Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘मधेसमा नयाँ विद्रोह गर्ने तयारीमा’ सीके राउतदेखि राजेन्द्र महतोसम्म….. !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १५, २०८०
‘मधेसमा नयाँ विद्रोह गर्ने तयारीमा’ सीके राउतदेखि राजेन्द्र महतोसम्म….. !

वीरगंज (पर्सा), १५ फागुन । २०७२ सालमा नयाँ संविधान जारी हुँदै गर्दा तराई मधेसका जिल्ललाहरुमा ठूलो विद्रोह भएको थियो । मधेसवादी दलहरुको आन्दोलनलाई समर्थन जनाउँदै अघोषित नाकाबन्दी नै गरेको थियो । संविधानप्रति असन्तुष्ट जनाएको मधेसले अहिले पनि संविधान संशोधनको मागलाई काममै राखेको छ । तर मधेसवादी दलहरुको विभाजनका कारण आन्दोलन उठान हुन सकेन । पछिल्लो समय सीके राउतले ‘स्वतन्त्र मधेस’को भन्दै राज्य विखण्डनको नारा लगाए । मधेस विद्रोहबाट उदाएका सीके राउत यतिबेला संसदमा छन् । मधेसका अन्य दलहरुलाई जनताले पत्याउन छाडेका छन् । अब फेरि कुनै न कुनै रुपबाट मधेसमा आन्दोलन उठाउने प्रयास भने जारी नै छ ।

६२/६३ को जनआन्दोलनपछि संघीयताको लागि मधेसले भीषण विद्रोह गर्यो । पहिचान र संघीयताको पक्षमा भएको आन्दोलनहरु मध्ये मधेस विद्रोह नै उच्च विद्रोहको रुपमा खडा भयो । पहिचानको पक्षमा प्रदेश नामाकरण गर्न मधेस सफल भए पनि अन्य मुद्दाहरु भने थाती नै छन् । त्यसैले मधेसमा पटक पटक विद्रोहका श्वरहरु घन्किरहेका छन् । मधेसी जनताको मुक्तिको आवाज उठाएर थुप्रै मधेसी नेताहरु सांसद छिरे । राष्ट्रपतिदेखि उपप्रधानमन्त्री हुँदै थुप्रै मन्त्रीहरु मधेसले पाए पनि जनताले त्यसको प्रत्याभूति गर्न पाएका छैनन् । मधेसका मुद्दा बोकेर थुप्रै उदाएका छन् ।

पछिल्लो पटक स्वतन्त्र मधेसको मुद्दा उठाएर चर्चामा आएका सीके राउत पनि अहिले संसदमा छन् भने उनको दल सत्तामा छ । सत्ता गठबन्धनमै रहेका उनी मधेस अझै पनि हेपिएको आवाज संसदमा उठाइरहेका छन् । स्वतन्त्र मधेसको आन्दोलन हुँदै किसान आन्दोलन चर्काएर मधेसमा नयाँ आन्दोलनको विजारोपण गरेका राउत अहिले फेरि नौलो गणतन्त्रको आवाज उठाउँदै तेस्रो जनआन्दोलनको तयारीमा छन् । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै राउतले आइतबार मात्रै नौलो गणतन्त्रका लागि जनआन्दोलन गर्ने घोषणा गरेका थिए ।

राउतले आन्दोलन घोषणा गरेको भोलिपल्ट सोमवार मधेसका अर्का नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गर्दै मुक्ति क्रान्ति अभियान घोषणा गरेका छन् । उनले फेरि बहुल राष्ट्रको आवाज उठाएका छन् । नेता महतोले मात्र होइन, मधेसका अधिकांश राजनीतिक राजनीतिक दलका नेताहरुले राष्ट्रिय दलका नेताहरूको स्वेच्छाचारी र तानाशाही प्रवृत्ति रहेको भन्दै आलोचना गर्दै गर्ने गरेका छन् । मधेसी जनताको आवरणमा उदाएका नेताहरु आफूलाई मधेसका मसिहा ठान्ने ठान्ने गरेका छन् । सधैं सधैं मधेसका जनतालाई आन्दोलनमा होमेर आफ्नो स्वार्थको रोटी सेक्ने काम गरिरहेका छन् । मधेसी जनतालाई ढाल बनाएर सत्ताको स्वाद चाखिरहने नेताहरुलाई भने मधेसी जनता चिन्न जरुरी छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक साइकल र्‍याली

विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक साइकल र्‍याली

जेष्ठ २०, २०८३
जग्गा विवाद उग्र रूप लिँदा सामुहिक आक्रमण, घटनाको सत्यतथ्य छानविन गर्न दुबै पक्षको माग

जग्गा विवाद उग्र रूप लिँदा सामुहिक आक्रमण, घटनाको सत्यतथ्य छानविन गर्न दुबै पक्षको माग

जेष्ठ २०, २०८३
एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरी असई र युवती काभ्रेको जंगलमा मृत फेला

एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरी असई र युवती काभ्रेको जंगलमा मृत फेला

जेष्ठ २०, २०८३
आ.व. २०८३/०८४ को बजेटमा पनि परेन कमला पुल, सरकारप्रति जनताहरुको बढ्यो आक्रोश

आ.व. २०८३/०८४ को बजेटमा पनि परेन कमला पुल, सरकारप्रति जनताहरुको बढ्यो आक्रोश

जेष्ठ २०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि