Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भन्सार एजेन्टको अकल्पनीय आम्दानी, वीरगंजमा मात्रै दर्जनौँ घर, कसरी अर्जे अकुत सम्पत्ति ?

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २, २०८०
भन्सार एजेन्टको अकल्पनीय आम्दानी, वीरगंजमा मात्रै दर्जनौँ घर, कसरी अर्जे अकुत सम्पत्ति ?

वीरगंज (पर्सा), २ माघ । भन्सारमा व्यवसायीको सामान जाँचपास गर्न सघाउने क्लियरिङ एजेण्टले एक हजारदेखि दुई हजारसम्म पारिश्रमिक बापतको शुल्क लिन्छन् । वैधानिक रुपमा सिधा हुने आम्दानी अनुमान गर्न सकिए पनि वीरगंजका एक भन्सार एजेण्ट मनोज राउतको आम्दानी अकल्पनीय छ । छपकैया १ स्थायी घर भएका मनोजको वीरगंजमा मात्रै दर्जनौँ व्यवसायिक तथा आवासीय घर छन् । काठमाडौंको असनलगायतका स्थानमा समेत व्यवसायिक र आवासीय घरहरू छन् ।

नेपालका अन्य शहरहरूमा पनि रियलस्टेटमा उनको ठूलो लगानी रहेको जानकारहरू बताउँछन् । हालसालै उनले दुवईमा पनि सम्पत्ति जोडेको स्रोतको भनाइ छ । छोटो समयमै एउटा क्लियरिङ एजेन्टको यो सबै कसरी सम्भव भयो ? उनले कसरी अकूत सम्पत्ति आर्जन गरे ? भन्ने विषय अहिले चर्चामा छ । भन्सार एजेण्टहरू जाँचपासको काममा केन्द्रित भइरहँदा उनले मोटो रकम खर्चेर शक्तिकेन्द्रको आडमा सेटिङ मिलाउने गरेका छन् ।

स्रोतका अनुसार एउटै प्रज्ञापन पत्रबाट उनले धेरै मालबाहक गाडी पास गरेर राजस्व छल्ने हो । यो क्रम निरन्तर चलिरहेको छ । वीरगंज भन्सारले मात्रै नेपालको भन्सार क्षेत्रको ६० प्रतिशत हिस्सा ओगटेको छ । प्रमुख मालवस्तुहरू वीरगंज भन्सारबाटै भित्रने गर्छ । अकूत सम्पत्ति आर्जनको मुख्य रहस्य नै भन्सार छली, न्यून मुल्याङ्कन र एउटै प्रज्ञापन पत्रबाट धेरै गाडी पास गर्नु नै हो भनिन्छ । राजश्व छल्ने उनको अभियानमा वीरगंज भन्सारका कर्मचारी, भन्सार विभाग र अर्थ मन्त्रालयका अधिकारीहरूले साथ दिएका छन् । उनीबाट भन्सार कर्मचारीले पाउने बापतको रकमको छुट्टै बहिखाता राखेर उक्त रकमसमेत उनले नै रियलस्टेटमा लगानी गर्ने गरेको आरोप छ ।

घुसबाट प्राप्त हुने धनराशी उनले कर्मचारीको आम्दानीको श्रोत देखाउन नसक्ने भएकाले भन्सार विभाग र मन्त्रालयका अधिकारीहरूको पैसा पनि उनले नै व्यवस्थापन गर्ने गरेका छन् । भन्सार क्षेत्रमा उनको सेटिङ यति बलियो छ कि प्रहरीले कुनै ट्रकमा शंका लागेर सामान चेकजाँच गर्न खोज्दासमेत सक्दैन । केही समयअघि बाराको पथलैयामा विशेष सुराकीको आधारमा प्रहरीले उनको मालवाहक गाडी चेकजाँचको लागि नियन्त्रणमा लिएको थियो । श्रोतका अनुसार उक्त गाडीमा ४ करोडको मोटर पार्ट्स र जिन्सका कपडाहरू थिए । वीरगंज भन्सारमा ८० लाखको न्यून मुल्यांकन गराएर उनले उक्त गाडी काठमाडौं पठाएका थिए । प्रहरीले उनको गाडी पथलैयामै चेकजाँच गर्न खोजे पनि सकेन ।

राजश्व अनुसन्धान विभागले उक्त गाडी पथलैयामा नखोल्न र काठमाडौं पठाउन प्रहरीलाई निर्देशन दियो । प्रहरीले छोडेपछि गाडी काठमाडौंको लागि हिँडे पनि विभागमा नपुगी मनोजको गोदाममा पुग्यो । उनको तस्करीको साम्राज्यमा यो घटना एउटा सामान्य उदाहरण मात्रै हो । केहि समयअघि उनीविरुद्ध भन्सार छलेर अकूत सम्पत्ति आर्जन गरेको प्रमाणसहित सम्पत्ति शुद्धिकरण विभागमा मुद्दा परेको थियो । अर्थ मन्त्रालयका कर्मचारी सम्पत्ति शुद्धिकरण विभाग पुगेर उनको मुद्दा किनारा लगाएको स्रोतले बतायो । उनले बालाजी क्लीयरिङमार्फत् एजेण्टको काम गर्दै आएका छन् भने उनकै सहोदर भाई अशोक राउतको नाममा रहेको अशोक रोडवेजमार्फत राजश्व छलिका सामान ढुवानी हुँदै आएको स्रोतले दाबी गरेको छ । यो समाचार दृष्टि न्यूजबाट साभार गरिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि