Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

समाजिक सद्भाव बिथोल्न खोज्ने दुष्प्रयासलाई विफल पार्न सामुहिक प्रयास गर्ने सर्वपक्षीय निणर्य

वीरगंजमा जारी गरिएको कर्फ्यू आदेश हटाउन राजनीतिक दलको माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ८, २०८०
समाजिक सद्भाव बिथोल्न खोज्ने दुष्प्रयासलाई विफल पार्न सामुहिक प्रयास गर्ने सर्वपक्षीय निणर्य

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ८ फागुन । जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले वीरगंजमा सदियौंदेखि कायम जातजाति, भाषा, धर्म, समुदायबिचको एकतालाई अझ मजबुत बनाउने निणर्य गरेको छ । वीरगन्जमा दुई फरक धर्म समुदायबिचको द्वन्द्वका कारण सोमबारदेखि उत्पन्न तनावलाई साम्य पार्न मंगलबार बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले नेपाली जनताबीचको सु-सम्बन्ध र एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्न सामुहिक प्रयास गर्ने निणर्य समेत गरेको छ ।

बैठकमा वीरगंजमा रहेको धार्मिक स्थलहरुमा नाराबाजी, जुलुश लगायतका विरोधका कार्यक्रम नगर्ने नगराउने र यस्ता किसिमका गतिविधि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई सहयोग गर्ने सहमतिपनि भएको बैठकमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । यसैगरी खुल्लमखुल्ला रुपमा डिजे बजाउने र चर्को स्वरमा माइक बजाउने, राँके जुलुश, लाठीभाला सहितको जुलुश निकाल्ने लगायतका क्रियाकलाप गर्ने विरुद्ध कानुन बमोजिम कारबाही गर्न प्रशासन समक्ष अनुरोध गर्ने र यसमा सबै दलले सहयोग गर्ने सहमित पनि उनको भनाई छ ।

जिल्लाको शान्ति सुरक्षा र अमन चयनलाई खलल पर्ने किसिमका धार्मिक र सामाजिक सदभाव बिगार्ने एंव द्वन्दलाई उस्काउने प्रकारका अवाञ्छित गतिविधि साथै धार्मिक, सम्प्रदायिक र्‍याली, जुलुश, बन्द हड्ताल लगायतका गतिवधि कुनैपनि संघसंस्था र समुदायले नगर्ने र यसमा सबै दल, नागरिक समाज र संघसंस्थाले सहयोग गर्ने सहमित बैठकमा भएको लम्सालले बताए । यस्तै सामाजिक सञ्जालमा कुनैपनि जातजाति, धर्म वा समुदायलाई लक्षित गरी नकारात्मक कुराहरु पोष्ट गर्ने गराउने उपर प्रशासनले कडा कारबाही गर्ने निणर्यपनि भएको उनको भनाई छ ।

यता बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले सामाजिक सद्भाव विगार्न खोज्ने र त्यसलाई सहयोग गर्नेहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् । नेकपा एकिकृत समाजवादी पार्टीका वीरगंज महानगर अध्यक्ष मनोज चौधरीले अन्य ठाउँको विवादलाई लिएर वीरगंजमा जातीय दंगा भड्काउने कार्य भइरहेकोले यसलाई तत्काल रोक्नुपर्ने बताउँदै वीरगंजमा लागु गरिएको कर्फ्यू हटाउनुपर्ने माग गरे ।

जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले केही उत्श्रृङ्खल समूहले अराजक गतिविधिहरु गरि रहेका छन्, उनीहरुको पहिचान गरि कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । साथै अराजक गतिविधि गर्ने क्रममा पक्राउ परेकाहरुलाई छुटाउन आउने अथवा सिफारिस गर्ने राजनीतिक दलका व्यक्तित्वहरुलाई पनि नाङ्गो पार्नुपर्ने उनको भनाई छ ।

यसैगरि जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवले रौतहटको मुद्दालाई लिएर वीरगंजमा जातीय सद्भाव विगार्न खोज्नु दुःखद पक्ष रहेको भन्दै कुनैपनि धार्मिक कार्यमा हतियार सहित जुलुस निकाल्ने कार्य रोक्नुपर्ने बताए । उनले हातहतियार सहित जुलुस निकाल्नुले सामाजिक सद्भाव विगार्ने काम हुने भएकोले सर्वपक्षीय बैठकबाट भएको निणर्यलाई कार्यन्वयन गराउन सबैले सहयोग गर्नुपर्ने बताए ।

गत फागुन ३ गते विहीबार रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर सोमबार वीरगंजमा निकालिएको विरोध जुलुसको क्रममा विवाद भई झडपको स्थिति हुँदा सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै फागुन ७ गते साँझ ५ बजेदेखि वीरगंजमा जारी गरिएको कर्फ्यू गरिएको थियो । नागरिकको सेवा सुविधालाई मध्यनजर गर्दै सोमबार अबेर राति जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गर्दै मंगलबार बिहान ६ बजे देखि १० बजे सम्म ४ घण्टाका लागि खुल्ला गरेको थियो भने १० बजेदखि भने कर्फ्यू आदेश पुनः कायम रहको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि