Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

असई, सईलाई फेरबदल गराउन माहिर मानिएका घुमुवा हवल्दार ‘पटेल’ को तस्करीको लाइन…!

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २६, २०८०
असई, सईलाई फेरबदल गराउन माहिर मानिएका घुमुवा हवल्दार ‘पटेल’ को तस्करीको लाइन…!

कलैया (बारा), २६ पुस । जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान शाखामा कार्यरत बरिष्ठ हवल्दार अजय पटेल आफ्नो काम कर्तव्य भन्दा पनि तस्करसँग सेटिङ्ग गरि रकम असुल्नमा तल्लिन भएका छन् । बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेको विश्वासिलो पात्रको रुपमा चिनिने बरिष्ठ हवल्दार पटेल अहिले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने बारा जिल्लाका नाकाहरुबाट तस्करसँग सेटिङ्ग गराउने काममा व्यस्त छन् । अपराध रोकथामको लागि खटाइएका पटेल अहिले अपराध रोकथाम भन्दा पनि तस्करसँग सेटिङ्ग गराई हाकिमलाई खुशी पार्न तस्करी गराउने कार्यमा लागेका हुन् ।

तस्करीबाट सबैभन्दा बढि पैसा उठाएर हाकिमलाई दिने उनले ठेक्का नै पाएको बताइएको छ । उनको तस्करहरुसँग राम्रो हिमचिम रहेको कारण पनि उनले यो ठेक्का पाएको प्रहरीमा चर्चा छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने प्रहरी चौकीका इन्चार्जलाई आफ्नो दबदबाको रवाफ देखाउँदै आफै तस्करीको सेटिङ्ग गर्ने गरेको बताइएको छ । पटेल बरिष्ठ हवल्दार भएपनि उनको रवाफ कम छैन । उनी चाहे मात्रै असई, सई, बरिष्ठ सईहरुले चौकीको इन्चार्ज पाउने गरेका छन् । एसपीको विश्वासिलो पात्र भएकै कारण उनकै इसारामा प्रहरी चौकीका इन्चार्जहरु फेरबदल हुने गरेको प्रहरी श्रोतले जनाएको छ । दर्जाले तल्लो भएपनि उनको रवाफ उपल्लो हाकिम भन्दा कम छैन ।

उनी करिब दुई वर्षदेखि जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत छन् । विगतमा पर्सामा काम गरिसकेको कारण उनको तस्करहरुसँग राम्रो पकड रहेको छ । एसपीको अत्यन्तै विश्वासिलो पात्र भनेर चिनिने पटेलले प्राय चौकीका इन्चार्ज हेरफेरदेखि तस्करहरुसँग उठन्ती गर्न माहिर मानिन्छन् । आफ्नो उपल्लो हाकिमलाई पाखा लगाउँदै एसपीको विश्वासिलो पात्रको रवाफ देखाएर तस्करी गराउने गरेकै कारण उनी पटक पटक विवादमा पर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय बारामा आउनु अघि उनी विवादमा परि पर्साबाट मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएका थिए । त्यहाँबाट उनी प्रहरी प्रधान कार्यालय तानिए । प्रहरी प्रधान कार्यालयमा केही दिनको कार्यभारपछि उनी मकवानपुरमा दरबन्दी भएर आए अनि केही दिनमै पुनः जिल्ला प्रहरी कार्यालय बारामा दरबन्दी गराउन सफल भए । त्यस पश्चात उनी अपराध अनुसन्धान शाखामा कार्यरत रहेपनि अपराध रोक्ने काम भन्दा पनि तस्करी गराउने काम उनको प्राथमिकता हो ।

जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान शाखामा कार्यरत बरिष्ठ हवल्दार अजय पटेल ।

उनी चौकीका इन्चार्जहरुसँग मिलेर तस्करहरुसँग सेटिङ्ग गराउने काममा व्यस्त रहेको बताइएको छ । उनले अहिले बारा जिल्लाको बलिरामपुर नाकाबाट तस्करी गराई रहेको बताइएको छ । उनले  तस्करहरुसँग महिनावारी सेटिङ्ग गरी तस्करीको लाईन खुलाएको श्रोतले जनाएको छ । तस्करहरुसँग सेटिङ्ग गरि बारा जिल्लाको विभिन्न नाकाबाट कपडा, काजु, हार्डवेयर, कफीको दाना, प्याज, माछा, धान लगायतको सामाग्रीहरुको गराई रहेको प्रहरी श्रोतले जनाएको छ ।

तस्करहरु दुलारचन, सन्तोष, अनहोती, लालु यादव, विरेन्द्र, राजु, टेडा, जयलाल, संजय तत्वाले कपडा, काजु, हार्डवेयरका सामान, प्याज, कफीको दाना एवं धानको तस्करी गरि रहेका छन् । तस्करीको लाइन खुलाए वापत एकजना तस्करसँग जिल्ला प्रहरीको नामले घुमुवा अजय पटेलले ४५ हजार रुपैयाँ एवं सशस्त्र प्रहरी बल बलिरामपुरका सईले मासिक २५ हजार रुपैयाँ एवं इलाका प्रहरी कार्यालय गण्डकका घुमुवाले मासिक १५ हजार रुपैयाँ बुझेको बताइएको छ ।

भारतबाट तस्करीको सामान नेपाल भित्र्याउन बलिरामपुर नाका अहिले सजिलो भएको र त्यस क्षेत्रमा पर्ने प्रहरी चौकी, सशस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालयका घुमुवा, इलाका प्रहरी कार्यालय गण्डकका हाकिम पनि तस्करीको लाइन दिएको कारण रातिको समयमा तस्करीको सामान नेपाल भित्रि रहेको बताइएको छ । तस्करहरुले कपडा एवं काजु रक्सौलबाट सहदेवा, बलिरामपुर, इनर्वागाउँ, भुटनदेवी हुँदै वीरगंज बजारसम्म सहजै रुपमा पुर्‍याउने गरेका छन् ।

कपडा तथा काजु तस्करीमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा रहेका प्रहरी चौकी इनर्वाका इन्चार्ज, वडा प्रहरी कार्यालय वीर्ताका घुमुवा, टाइगर टोली एवं मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका घुमुवाले पनि सघाउने गरेका छन् । यसैगरि धान, प्याज एवं कफीको दाना रक्सौलबाट सिर्सिया, महदेवा, फुदियाटोला, मुसहर्वा हुँदै बारा एवं पर्साको विभिन्न ठाउँमा तस्करीको सामान पुर्‍याउने गरिएको हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि