Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइयो : पुर्व राजा ज्ञानेन्द्र शाह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १४, २०८०
हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइयो : पुर्व राजा ज्ञानेन्द्र शाह

वीरगंज (पर्सा), १४ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताउनु भएको छ । वीरगंज स्थित लालबंगला परिसरमा शनिवार आयोजित पुर्व राजा शाहको नागरिक अभिनन्दन समारोहलाई भावुकपुर्ण सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो । उहाले यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि भएको बताउदै आत्मीय अग्रजहरु गुमाएको अवस्थामा आफूले पुग नपुग ७ वर्ष राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेको स्मरण गर्नु भयो भयो ।

उहाले अप्ठ्यारो परिस्थितिमा देशको थप बर्बादी नहोस् भन्ने मान्यता राखेर आफूले काम गरेको बताउदै दरबार हत्याकाण्डलाई विनाशकारी, कहाली लाग्दो र सम्झन पनि मन नपराउने अवस्था भन्दै उहाले राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रो परिवारमाथि घातक प्रहार पनि गरेका थिए भन्नु भयो । पुर्व राजा शाहले दरबार हत्याकाण्डको प्रत्यक्षदर्शी हुंदाहुंदै अज्ञानता र छलका कारण अझ पनि मानिसहरु बहकिरहेको भन्दै यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो भन्नु भयो ।

सम्बोधनका क्रममा उहाले २९ जेठ २०६५ मा नारायणहिटी दरबार छाडेको क्षण पनि सम्झिदै त्यसबेला आफूले आमसञ्चार माध्यममार्फत नेपालमै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु भनेको उल्लेख गर्नु भयो । त्यसबेला नै राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहंदा देशमा विषम परिस्थिति बन्छ र त्यसको वेथितीबाट आम जनतामा आक्रोश पैदा हुन्छ भन्ने आंकलन गरेको भन्दै उहाले आज त्यो असन्तोष, चासो, चिन्ता छलाछुल्ल छ भन्नु भयो । राजपाठ त्याग गर्दैगर्दा आफूले व्यक्त गरेको राष्ट्रप्रेम, राष्ट्रियता, प्रजातान्त्रिक प्रतिवद्धता सम्झिरहेको भन्दै उहाले त्यसै आशय अनुरुप मैले चीरकाल र यन्त्र सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिए भन्नु भयो ।

पुर्व राजा शाहले अहिले पनि आफूहरु देशमै रहेको र गौरब गाथा गाइरहेको बताउनु भयो । उहाले आफ्नो मौलिकता र अस्तित्व गुमाएर, अनि सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुंदैन भन्ने आफ्नो अडान रहेको भन्दै राज्य व्यवस्था, राजनीति, अर्थ व्यवस्था र सामाजिक दुरबस्थाको राम्रो मूल्यांकन गरेर सबैको सुधार, विकास र निकासको बाटोमा लाग्नुपर्नेमा जोड पनि दिनु भयो । देश बनाउन र देश बचाउन आफूहरुलाई निरन्तर आहृवान भइरहेको भन्दै उहाले पूर्खाको पौरख नभुल्न र आफ्नो जन्मभूमिका लागि मरिमेट्न सबैलाई आग्रह पनि गर्नु भयो ।

उहाले दुःखका साथ भन्नुपर्छ, आज हाम्रो देश हिमाल पहाड तराई सबै उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यको अवस्थातिर खस्किएको छ, विकास, उत्थान र समस्याको निवारण आफैंले गर्नुपर्ने भन्दै पूर्वराजा शाहले यो अवस्थाको अन्त्य गर्नै परेको छ भन्नु भयो । यसका निम्ति अब सोच्ने बेला आयो भन्दै भूगोल, जातजातिमा खण्डित, विभेद, विखन्डन र निषेधको राजनीति नगर्न आग्रह पनि गर्नु भएको छ । तराई मधेशको वर्तमान अवस्था प्रति गहिरो चिन्ता व्यक्त गर्दै पुर्व राजा शाहले गर्नु भएको सम्बोधनको पुर्ण पाठ अन्तिम पृष्ठमा प्रस्तुत गरिएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं बरिष्ठ अधिवक्ता देवेन्द्र लाल नेपालीको नेतृत्वमा गठित स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा पुर्व राजा शाहलाई नागरिक स्तरबाट विभिन्न संघसंगठन लगायतले अभिनन्दन गर्दै २०६३ सालमा जनतालाई सोम्पिएको नासो ग्रहण गर्न आग्रह गरिएको छ । हजारौं मानव सागरको विच पुर्व राजा शाहलाई विभिन्न संघ संगठन तथा जातीय समाजले अभिनन्दन गरेको छ । कार्यक्रममा मूल समारोह समितिका अध्यक्ष नेपालीको स्वागत मन्तव्य व्यक्त गर्दै परमपरागत र आधुनिक शक्ति मिलेर अघि बढ्नु पर्नेमा जोड दिंदै निशेधको राजनिति त्याग्न दलहरुलाई आग्रह गर्दै राजा, राजनितिक दल र जनता सबैको स्वामित्व समेटिएको संविधान २०४७ व्यूताउनु पर्नेमा जोड दिनु भयो ।

उहाले मुलुकलाई वर्तमान जर्जर अवस्थाबाट निकास र समृद्धिका लागी मेलमिलापको निति सहित अघि बढ्न अहृवान समेत गर्नु भयो । मूल समारोह समितिका महासचिव हिरा बहादुर चन्दले नागरिक अभिनन्दन पत्र वाचन गर्नु भएको कार्यक्रममा धन्यवाद ज्ञापन मूल समारोह समितिका उपाध्यक्ष पशुपति विक्रम शाहले गर्नु भएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि