Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

१८ वर्षदेखि साल्ट ट्रेडिङ्ग वीरगंजमा अमोज लामिछानेको रजाई, मलदेखि वीउसम्ममा घोटाला

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २१, २०८०
१८ वर्षदेखि साल्ट ट्रेडिङ्ग वीरगंजमा अमोज लामिछानेको रजाई, मलदेखि वीउसम्ममा घोटाला

वीरगंज (पर्सा), २१ फागुन । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, प्रादेशिक कार्यालय वीरगंजका कार्यालय प्रमुख अमोज लामिछाने विगत १८ वर्षदेखि एउटै कार्यालयमा रजाई गर्दै आएका छन् । पहुँच, पावर, पैसाको आडमा मन्त्रालय एवं साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेको केन्द्रिय कार्यालयका कर्मचारीहरुलाई प्रलोभनमा पारी वीरगंज स्थित प्रादेशिक कार्यालयमै विगत १८ वर्षदेखि रजाई गर्दै आएका हुन् ।

उनी आएदेखि यहाँ कति कर्मचारी आए, गए तर उनी जहाँको त्यही छन् । उनलाई यहाँबाट सरुवा गर्ने मन्त्रालय एवं केन्द्रिय कार्यालयको समेत अधिकार नभएको जस्तो व्यवहार गर्ने गरेको छ । स्थानीय तहदेखि केन्द्रसम्मको मन्त्री, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड केन्द्रिय कार्यालयको कर्मचारीहरुलाई प्रलोभनमा पारी आफ्नो अनुकल साल्ट ट्रेडिङ्गको मलमा खुलेयाम हिनामिना गर्ने गरेको श्रोतले जनाएको छ । उनी वीरगंजमा कार्यालय प्रमुख भएर आएदेखि लाखौं लाख बजेट अवैध रुपमा कुम्ल्याएको बताइएको छ ।

कृषकहरुको लागि आयातित मलमा लोड, अनलोड, ढुवानी, गोदाम भाडा लगायतका विषयमा चलखेल गरि लाखौं रकम बजेट हिनामिना गर्ने गरेको बताइएको छ । उनलाई मन्त्रालय एवं केन्द्रिय कार्यालयले वीरगंजबाट सरुवा गर्न नसकेको हो ? वा उनी राजनीतिक दलको पुच्छर समातेर यही वीरगंजमै १८ वर्षदेखि रजाई गर्दै आएका छन् यो खोजविनको विषय हो ? विगतमा कृषकहरुको लागि चाहिने मलमध्ये ७० प्रतिशत कृषि सामाग्री कम्पनी तथा ३० प्रतिशत साल्ट टे्रडिङ्गलाई दिने गरेको अवस्थामा गत २०७९/०८० मा शत प्रतिशत बजेट ल्याउन सफल भएका थिए ।

केही दिन अघि मात्रै उनको काला कर्तुत विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि भाडाका युटुबर लगाएर आफ्नो सफाई दिएका दिएर चोखो बन्ने प्रयास गरेका थिए । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, वीरगंजले भिजेको युरिया मलको बोरा रि-प्याकिङ्ग गरि विक्री गरेको घटना बाहिरिएको थियो । गत भदौको तेश्रो हप्तामा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड वीरगंज कार्यालयले आयात गरेको २० हजार मेट्रिकटन मध्ये भिजेको युरिया मललाई रि-प्याकिङ्ग गरेर विक्री गरिएको समाचार बाहिरिएपछि वीरगंजमा भाडामा पाउने युटुबरलाई प्रयोग गरि आफ्नो सफाई दिदै चोखो बन्ने प्रयास गरेका हुन् ।

नेशनल ट्रेडिङ्ग स्थित साल्ट ट्रेडिङ्गको गोदाममा अनलोड गर्न पुगेको ना. ३ ख ४०३३ नम्बरको टिपरमा लोड रहेको युरिया मलको बोराबाट तपतपी पानी चुहि रहेकै अवस्थामा यस अनलाइनले फेला परेको थियो । त्यस बखत समाचार संकलन गर्न गएका सञ्चारकर्मीमाथि गोदामका पालदारले दुव्र्यवहार गर्दै मोबाइल समेत खोसेका थिए । त्यस बखत कार्यालय प्रमुख अमोज लामिछानेसँग बुझ्दा भिजेको मलको भुक्तानी नगरिने बताएका थिए । त्यस बखत भिजेको मललाई आफूहरुले ठेकेदार कम्पनीलाई फिर्ता गरिदिने बताएका थिए तर हाल त्यही मल आयातकर्ता ठेकेदार कम्पनीसँगको मिलोमतोमा साल्ट ट्रेडिङ्गले बोरा रि-प्याकिङ्ग गरि विक्री गरेको बताइएको छ ।

नेपाल सरकारले मल आयात गर्ने ठेकेदार कम्पनीसँग गरेको सम्झौता अनुसार सुरक्षित तरिकाले गोदाममा मल आए पश्चात चेकजाँच गरेर मात्रै भुक्तानी गर्ने गरिएको र गुणस्तरमा कमी पाए भुक्तानी नहुने बताएपनि हाल त्यही भिजेको गुणस्तरहीन मल साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले नै विक्री गरेको छ ।

यसबारे साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, वीरगंजका प्रादेशिक प्रमुख अमोज लामिछानेले भिजेको युरिया मल आधा मूल्यमा विक्री गरेको आफै स्वीकारेका थिए । उनले भिजेर आएको युरिया मल किसानलाई नभई अन्य रुखविरुवा, पोखरी लगायतमा प्रयोग गर्नको लागि विक्री गरिएको बताएका थिए । उनले नेपाल सरकारले कृषकलाई वितरण गरिने मलमा मात्रै अनुदान दिने भएको कारण भिजेको मलको सरकारले अनुदान पनि नदिने र यस नियमानुसार नै आधा मूल्यमा विक्री गरिएको बताएका थिए । तर उनले आयात गर्ने ठेकेदारसँग मिलोमतो गरि भिजेको मल नै रि-प्याकिङ्ग गरि विक्री गरेका थिए ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडमा आउने मल वितरणमा कार्यालय प्रमुख अमोज लामिछानेले मनोमानी गर्ने गरेका छन् । युरिया, डिएपी भन्दा पनि पोटासमा कोटा सिस्टम नभएको कारण कार्यालय प्रमुख लामिछानेले आफ्नो मनोमानी तरिकाले पोटास वितरण गर्ने गरेको बताइएको हो । बारा, पर्सा र रौतहटका कृषि सहकारीहरुले यहीबाट मल उठाउने गरेका छन् । त्यसै क्रममा पोटास मलमा कोटा सिस्टम नभएको कारण कार्यालय प्रमुखले आफ्नो मनोपोली तरिकालबाट मल दिने गरेको सेवाग्राहीहरुको आरोप छ ।

यति मात्रै होइन, कार्यालय प्रमुख लामिछानेले गहुँको वीउ वृद्धिमा पनि घोटाला गर्ने गरेका छन् । किसानलाई गहुँको वीउ वृद्धि गर्नको लागि नेपाल सरकारले मल, वीउमा अनुदान दिने गरेको छ तर त्यो मल, वीउ किसानसम्म पुग्दैन, त्यो मल डिलरवालाहरुलाई विक्री गर्ने गरेको बताइएको छ । कुन किसानले साल्ट टे्रडिङ्गको वीउ वृद्धि गरेको हो, त्यसको कुनै तथ्याँक छैन, तर कमिशनको लागि उनले कृषकलाई नभई मल, वीउ डिलरलाई मल, वीउ विक्री गर्ने गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि