Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

शिक्षा प्रणालीमा निजी विद्यालयको योगदान महत्वपूर्ण, शिक्षा नीतिको त्रुटिलाई सच्याउनुपर्छ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २०, २०८०
शिक्षा प्रणालीमा निजी विद्यालयको योगदान महत्वपूर्ण, शिक्षा नीतिको त्रुटिलाई सच्याउनुपर्छ

वीरगंज (पर्सा), २० फागुन । प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामाले नेपालको शिक्षा प्रणालीमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका छन् । वीरगंज महानगरपालिका वडा नं. १० अशोकवाटिका स्थित माउन्ट मकालु इङलिस बोडिङ्ग स्कुलको २७ औं वार्षिकोत्स तथा सांस्कृति कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले नेपालको शिक्षा प्रणालीमा निजी विद्यालयको धेरै योगदान रहनुको साथै गुणस्तरीय शिक्षासंगै अतिरिक्त क्रियाकलापमा समेत महत्वपूर्ण भुमिका खेल्न सफल भएको बताए ।

उनले निजी विद्यालयले अभिभावकहरुको भावनालाई राम्ररी बुझेको र सोही अनुसार बालबालिकाहरुलाई हेरचाह गर्ने काम समेत गर्दै आएकोले अभिभावकले पनि आफ्नो बालबालिकाको भावनालाई बुझेर उनीहरुले चाहे अनुसार शिक्षासँगै खेलकुद क्षेत्रमा अगडि बढ्न साथ दिनुपर्ने बताए । आफ्नो सपना बालबालिकाहरुमाथि नथुपार्न उनले आग्रह गरे । अभिभावकले आफ्नो बालबालिकालाई डाक्टर, इन्जिनियर बनाउने सपना जबरजस्ती नलादी उनीहरुको भावना बुझी उनीहरुको लक्ष्यप्रति सफलता हासिल गर्न साथ दिनुपर्ने बताए । लामाले मुलुकको शिक्षा नीतिमै त्रुटिहरु रहेको वताउँदै त्यसलाई सच्याउन पनि जरुरी रहेको वताए ।

कार्यक्रममा समाजिक अभियान्ता एवम् जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले विद्यालयहरुले विद्यार्थीहरुलाई संस्कार र सीप मुलक शिक्षा दिनु पर्ने वताए । उनले अबको पुस्तालाई शिक्षासँगसँगै संस्कार एवं सीपहरु सिकाउन जरुरी रहेको वताए । बद्लिँदो आधुनिक युगसँगै शिक्षाको साथसाथै सीपको पनि उत्तिकै महत्व रहेकोले विद्यालयहरुले शिक्षासँगै सीप सिकाउनुपर्ने कुरामा जोड दिए । अहिलेका बालबालिकाहरु मार्कसिट प्रतिस्पर्धाको लागि किताबी ज्ञानमा मात्रै ध्यान दिने गरेको कारण आफ्नो सँस्कारहरु विर्सिदै गएका छन्, मानिसको जीवनमा किताबी ज्ञानको साथसाथै सँस्कार पनि उत्तिकै महत्वपूणर् रहेकोले विद्यालयहरुले बालबालिकाहरुलाई सँस्कार सिकाउनुपर्ने बताए ।

कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले विभिन्न किसिमका संस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए । विद्यालयमा अध्ययनरत कार्यक्रममा कक्षा ४ का बालबालिकाहरुले मोबाइलको प्रयोगले बालबालिकाहरुमा पर्ने असरबारे नाटक समेत प्रस्तुत गरेका थिए । अहिले सबैले मोबाइल फोन प्रयोग गर्ने गरेको र आफ्नो कामको लागि बालबालिकाहरुलाई ध्यान नदिई मोबाइल दिने गरेको कारण बालबालिकाहरुको मन मष्तिक्षमा मोबाइल प्रयोगले गर्ने असरबारे नाटक प्रस्तुत गरेका थिए । विद्युतीय उपकरण (मोबाइल, ट्याब, ल्यापटप आदि) को अधिक प्रयोगले बालबालिकाको आँखाको ज्योति कमजोर हुने, दिमागमा असर पर्ने,

समयमा नसुत्ने, खानपान तथा दिसापिसाबमा ध्यान नदिने, एकान्तमा बस्न मन पराउने, झिज्याहट हुने, साथीहरुसँग घुलमिल नहुने, एकै स्थानमा बसिरहँदा रक्त सञ्चारमा प्रतिकुल प्रभाव पर्ने, बालबालिकामा अटिजम, शारिरीक तथा मानसिक अपाङ्गतासमेत हुन सक्ने भएकोले बालबालिकालाई विद्युतीय उपकरणको अधिक प्रयोगबाट हुने जोखिमबाट बचाउन सन्देश दिने उद्देश्यले नाटक प्रस्तुत गरिएको थियो ।

स्कुलका प्रधानाध्यापक राहुल श्रीवास्तवको सभापतित्वमा आयोजित कार्यक्रममा प्याब्सन मधेश प्रदेशका प्रमुख सल्लाहकार मणि पाख्रिन, सल्लाहकार लालबाबु पटेल, प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधान, बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, प्रेस सेन्टरका केन्द्रिय सदस्य जगत राई, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, उपाध्यक्ष हरिशंक शर्मा, वीरगंज युवा समाजका कमल चोलागाई, कञ्चनजंघा माविका प्रबन्ध निर्देशक मार्टिन मोक्तान, लिटल बडी प्रि स्कुलका प्रिन्सपल विजय बाल, सनसाइक स्कुलका प्रिन्सपल, अमित आलोक, वीरगंज महानगरपालिकाका सुनिल कुर्मी, पत्रकार दिपु वणर्वाल, अर्जुन गुप्ता, अजित भुजेल लगायतको उपस्थिती रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

भदौ ८, २०८३
शैक्षिक गुणस्तर अभिवृद्धि गर्न ठाराब क्याम्पस र आईआईटीएमबीच सम्झौता

टीयू परीक्षा केन्द्रमा विभेदः ठाराबका विद्यार्थीलाई २० किलोमिटर, निजी कलेजलाई ‘होम सेन्टर’ !

भदौ ८, २०८३
विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३
मधेशमा अपाङ्गता भएका बालबालिकाको विद्यालय पहुँच कमजोर

मधेशमा अपाङ्गता भएका बालबालिकाको विद्यालय पहुँच कमजोर

भदौ ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि