Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हरिखेतान क्याम्पसको भवन निर्माणमा अनियमितता, निर्माण पुरा नुहँदै ठेकेदारलाई भुक्तानी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २९, २०८०
हरिखेतान क्याम्पसको भवन निर्माणमा अनियमितता, निर्माण पुरा नुहँदै ठेकेदारलाई भुक्तानी

वीरगंज (पर्सा), २९ पुस । वीरगंज अलखियामठ स्थित हरिखेतान बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणमा व्यापक अनियमितता भएको आरोप लागेको छ । क्याम्पसका नव निमित्त प्रमुख किशोरी रायले पत्रकार सम्मेलन गरि भवन निर्माणमा अनियमितता भएको आरोप लगाएका छन् । उनले २ करोड ७४ लाख रुपैयाँमा सन्तोष निर्माण सेवाले जिम्मा लिएको भवन निर्माणको काम अधुरै छोडेर भुक्तानी भइसकेको बताए । वीरगंज महानगरपालिका वडा नं. ३ आदर्शटोलस्थित ८ कठ्ठा क्षेत्रफल जग्गामा निर्माण भइरहेको १० कोठाको एक तल्ले भवन निर्माणमा यसअघिका क्याम्पस प्रमुख डा. भगवान यादवले आर्थिक अनियमितता गरेको उनको आरोप छ ।

क्याम्पसका लेखा प्रमुख विनोद यादवले भवन निर्माणको लागि भएको सम्झौता तथा भुक्तानी सम्बन्धी सबै कागजात आफुसँग नरहेको मौखिक जवाफ दिएको रायको भनाई छ । उनले भने ‘ठेकेदारलाई सबै रकम भुक्तानी गरिसकिएको छ, तर भवनको काम आधा भन्दा बढी अधुरै छ । पर्खाल उठाएर ढलान मात्र भएको छ । प्लाष्टर पनि भएको छैन, नत्र रंगरोगन गरिएको छ । ढोका र झयालको पल्लापनि हालिएको छैन । वायरिङको कामपनि गरिएको छैन ।’

विनोद यादवलाई उद्धृत गर्दै उनले भने ‘सबै कागजात भगवान सरले माग्नुभयो, उहाँसँग केही कागजात पनि छैनन् । मैले पनि सबै कागजात मगाएको छु ।’ उनले थपे, ‘आव २०७४/०७५ देखि आ.व. २०७९/०८० सम्मको बैंक स्टेटमेन्टसहितको अडिट रिपोर्ट मैले लेखा प्रमुखसँग माग गरे । तर उनले पूर्वक्याम्पस प्रमुखलाई सबै कागजात दिइसकेकाले सबै उहाँसंग नै छ । मसँग केहि छैन भनेर अटेरी गरेका छन् ।’ अबको दूई तीनभित्र ती कागजात उपलब्ध नगराए उनलाई निलम्बन गर्ने चेतावनीसमेत रायले दिएका छन् ।

प्रेमप्रकाश खेतान अध्यक्ष रहेको क्याम्पस सञ्चालक समितिको गत मंसिर ३० गते बसेको बैठकले यसअघिका क्याम्पस प्रमुख यादवलाई उमेर हदको कारण देखाउँदै अनिवार्य अवकास दिएर पुस १ गतेदेखि निमित्त क्याम्पस प्रमुखमा रायलाई नियुक्त गरेको थियो । क्याम्पस प्रमुखको जिम्मेदवारी पाएपछि आँफुले नयाँ भवनमा कक्षा सञ्चालनका लागि आएर हेर्दा भवनको काम अधुरै रहेको देखेपछि भवन निर्माणबारे सोधीखोजी गर्र्दा भवन निर्माण बापतको पुरा रकम ठेकेदारलाई भुक्तानी गरिसकेको पत्ता लागेको रायले बताए । आधा भन्दा बढी काम अधुरै छ, ढलानको बीमहरु बाँगिएको अवस्थामा छ, यो संरचनाले पाँच तल्ला थेग्न सक्ने अवस्था नरहेको प्राविधिकले जानकारी दिएको रायको भनाई छ ।

निर्माण कम्पनीसँग क्याम्पसले गरेको सम्झौता अनुसार ठेक्का सम्झौता भएको मितिदेखि दुईवर्षभित्रमा रंगरोगनसहित भवन निर्माण सम्पन्न गरेर क्याम्पसलाई हस्तान्तरण गरेपछि भुक्तानी गर्ने उल्लेख छ तर क्याम्पसले भवन अधुरै अवस्थामा भुक्तानी गरिसकेकोले यसमा अनियमितता भएको उनको भनाई छ । ठेकेदारलाई क्याम्पसले गरेको भुक्तानीसहितको अडिट रिपोर्ट आँफुले लेखा प्रमुख यादवसँग माग्दा उनले नदिएको उनको गुनासो छ । उनले भने, ‘आ.व. २०७४/०७५ देखि आ.व. २०७९/०८० सम्मको बैंक स्टेटमेन्टसहितको अडिट रिपोर्ट लेखा प्रमुखसँग माग गरेको तर उनले पूर्वक्याम्पस प्रमुखलाई सबै कागजात दिइसकेकाले सबै उहाँसँग नै छ, मसँग केही नरहेको भनेर अटेरी गर्दै आएका छन् ।’ लेखा प्रमुख यादवले अबको दूई तीनभित्र ती कागजात उपलब्ध नगराए उनलाई निलम्बन गर्ने क्याम्पस प्रमुख रायले चेतावनी समेत दिए ।

निर्माणाधीन भवन गाईगोठको रुपमा प्रयोग गरिँदै
विद्यार्थीहरुलाई पढ्नको लागि निर्माण भइरहेको भवनलाई गाइगोठको रुपमा स्थानीले प्रयोग गरि रहेका छन् भने त्यसभित्रै कबाडहरु थुपारेको पाइएको छ । आइतबार विहान निर्माणाधीन भवनमा अनुगमन गर्दा बरण्डा छेउको कोठामा गाई बाँधेर राखिएको अवस्थामा भेटिएको छ भने परिसर गाईको गोबर र पिसाबले भरिएको छ । भवनका अन्य कोठाहरुमा बजारबाट संकलन गरिएका कबाड भण्डारण गरिएको छ ।

एक स्थानीयले भने,‘ हुन त यो कलेजको भवन हो तर लवारिस अवस्थामा छ । सोधीखोजी गर्ने कोहि नहुदाँ स्थानीयहरुले गाइगोठको रुपमा प्रयोग गर्दै आएका छन् भने एक व्यापारीले कबाडका सामानहरु थुपारेका छन् । अधुरो नवनिर्मित भवनमा राखिएका गाई र कबाडहरु हटाइने निमित्त क्याम्पस प्रमुख रायले बताए । भवन निर्माणमा गरिएका अनियमितताको कानूनी रुपमा टुङ्गो लागेपछि अधुरो काम पुरा गरेर भवनमा कक्षा सञ्चालन गरिने उनको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि