Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रास्वपाका वीरगंज महानगर भेला स्थगित, सभापतिका लागि पांच आकांक्षी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २८, २०८०
रास्वपाका वीरगंज महानगर भेला स्थगित, सभापतिका लागि पांच आकांक्षी

वीरगंज (पर्सा), २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वीरगंज महानगर भेला शनिबार हुन सकेन ।  शनिबार वीरगंजस्थित होटेल क्लासिक ब्यांक्वेटमा राखिएको पार्टीको प्रथम वीरगंज भेला केन्द्रिय नेताकाे निर्देशनमा स्थगित गरिएको रास्वपा पर्साका संयाेजक दिलिप कुर्मीले जानकारी दिए । उनले शुक्रबार राति नै भेला स्थगित भएकाे वताए ।

भेला स्थगित बारे रास्वपाका सह महामन्त्री कबिन्द्र बुढाथाेकीले आफ्नाे फेसबुक मार्फत भेला स्थगितकाे सूचना लेखेका थिए । उनले रास्वपा वीरगंज महानगरपालिका भेला आयोजक समितिबाट पौष २८ गतेको भेला आयोजनाको तयारीका क्रममा काम हुँदै गर्दा आचारसंहिता विपरित गएर केहि ब्यक्तिहरुबाट काममा बाधा ल्याउने र विथोल्ने कार्य भएकोले र यस सम्बन्धि छानविन गरी पार्टीहीतका लागि काम गर्न केही समय लाग्ने भएकोले अर्को मिति तय नहुन्जेल सम्मको लागि वीरगंज महानगरपालिका भेला स्थगित गरिएको लेखेका छन् ।

उक्त भेलालाई पार्टीका अध्यक्ष रवि लामछिानेले उद्घाटन गर्ने कार्यक्रम थियाे । भेलाको सम्पूर्ण तयारी गरिएको भए पनि अन्तिम समयमा आएर विवादका कारण स्थगित भएकाे बुझिएकाे छ । पार्टीकाे वीरगंज महानगर समिति चयन गर्न भेला आयाेजना गरिएकाे थियाे । जस अन्तर्गत वीरगंज महानगरकाे सभापति पदका लागि ५ जना, उप सभापतिका लागि २ जना, सचिवका लागि ३ जना, काेषाध्यक्षका लागि २ जना र सदस्यहरुमा ८ जनाले उम्मेदवारी दिएका थिए । सभापति पदका लागि हरि पन्त भनिने बुद्धि प्रसाद पन्त, महादेव प्रसाद कुर्मी, आन्नद प्रसाद कानु, राज कुमार मिश्रा र दिपेन्द्र साह उम्मेदवार थिए । उम्मेदवार मध्येका हरि पन्त र महादेव कुर्मी पक्षकाे विवावदका कारण भेला हुन नसकेकाे बुझिएकाे छ ।

हरि पन्त हाेटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हुन् । उनलाई नै वीरगंज महानगरकाे अध्यक्ष बनाउन पार्टीकाे संस्थापन पक्ष भनिनेहरुले पार्टीकाे विधि विधानलाई मिचेर धाधली गर्न खाेजेकाेले विवाद हुँदा भेला स्थगित भएकाे अर्का सभापतिका प्रतिस्पर्धी कुर्मी पक्षकाे भनाई छ । सभापतिका आकांक्षी कुर्मीले शुक्रबार राति पनि भेलाकाे एक भिडियाे मार्फत विराेध जनाएका थिए ।  महानगर उप सभापतिकाे लागि नारायण कुमार यादव, शाेभा गुप्ता, सचिवकाे लागि महमद महमुदिन आलम, राज नन्दन प्रसाद, काेषाध्यक्षकाे लागि आर्य शशिकला र प्रकाश कुमार साह उम्मेदवार थिए ।

यसैगरी सदस्यकाे लागि सरस्वती तामाङ, नन्दन साह राैनियार, आशिक थापा, मनिष कुमार व्याहुत, नविन कुमार शरण साेनार, चिन्ता देवी, दिपेन्द्र गिरी र राजेन्द्र महताेले उम्मेदवारी दिएका थिए । भेलामा सहभागि हुन रास्वपाका सह महामन्त्री बुढाथाेकी, मधेश प्रदेश अध्यक्ष तापेश्वर यादव, प्रदेश महाम्नत्री मनिष साह लगायतका नेताहरु वीरगंज पुगेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि