्न सक्दिन ।’ उनले थपिन्,‘ दाइजोकै लागि मजस्तै अरुपनि चेलीबेटी र उसको परिवारको यस्तो नहोस् अनि दाइजोका लोभीलाई सबक होस् भनेर मैले यो निणर्य लिएकी हुँ ।’

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक साइकल र्‍याली

विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक साइकल र्‍याली

जेष्ठ २०, २०८३
जग्गा विवाद उग्र रूप लिँदा सामुहिक आक्रमण, घटनाको सत्यतथ्य छानविन गर्न दुबै पक्षको माग

जग्गा विवाद उग्र रूप लिँदा सामुहिक आक्रमण, घटनाको सत्यतथ्य छानविन गर्न दुबै पक्षको माग

जेष्ठ २०, २०८३
एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरी असई र युवती काभ्रेको जंगलमा मृत फेला

एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरी असई र युवती काभ्रेको जंगलमा मृत फेला

जेष्ठ २०, २०८३
आ.व. २०८३/०८४ को बजेटमा पनि परेन कमला पुल, सरकारप्रति जनताहरुको बढ्यो आक्रोश

आ.व. २०८३/०८४ को बजेटमा पनि परेन कमला पुल, सरकारप्रति जनताहरुको बढ्यो आक्रोश

जेष्ठ २०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि