Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्थानीयमा जङ्गली जनावरको त्रास, दुई महिनामा दुई दर्जनबढि व्यक्ति घाइते, तीन दर्जनबढि चौपाया मरे

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २२, २०८०
स्थानीयमा जङ्गली जनावरको त्रास, दुई महिनामा दुई दर्जनबढि व्यक्ति घाइते, तीन दर्जनबढि चौपाया मरे

वीरगंज (पर्सा), २२ फागुन । पर्साको पटेर्वासुगौली-२ लक्ष्मीपुर निवासी २३ वर्षीय सरोज अधिकारीलाई गत बिहीबार बाघले आक्रमण गरी घाइते बनायो । बाघको आक्रमणमा परी टाउको, हात र शरीरको विभिन्न भागमा चोट लागेका अधिकारीको वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । पटेर्वासुगौली-२ थरकट्टी गाउँका ३२ वर्षीय मनोज महतो उराँवको गत पुस ८ गते साँझ बाघले आक्रमण गरी ज्यान लियो । साँझको समयमा शौच गर्न गएका उराँवको शव क्षत्विक्षत् अवस्थामा बिहान फेला परेको थियो । नेपाल प्रहरी र गाउँलेले जङ्गलदेखि करिब ५० मिटर टाढा बाघले मारेको अवस्थामा शरीरको केही भाग मात्र फेला पारेको थियो ।

हिजो साँझ पर्साको जिराभवानी गाउँपालिका-४ मा बाघले पूर्ववडाध्यक्ष सुभाष राउतसहितका स्थानीयवासीको बाख्रालाई आक्रमण गरेको छ । सोही गाउँपालिका-ं५ हरैया पहाडीटोलस्थित राउतले पालेका चौपायालाई खोरभित्रै पसेर बाघ आक्रमण गरी मारेको बताए । बाघले दुईवटा बाख्रालाई खोरमै मारेको र एउटा खसीलाई घिसारेर केही पर लगेको प्रहरी चौकी शङ्करसरैयाले जनाएको छ । यही फागुन १६ गते पर्सागढी नगरपालिका-७ निवासी ललन यादवको गोठमा राखेको सात वटा बाख्रा मारेको बाघले सोही राति पर्सागढी-१ कोइलाभार निवासी मायादेवी मोक्तानको गोठमा रहेका चार बाख्रा खाएको थियो । गत कात्तिक ८ गते जङ्गली हात्तीले आक्रमण गर्दा पर्सागढी नगरपालिका-१ निवासी एकवाल हजराको मृत्यु भएको थियो । सोही राति ती हात्तीले सो गाउँका एक दर्जन स्थानीयवासीको घर भत्काएर अन्नबाली खाएको थियो ।

विगत दुई महिनाको अवधिमा पटेर्वासुगौली, पर्सागढी र जिराभवानी गाउँपालिकामा बाघ र हात्तीको आक्रमणबाट दुई दर्जन भन्दाबढी व्यक्ति घाइते भएका र तीन दर्जन भन्दाबढी पशुचौपाया मारेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिए । योसँगै जिल्लाका विभिन्न गाउँबस्तीमा बाघ, हात्तीलगायत जङ्गली जनावरको आक्रमणबाट बर्सेनी सर्वसाधारणले ज्यान गुमाउँदै आएका उनको भनाइ छ । जङ्गली जनावरको आक्रमणमा परी कतिपयको घटनास्थलमै मृत्यु हुने गरेको छ भने कतिपयको उपचार भएपनि घाउमा सङ्क्रमण भएर केही समयपछि मृत्यु हुने पाइएको प्रहरी निरीक्षक केसरीले बताए ।

पर्सा राष्ट्रिय निकुञ्जका साथै राष्ट्रिय वन तथा जङ्गलबाट आउने बाघ, हात्ती लगायतका जङ्गली जनावर मानवबस्ती पसेर मानवीय तथा पशुचौपायालाई क्षति पुर्‍याउनुका साथै गहुँ, तरकारीबाली नाली नष्ट गर्न थालेपछि स्थानीय राति जाग्राम बस्न बाध्य भएका छन् । जिराभवानी, ठोरी, पटेर्वासुगौली, पर्सागढी र सखुवा प्रसौनी गाउँपालिकाका एकदर्जन गाउँका किसान जङ्गली जनावरबाट पीडित भएका छन् । वन जङ्गलबाट आउने चित्तल, हात्ती, हरिण, निलगाई, बँदेल, बाँदर, भालु, मयूरलगायत जनावरले गहुँ, मकै, आलु, तोरीसहति पशुचौपायामाथि आक्रमण गर्न थालेपछि अन्नबाली र घरपालुवा पशुचौपाया जोगाउन जाग्राम बस्न बाध्य भएको ठोरी गाउँपालिकाका रञ्जित श्रेष्ठले बताए । राष्ट्रिय वनमा घेरवार नहुँदा दैनिकजसो आउने जङ्गली जनावरले बालीनली नष्ट पार्ने गरेको उनको भनाइ छ ।

खासगरी रातिको समयमा आउने जङ्गली जनावरले गहुँबालीमा क्षति पुर्‍याउने गरेकाले क्षति न्यूनीकरणका लागि सो ठाउँमा मचान बनाएर निगरानी गरिरहेको जीराभवानी गाउँपालिकाका किसान शङ्कर महतोले बताए । रातिको समयमा आउने हात्तीलाई धपाउन किसानले पटका पड्काउने र अन्य जङ्गली जनावरलाई भगाउन टिन ठटाउने, हो-हल्ला गर्ने गरेको उनको भनाइ छ । स्थापनाकालदेखि नै पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनका जीवजन्तुले बर्सेनी उत्पात मच्चाँदै जनधनको क्षति पुर्‍याउँदै आएकले यसको नियन्त्रणमा ठोस् पहल गर्न सरकारसँग स्थानीयवासीले आग्रह गरेका छन् । जङ्गली जीवजन्तुको आक्रमणबाट आफूहरूको जीवन नै सङ्कटमा परेको पटेर्वा सुगौलीका स्थानीय सुमन अधिकारीले बताए । “कतिबेला जङ्गलबाट बाघ, भालु र हात्ती आउँछन् र आक्रमण गर्छन् भन्ने त्रासमा हामी बाँचिरहेका छौँ”, उनले भने “जङ्गली जनावरका कारण नत स्वतन्त्र रूपमा हिँडडुल गर्न सकिन्छ, नत निर्धक्कपूर्वक घरमा सुत्न पाइरहेका छौँ ।”

पटक-पटक जङ्गली जनावरको नियन्त्रणको लागि स्थानीयवासीबाट माग उठ्दै आए पनि सरकारीस्तरबाट कुनै पहल नभएको सुनाउँदै ठोरीका रामबहादुर श्रेष्ठले भने “हामीले जङ्गली जनावरको आतङ्क रोक्न धेरै पटक आवाज उठायौँ । अहिलेसम्म हाम्रो समस्या समाधान भएको छैन ।” जङ्गली जनावरले दिउँसै आक्रमण गर्न थालेपछि आजित भएका स्थानीयवासीले यसको दीर्घकालीन समाधानका लागि सरकारलाई दबाब दिन र आफू पनि सक्रिय रहन स्थानीय जनप्रतिनिधिसँग आग्रह गर्दै आएका छन् । जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख हेमन्त साहले राष्ट्रिय वन जङ्गल आसपासको क्षेत्रमा जङ्गली जनावरले आतङ्क मच्चाउँदै आएको स्वीकार्दै समस्या समाधानका लागि पहल गरिरहेको बताए ।

बजेट तथा आवश्यक कानुनको अभावले समग्र जङ्गल क्षेत्रमा घेरबार गर्न नसकिएपछि जङ्गली जनावरले बढी क्षति पुर्‍याउने क्षेत्रमा ठूलो खाल्डो खनेर तत्कालीन समस्या समाधान गर्न सकिने उनको भनाइ छ । कार्यालयमा बाघ व्यवस्थापनको उचित टोली नभएकाले समस्या निरन्तर बढेको साहले बताए । “दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायमा पत्राचार गरेका छौँ । बाघको उद्दार गर्ने दक्ष टोली (स्पेसल टिम) चितवन राष्ट्रिय निकुञ्जमा छन्”, उनले भने “त्यहाँबाट टोली माग गरेका छौँ ।” टोली आइसकेपछि बाघको उचित व्यवस्थापन तथा उद्दारमा जुट्ने प्रमुख साहले जानकारी दिए । पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका वार्डेन रामचन्द्र खतिवडाले मानवबस्तीमा बाघ पसेर क्षति पुर्‍याउने गरेकाप्रति आफुहरू गम्भीर रहेको भन्दै तत्काल समस्याको समाधान खोज्ने प्रयास भइरहेको बताए । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि