Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सीमाक्षेत्रका स्थानीयको आयोडिन नूनप्रति आकर्षण बढ्दो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १०, २०८०
सीमाक्षेत्रका स्थानीयको आयोडिन नूनप्रति आकर्षण बढ्दो

वीरगंज (पर्सा), १० माघ । विगत केही वर्षअघिसम्म भारतीय नूनको उपभोग गर्दै आएका पर्साको भारतीय सीमावर्ती क्षेत्रका स्थानीयवासी आयोडिनयुक्त नूनप्रति आकर्षित हुन थालेका छन् । आयोडिनयुक्त नूनको महत्व र फाइदाबारे जनचेतना फैलाउनुकासाथै यसको प्रचारप्रसार, स्थानीय प्रशासनले भारतीय नूनको आयातमा कडाइ र सहज आपूर्तिसँगै सीमावर्ती क्षेत्रका स्थानीयवासीमा दुई बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नूनप्रति आकर्षण बढ्ेको हो ।

‘आयोडिनयुक्त नूनको फाइदाबारे बुझेपछि भारतीय ढिके नून खान छाडेका छौँ’, छिपहरमाई गाउँपालिकाका जमालुदिन मियाँले भने ‘यसअघि आयोडिन नूनको फाइदाबारे थाहै थिएन् ।’ साल्टट्रेडिङले गाउँमा आयोडिनयुक्त नूनको फाइदा र महत्वको विषयमा समय समयमा प्रचारप्रसार गरेपछि यस नूनप्रति आकर्षण बढेको उनको भनाइ थियो । आयोडिनयुक्त नून खाँदा मानसिक तथा शारीरिक फुर्तिलो, स्वस्थ्य हुनुका साथै स्मरण शक्तिको वृद्धि हुने सिरहाको ठोरी-४ का शम्भु श्रेष्ठले बताए । उनले भने ‘करिब तीन/चार वर्षअघिसम्म गाउँका प्रायः स्थानीयवासीले भारतीय ढिके नून खान्थे । अहिले अधिकांशले आयो नूनको प्रयोग गर्न थालिसकेका छन् ।’

आयो नूनभन्दा सस्तो र खरिद गर्न पनि सहज हुँदा ढिके नून प्रयोग बढे्को भन्दै अहिले गाउँमै आयो नून पाउन थालेपछि यहीँ उपभोग गर्ने गरिएको श्रेष्ठले बताए । स्थानीय प्रहरी प्रशासनले भारतीय नून आयातमा कडाइ गरेपछि ढिके नून बन्द भएको उनको भनाइ थियो । आयोडिनयुक्त नून बजारमा २० रुपैयाँमा बिक्री भइरहेको छ भने भारतीय नूनप्रति प्याकेट १० रुपैयाँ (भारू) मा बिक्री भइरहेको छ । ‘भारतीय सीमासँग जोडिएका पर्साको वीरगंज महानगरपालिका, छिपहरमाई गाउँपालिका, ठोरी, पटेर्वासुगौली लगायतका स्थानमा ढिके नूनको प्रयोग बढी भइरहेको थियो’, साल्टट्रेडिङ कर्पोरेशन वीरगंजका प्रमुख अमोज लामिछानेले भने ‘आयोडिन नूनको महत्व र फइदाका बारेमा प्रचारप्रसार गरेपछि अहिले भारतीय नूनको प्रयोगमा करिब ९० प्रतिशत कमी आएको छ ।’

स्थानीयवासीको आयो नूनप्रति आकर्षण बढ्ेसँगै पर्सा, बारा लगायतका जिल्लामा आयोडिनयुक्त नूनको माग बढ्ेको प्रमुख लामिछाने जानकारी दिए । उनका अनुसार पाँच वर्षअघिसम्म पर्सा, बारा, रौटहट र सर्लाहीमा गरी मासिक करिब १०/१२ हजार बोरा आयो नून खपत हुँदै आएकामा पछिल्लो केही वर्षदेखि मासिक बीस हजार बोरा खपत हुन थालेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा दुई ४० हजार बोरा आयो नून खपत भएको प्रमुख लामिछानेको भनाइ थियो । साल्टट्रेडिङ कार्पोरेसन वीरगंजले पर्साका ११, बाराका नौ, रौतहटका पाँच र सर्लाहीका सात गरी ३२ वटा डिलरमार्फत नून बिक्री गर्दै आएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि