Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भिजिट भिसाका नाममा मानव तस्करी : अध्यागमन अधिकृत खड्काको पोलिग्राफ जाँच

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १५, २०८०
भिजिट भिसाका नाममा मानव तस्करी : अध्यागमन अधिकृत खड्काको पोलिग्राफ जाँच

काठमाडौं, १५ माघ । भिजिट भिसाका नाममा मानव तस्करी गर्न सहयोग गरेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काको पोलिग्राफ जाँच गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको प्रारम्भिक बयान र जिल्ला प्रहरी परिसर, टेकुमा दिएको बयानमा एकरुपता नदेखिएपछि उनको पोलिग्राफ जाँच गरिएको एक प्रहरी अधिकृतले बताए ।

अनुसन्धानका क्रममा आरोपीले झुठ बोलेको वा नबोलेको पत्ता लगाउन शारीरिक प्रतिक्रिया परीक्षण गर्ने गरिन्छ । खड्काको पोलिग्राफ जाँचका क्रममा ‘कैफियत’ फेला परेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । यो विषयलाई समेत समावेश गरेर प्रहरीले आइतबार रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई बुझाएको छ ।

प्रहरी स्रोतका अनुसार, खड्काले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई दिएको प्रारम्भिक बयानमा भिजिट भिसाका लागि विमानस्थलमा रहेको सहजिकरण समितिलाई ‘घुस समिति’ भनेका थिए । र, त्यसमा रहेका सबैसमक्ष भिजिट भिसामा विदेश पठाउने गिरोहको पैसा पुग्ने बताएका थिए ।

कार्यालयले उनको प्रारम्भिक बयानका भिडियो रेकर्ड समेत गरेको थियो । तर, जिल्ला प्रहरी परिसर, काठमाडौंले सरकारी वकिलको रोहबरमा लिएको बयानमा उनले धेरै कुरा परिवर्तन गरेका थिए । ‘उनले अध्यागमनका सबैसमक्ष पैसा पुग्ने बताएका थिए, आफू पक्राउ परेपछि को–कोले कस्तो प्रक्रिया जनाए त्यसबाट पनि को को मुछिन्छन् भन्ने थाहा हुन्छ भनेका थिए’, एक अधिकृतले भने, ‘सरकारी वकिलको रोहबरमा भएको बयानमा उनले एकदमै थोरै कुरा मात्र बोलेका थिए ।’

यद्यपि, उनले ७ जना अधिकृतको नाम भने बयानमा लिएका थिए । सरकारी वकिलले उनीहरुलाई समेत प्रतिवादी बनाएर ल्याउन भनेपछि प्रहरीले थप ७ जनालाई प्रतिवादी बनाएको छ । यसअघि नै प्रहरीले अर्का अधिकृत ताराबहादुर कुँवरलाई पक्राउ पूर्जी जारी गरेर खोजी गरिरहेको थियो ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, गिरोहका सदस्यहरुसँग प्रत्यक्ष रुपमा पहिले कुँवर र उनीपछि खड्का संलग्न हुने गरेका थिए । ‘त्यसैले अरु अधिकृतहरुको प्रत्यक्ष प्रमाण फेला नपरेको हो, तर उनको बयानमा सबै विवरण खुल्ने परिस्थिति छ’, अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन् । संगठित अपराधमा ६० दिनसम्म अनुसन्धानपछि प्रहरीले ९ कर्मचारीसहित २२ जनालाई प्रतिवादी बनाउँदै राय पठाएको छ ।

अधिकृतहरुका अनुसार, रायमा नरवीरको कसूर पुष्टि हुने प्रशस्त आधारहरु छन् । ‘मोबाइलको विवरण, सीडीआर लगायतका विषयले उनले पैसा लिएको पुष्टि हुन्छ’, एक अधिकृतले भने, ‘उनी पक्राउ पर्दा समेत दुई लाख रुपैयाँ बरामद भएको थियो ।’ उनको साथबाट बरामद मोबाइल लिएर जाँच गर्दा प्रहरीले ६६ जना युवाको सूची समेत फेला पारेको थियो, जो हालसालै विभिन्न मुलुक उडेका थिए । यो समाचार अनलाइनखबरबाट साभार गरिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३
भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भदौ १२, २०८३
भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि