Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेशनल मेडिकल कलेजको लापरवाहीले छोराको मृत्यु भएको आरोप, प्रहरीले जाहेरी लिन मानेन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १०, २०८०
नेशनल मेडिकल कलेजको लापरवाहीले छोराको मृत्यु भएको आरोप, प्रहरीले जाहेरी लिन मानेन

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ११ माघ । धनुषा जिल्ला सबैला नगरपालिका वडा नं. ५ निवासी मखनाहा टोल निवासी फुदन यादवले जिल्ला प्रहरी कार्यालय पर्साले नेशनल मेडिकल कलेज विरुद्ध जाहेरी दर्ता नगरेको आरोप लगाएका छन् । गत आइतबार माघ ७ गते विहान करिब ३  बजे वीरगंज महानगरपालिका-१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाएका दुईजना विद्यार्थीमध्ये धनुषा निवासी सुमित यादवका बुवाले नेशनल केडिकल कलेज विरुद्ध जाहेरी दिन जाँदा जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता नगरिएको आरोप लगाए ।

उनले कलेज प्रशासनको चरम लापरवाहीको कारण छोराको ज्यान गएकोले आवश्यक अनुसन्धान सहित कारवाहीको माग गर्दै जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको बताए । उनले भने ‘मेरो छोरालाई कलेजको जिम्मा लगाएर होस्टलमा राखेको अवस्थामा रातिको समयमा कलेजबाट कसरी निस्क्यो ? बाइक कहाँबाट आयो ? वार्डेनले के हेरेर बसेको थियो ? कलेजको दोश्रो गेटको ताल्चा कसले खोल्यो ? बाइक कसले दियो ? राति त्यो बाइक होस्टलसम्म कसरी पुग्यो ? कलेज प्रशासनको चरम लापरवाहीले छोराको ज्यान गएको छ, यस घटनामा सत्यतथ्य छानविन गरि कलेजलाई कारवाही गरिनुपर्छ ।’

दुर्घटनाबाट छोराको मृत्यु भएपछि कलेज प्रशासनसँग सोधपुछ गर्दा केही जानकारी नदिएपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन पुग्दा कलेजका एकजना प्रतिनिधि बोलाएर कलेजमै छलफल गराएका थिए । छलफलको क्रममा प्रहरीको रोहबरमा क्याम्पस प्रशासनले आफ्नो गल्ती पनि स्वीकारेको मृतकका बुवा फुलन यादवको भनाई छ । उनका अनुसार छलफलमा कलेज प्रशासनले सिस्टमको गल्तीले विद्यार्थी बाहिर निस्केको गल्ती स्वीकार्दै अध्ययन वापत कलेजलाई बुझाइएको शुल्क फिर्ता दिने भनेर प्रस्ताव गरिएको कारण आफू अन्यायमा परेर कानूनी बाटो रोजेको बताए ।

‘कलेजले सानोतिनो गल्ती गरेको छैन, उसलाई सानो गल्ती लागेको होला, तर मैले आफ्नो छोरा गुमाएको छुँ, कलेजको होस्टल सुपरिटेण्ड, वार्डेन, प्रशासन प्रमुखमाथि छोराको ज्यान मारेको आरोपमा कारवाही हुनुपर्छ’ उनले भने । यसमा प्रहरीले पनि साथ दिइरहेको छैन, अनुसन्धानबाट जे हुन्छ त्यो स्वीकार्य छ, तर प्रहरीले जाहेरी नै दर्ता नगरेको कारण आफू अन्यायमा परेको बताए ।

यसबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बिहीबार छलफलको लागि दुबै पक्षको बोलाइएको बताए । उनले भने ‘मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको हो, यस अवस्थामा कर्तव्य ज्यान सम्बन्धी जाहेरी कसरी दर्ता गर्ने ? उहाँहरुले कर्तव्य ज्यान सम्बन्धी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय आएको कारण जाहेरी दर्ता नगरी दुबै पक्षलाई छलफलको लागि बोलाइएको बताए । छलफलको क्रममा दुबै पक्षबीच कुनै निचोड ननिस्केपछि प्रहरीले अनुसन्धान थाल्ने उनको भनाई छ ।

गत माघ ७ गते विहान वीरगंज महानगरपालिका-१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा मोटरसाइकल दुर्घटनामा परि २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेहरूमा धनुषाका सुमित यादव र बारा सुवणर्पुरका सञ्चित यादव थिए । मृतक दुवैजना वीरगंज स्थित नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए । मधेस प्रदेश २-०३-०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक साइकल र्‍याली

विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक साइकल र्‍याली

जेष्ठ २०, २०८३
जग्गा विवाद उग्र रूप लिँदा सामुहिक आक्रमण, घटनाको सत्यतथ्य छानविन गर्न दुबै पक्षको माग

जग्गा विवाद उग्र रूप लिँदा सामुहिक आक्रमण, घटनाको सत्यतथ्य छानविन गर्न दुबै पक्षको माग

जेष्ठ २०, २०८३
एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरी असई र युवती काभ्रेको जंगलमा मृत फेला

एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरी असई र युवती काभ्रेको जंगलमा मृत फेला

जेष्ठ २०, २०८३
आ.व. २०८३/०८४ को बजेटमा पनि परेन कमला पुल, सरकारप्रति जनताहरुको बढ्यो आक्रोश

आ.व. २०८३/०८४ को बजेटमा पनि परेन कमला पुल, सरकारप्रति जनताहरुको बढ्यो आक्रोश

जेष्ठ २०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि