Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कृषि सामाग्री कम्पनीको युरिया मल भित्रिन थाल्यो, ३० हजार मेट्रिक टन युरिया मल आपूर्ती हुने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २१, २०८०
युरिया मलको विकल्पमा आयो ‘नानो युरिया’ : लागत कम, प्रभावकारी बढी

वीरगंज (पर्सा), २१ पुस । कृषि सामग्री कम्पनीको युरिया मल भित्रिन थालेको छ । कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार, आदित्य बिरला कम्पनी आपूर्तिकर्ता रहेको कन्साइन्मेन्ट नम्बर १ सय २१ को युरिया मल भित्रिन थालेको हो । ‘२ हजार ५ सय मेट्रिक टन युरिया मल बोकेको पहिलो रेल्वे ¥याक बिहीबार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आई पुगेको छ,’ उनले भने, ‘शुक्रबार पनि सीमावर्ती भारतीय सहर रक्सौलको रेल्वे स्टेशनमा २ हजार ५ सय मेटन युरिया मल बोकेको अर्को रेल्वे ¥याक आइपुगेको छ ।’सुक्खा बन्दरगाहमा आइपुगेको मल कम्पनी प्रादेशिक कार्यालय भैरहवा जाने र रक्सौल आइपुगेको मल प्रादेशिक कार्यालय वीरगन्ज आउने उनले बताए ।

यो कन्साइन्मेन्टको मल कोलकत्ता बन्दरगाह हुँदै वीरगन्ज र रक्सौलसम्म आइरहेको छ । ग्लोबल टेण्डरबाट ठेक्का पाएको आदित्य बिरला कम्पनीले यो कन्साइन्मेन्टबाट कम्पनीको ३० हजार मेट्रिक टन युरिया मल आपूर्ती गरिरहेको छ । यी दुई बाहेक स्वीस सिंगापुर कम्पनी आपूर्तिकर्ता रहेको कन्साइन्मेन्ट नम्बर १ सय १५ को ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकत्ता बन्दरगाह आइसकेको र उक्त मल पनि यसै साता देखि क्रमशः भित्रिने पाण्डेले बताए । मल भित्रिए लगत्तै माग भएका जिल्लाहरुमा क्रमशः परिचालन समेत गरिनेछ। हाल किसानलाई गहुँ बालीका लागि युरिया मलको आवश्यकता छ । कोटा छुट्याइएको मधेश प्रदेशका जिल्लाहरुमा तथा जिम्मेवारी रहेका बागमती प्रदेशका जिल्लाहरुमा समेत प्रादेशिक कार्यालयबाटै मल परिचालन गरिने उनले बताए । ठूलो मात्रामा मल भित्रिसकेपछि अब गहुँ बालीका लागि मलको अभाव नहुने पनि पाण्डेले दाबी गरे ।

यस बाहेक कम्पनीले धान सिजनलाई लक्षित गरी ठूलो मात्रामा युरिया र डिएपी मल भित्र्याउन लागेको पाण्डेले बताए । धान बालीका लागि कम्पनीले ५ वटा कन्साइन्मेन्टमा गरी युरिया, डिएपी र पोटास मल भित्र्याउन थालेको छ । ३०÷३० हजार मेट्रिक टन युरिया मल आयातको ३ वटा कन्साइन्मेन्ट, २० हजार मेट्रिक टन डिएपी आयातको एउटा कन्साइन्मेन्ट र १० हजार मेट्रिक टन पोटास आयातको एउटा कन्साइन्मेन्ट रहेको उनले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

साउन ३१, २०८३
वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

साउन ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि