Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भारतीय रेल्वेले एक साता नेपालतर्फको लोडिङ रोक लगायो, आयातकर्ता ८ महिनादेखि सास्ती खेप्दै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १९, २०८०
कन्टेनर चोरी प्रकरण : सिपिङलाइन कम्पनीद्वारा कन्टेनरको खोजी सुरु, अरु पनि चोरिएको आशंका

वीरगंज (पर्सा), १९ फागुन । भारतको रेल्वे सञ्जालसँग जोडिएको नेपालको एकमात्र तथा पहिलो सुक्खा बन्दरगाह सिर्सिया सुक्खा बन्दरगाहका लागि भारतीय रेल्वेले २३ फेब्रुअरी मध्यरातदेखि २९ फेब्रुअरी मध्यरातसम्म एउटा पनि रेल्वे र्‍याक लोडिङ गर्न दिएन । रेल मार्ग नै नपाएपछि भारतीय रेल्वेको आफ्नो मात्र नभई सिर्सिया सुक्खा बन्दरगाहमा रेल सेवा सञ्चालन गर्दै आएका कोंकर, हिन्द टर्मिनल्स, प्रिस्टिन, जेएम बक्शी, डीपी वर्ल्डका रेल्वे र्‍याकहरु पनि कामविहीन भए ।

वीरगन्ज उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष माधव राजपाल यसबर्ष करीब ८ महिना अघिदेखि यो समस्या पटक-पटक देखिएको र यसले नेपाली आयातकर्तालाई बढी मर्का परेको बताउँछन् । ‘नेपाली आयातकर्ताले विशेष गरी तेस्रो मुलुकबाट मालवस्तु आयात गर्न ट्रान्जिटको रुपमा भारतीय रेलमार्ग प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा भारतीय पक्षले नेपाली मालवस्तुलाई प्राथमिकता दिनुपर्ने हो, तर त्यसो भईरहेको छैन ।’

संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम नेपाली आयातकर्ताहरुको ठूलो संख्या भारतीय रेल्वेसँग जोडिएकोमा भारतीय पक्षले नेपालतर्फको रेल्वे मार्गलाई सहज र निर्वाध बनाउनु पर्ने बताउँछन् । ‘लामो समयदेखि भारतीय रेल्वेको कारण हामीले भोगीरहेको यो समस्या अबिलम्ब समाधान गरिनु पर्छ,’ उनले भने, ‘तुलनात्मक रुपमा रेलबाट ढुवानी सस्तो र सहज हुने भएकाले नेपाली आयातकर्ताले विशेष गरी तेस्रो मुलुकबाट मालवस्तु आयात गर्दा कन्टेनर तथा अन्य वस्तु ढुवानीका लागि भारतीय रेलनै रुचाउने गरेका छन् ।’

यता सिर्सिया सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिष्टिन भ्याली स्रोतले भारतीय रेल्वेले बिहिबारदेखि वीरगन्जका लागि लोडिङ खुल्ला गरेपनि एक साता लामो अवरोधले भारतीय रेल्वेमार्गमा झनै ट्राफिक जामको समस्या बढाउने बतायो ।

‘अहिले विशाखापटनम् बन्दरगाहमा ५ सय र कोलकाता बन्दरगाहमा ३ सय गरी नेपाली आयातकर्ताका ८ सय कन्टेनर भारतीय बन्दरगाहहरुमा थन्किएका छन्,’ नाम उल्लेख नगर्ने शर्तमा प्रिष्टिन भ्यालीका एक अधिकारीले भने, ‘एकैसाथ लोडिङ खुल्ला गरेर रेल्वे र्‍याक रेल मार्गमा गुडेपछि स्वाभाविक रुपमा फेरि पनि रेल मार्गमा ट्राफिक जाम बढन जान्छ, यसले भारतदेखि नेपालसम्म रेल्वको चक्रिय प्रणालीमा अवरोध खडा हुन जान्छ, नेपालको आवश्यकता हेरेर भारतीय रेल्वेले साथ र सहयोग गर्नु पर्छ ।’ रेल्वेमा समस्या भएपछि नेपाली आयाकर्ताले स्थल मार्गबाट ट्रकमा कन्टेनर तथा अन्य मालबस्तु ढुवानी गरेर ल्याउदा ढुवानी लागत नै बढ्न जान्छ ।

भारतीय रेल्वेको पटकपटकको अवरोधको कारण पछिल्लो ८ महिनायता वीरगन्ज आउने मालबाहक रेलकै संख्या घट्दो क्रममा रहेको प्रिस्टिन भ्यालीका ती अधिकारीले बताए । ‘विगतमा दैनिक २० देखि २५ रेल्वे र्‍याकको सिर्सिया सुक्खा बन्दरगाहमा आवागमन रहेकोमा हाल भने दैनिक ८ देखि ९ वटा सम्ममा झरेको छ,’ उनले भने, ‘नेपालको हालको कमजोर अर्थतन्त्रलाई दृष्टिगत गरी भारतीय रेल्वेले नेपाललाइ प्राथमिकता र सहयोग गर्नुपर्ने बेला यही हो ।’

भारतीय रेल्वेको आन्तरिक समस्याले नेपाल तर्फको ढुवानी अवरुद्ध हुदा बिशेष गरी नेपालमा कृषि याममा रासायनिक मलको ढुवानी प्रभावित भई नेपालमा मलको अभाव समेत हुने गरेको छ । साभार : कान्तिपुरबाट

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि