Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रेम सम्बन्धको कारण छोरीको विभत्सव हत्या, बुवाले नै शरीर र टाउको छुट्याउन लगाएका थिए….!

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १६, २०८०
प्रेम सम्बन्धको कारण छोरीको विभत्सव हत्या, बुवाले नै शरीर र टाउको छुट्याउन लगाएका थिए….!

वीरगंज (पर्सा), १६ माघ । बाराको फेटा गाउँपालिका वडा नं. १ त्रिवेणी टोल निवासी हरिन्द्र महतोले आफ्नै छोरीको विभत्सव हत्या गरेको घटना खुलासा भएको छ । तल्लो जातको युवकसँग प्रेममा रहेको गाउँमा हल्लाभएपछि महतोले अन्दाजी १६ वर्षीय आफ्नै छोरीलाई विभत्सव हत्या गरि पर्साको जगरनाथपुर स्थित खोलामा फालेको रहस्या बाहिरिएको हो । पर्सा प्रहरीले गत साउन १३ गते अन्दाजी १६/१७ वर्षको युवतीको विभत्सव अवस्थामा शव फेला पारेको थियो । जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुल नजिकै इमृतिया खोला किनारमा शरीर र टाउको छुट्टा छुट्टै गरी ५० मिटरको दुरीमा फालिएको अवस्थामा फेला परेको शवबारे साढे ५ महिना लामो अनुसन्धानपछि हत्यामा बुबा आफ्नै बुवाको संलग्नता रहेको रहस्या खुलेको हो । हत्या गर्ने बुवा महतोलाई बारा प्रहरीले पक्राउ गरि अनुसन्धान कार्य जारी राखेको छ ।

महतोले खेताला खोजेर आफ्नै माईली छोरी कोशिला कुमारीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार तल्लो जातको युवकसँग प्रेममा रहेको कुरा गाउँँभरी हल्ला भएपछि २ जना सहयोगी खोजेर छोरीको हत्या गरि शरीर र टाउको छुट्याएर खोलामा फाल्न लगाएको महतोको बयानबाट खुलेको बताए । प्रेमको कुरा गाउँभरि हल्ला भएपछि गाडीमा राखेर आफैँसमेत मिलेर हत्या गरेको र शवको शरीर र टाउको छुट्याएर इमृतिया खोला किनारमा फालेको पक्राउ परेका महतोले स्वीकारेको डिएसपी न्यौपानेले जानकारी दिए ।

शंकास्पद बयानले खुल्यो छोरी हत्याको पोल
पर्सा प्रहरीले कोशिला कुमारीको शव साउन १३ गते बरामद गरेको थियो, तर दोषीको कुरा छाडौं शव पनि पहिचान गर्न सकेको थिएन । छेउछाउँदेखि सीमावर्ती भारतीय सहरसम्म पनि शव कसको हो भन्नेबारे पत्ता लगाउन प्रहरी लागि परेको थियो । पर्सा प्रहरीले दुई महिनासम्म पनि शवबारे केही सुराकी पाएन् । त्यो पर्सा प्रहरीको लागि टाउको दुखाई पनि बनेको थियो । हत्या भएको दुई महिनासम्म शवको पहिचान हुन नसक्नु प्रहरीको लागि पनि चुनौति नै थियो । प्रहरीले शवको थप पहिचानका लागि काठमाडौँको टिचिङ अस्पताल पठाएको थियो ।

घटना पर्साको भएपनि सिमावर्ती जिल्ला बारा र पर्सा प्रहरीले शंका लागेको विभिन्न गाऊँ चोकमा दर्जनौँ व्यक्तिसँग शवको बारेमा शोधखोज गरेको थियो । तर शव फेला परेको ६ महिनापछि बारा प्रहरीले फेटा गाऊँपालिकाको त्रिवेणी टोलमा बस्ने हरिन्द्र महतोका छोरी कोहिसँग फरार रहेको भन्दै गाईँगुईँ सूचना पायो । उक्त सूचनालाई पछ्याउँदै जाँदा बाबु हरिन्द्र महतोसँग सोधपुछ गर्दा छोरी भागेको हुनसक्ने बयान थिए । घरबाट भागेर बिहे गरेको तर ६ महिनासम्म कुराकानी नभएको भन्ने सूचनापछि प्रहरीले बाबुको बयानमै शंका गर्यो । अनुसन्धानमा कोशिला कुमारीको चिनजान भएकाहरुसँग बुझ्दा भागेको भन्दा पनि बेपत्ता पारिएको सूचना प्रहरीले पाए ।

त्यो सूचना र यता बारा प्रहरीले टाउको र शरीर फालिएको भनिएको शवसँग तुलना गर्दा उमेर उस्तै उस्तै भएको तथ्य फेला पार्यो । त्यसपछि प्रहरीले १ सय ५९ औँ दिनमा छोरीको फोटो र हत्यागरी फालिएको शवको फोटो तुलना गर्दा एउटै रहेको फेला पारे । त्यसपछि थप अनुसन्धान गर्दै जाँदा महतोले छोरीलाई आफू सहित २ जना सहयोगी लगाएर हत्या गरेको स्वीकारे । हत्या गर्ने महतो अहिले बारा प्रहरीको हिरासतमा छन् । छोरीको हत्या लुकाउन महतोले छोरी भागेर बिहे गरेको हुनसक्ने भन्दै उनलाई परिवारले अस्वीकार गरेकोले खोजी नगर्ने बताउने गरेका थिए । तर प्रहरीको कडा अनुसन्धानबाट बुवाले छोरीको हत्या गरेको पोल खुल्यो । प्रहरीले थप २ जना सहयोगीको खोजतलास गरि रहेको बताइएको छ ।

प्रेम सम्बन्धको कारण हत्या
दैनिक ज्यालादारी र आफ्नै थोरै जमिनमा खेतीपाती गरेर जीविकोपार्जन गर्ने हरिन्द्र महतोको २ छोरीसहित, एक छोरा र श्रीमतीसहितको ५ जनाको परिवार थियो । परिवार पाल्न दैनिक श्रम गर्ने हरिन्द्रले कमजोर आर्थिक अवस्थाका कारण माइली छोरी कोशिला कुमारीलाई मामा घरमा राखेर पढाएका थिए । महतो हाट बजारमा तरकारी बेच्न जाँदा छोरीले बैठासँग प्रेम सम्बन्ध राखेको हल्ला सुनेका थिए । छोरीले तल्लो जातको युवकसँग लागेको गाउँटोलमा हल्ला गरेपछि आफूलाई एकदमै चित्त दुःखेको र ति युवकसँग नलाग्न पटक-पटक छोरीलाई भन्दा पनि नमानेपछि हत्याको योजना बनाएको महतोले स्वीकारेको प्रहरीको भनाई छ ।

गाउँटोलमा छोरीको प्रेम सम्बन्धबारे ब्यापक हल्ला चल्न थालेपछि बाध्य भएर साउन ११ गते २ जना सहयोगीसँग मिलेर छोरीलाई गाडीमा लगेर गाडीमै हत्या गरी हत्यालाई लुकाउन जिल्ला पार गरि पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुल नजिकै इमृतिया खोला किनारमा शरीर र टाउको छुट्टा छुट्टै गरी ५० मिटरको दुरीमा फालेको महतोले स्वीकारेको डिएसपीको न्यौपानेले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३
भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भदौ १२, २०८३
भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि