Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

श्रीनिधि सहकारीको बार्षिक साधारण सभा सम्पन्न, आ.व. २०७९/०८० मा ९७ करोड बढिको कारोबार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २०, २०८०
श्रीनिधि सहकारीको बार्षिक साधारण सभा सम्पन्न, आ.व. २०७९/०८० मा ९७ करोड बढिको कारोबार

वीरगंज (पर्सा), २० पुस । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंजको १२ औं बार्षिक साधारण सभा शुक्रबार वीरगंजमा सम्पन्न भएको छ । वीरगंजस्थित नगर सभा गृहमा भएको साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबि उप्रेतिले गरेका थिए । सभालाई सम्बोधन गर्दै अध्यक्ष उप्रेतिले केहि सिमित व्यक्तिहरुले सहकारीलाई बदनाम गरेको आरोप लगाए । उनले पछिल्ला दिनहरुमा केहि समुहहरुले नियोजित रुपमै लागेर सहकारी बिरुद्ध भ्रम सृजना गरेको दावी गरे ।

सहकारीलाई राज्यले समेत चाहिने जति सहयोग नगरेको आरोप लगाउदै उनले सहकारी बिरुद्ध फैलाइएको भ्रमको पछि नलाग्न आग्रह समेत गरे । वित्तिय तरलता र विदेशी मुद्रा सञ्चितिमा कमी आएको अवस्थमा सहकारीले देशलाई ठूलै आर्थिक सहयोग गरिरहेको उनको भनाई थियो । सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसियाले आ.व. २०७९/०८० मा संस्थाले ९७ करोड ४३ लाख ७३ हजार ८ सय ४ रुपैयाको कारोबार गरेको वताए । उनले संस्थाको शेयर पुजी ४ करोड ८३ लाख ८९ हजार ५ सय र बचत संकलन ६९ करोड, ७४ लाख ७९ हजार ३ सय ९ रुपैया रहेको जनाए ।

जगेडा तथा अन्य कोषहरुमा ४ करोड ७ लाख ४५ हजार ६ सय ५६ रुपैया र कर्जा तथा सापटि ६४ करोड ६५ लाख २३ हजार २ सय ५४ रुपैया रहेकोमा खुद नाफा एक करोड ३१ लख ४ हजार ३९१ रुपैया रहेको अधिकृत चौरसियाले बताए । संस्थाका अध्यक्ष चुडामणी ब्रजचार्यको तर्फबाट संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अधिकृत चौरसियाले संस्थाको स्थिर सम्पति वीरगंजको आर्दशनगर स्थित भाजुरत्न चौक नजिक रहेको साढे पन्ध्र धुर जग्गा जोड्न सफल भएको र सो जग्गामा एक बर्षभित्र भवन निर्माण गर्ने योजना रहेको जानकारी गराए । उनले विगत आ.ब. २०७६/०७७ देखि नै प्रविधि मैत्री वित्तिय सेवा घोषणा गरे बमोजिम संस्थाको व्यापार प्रवर्द्धनमा महत्वपूणर् उपलब्धि हासिल भएको वताए ।

प्रविधि मैत्री वित्तिय सेवालाई व्यवस्थित गर्दै सेवा प्रदान गरिने कार्यक्रम सहित आ.ब.२०७८।०७९ देखि निरन्तर कार्यान्वयनमा रहेको स्मार्ट बैंकिङ सेवा अर्न्तगत मोबाइल बैंकीङ टेकनलोजी मार्फत नेपालभरी आफ्नो वित्तिय कारोबार गर्न सकिने गरी संस्थाले आफ्नै, एसएमएस सर्भिस र मोबाइल बैंकिङ सर्भिस उपलब्ध गराइरहेको जानकारी गराए । संस्थाका अध्यक्ष ब्रजचार्यको अध्यक्षता सम्पन्न कार्याक्रमा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका पर्सा अध्यक्ष राजेश पंडित, सहकारी विकास बोर्डका पुर्व संचालक सदस्य शम्भु गुप्ता, नेपाल बचत तथा ऋण सहकारी संघ (नेफस्कुन) पूर्व संचालक सदस्य हरेराम पटेल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट नियमित बचत सदस्य रामायण गिरी, विश्वनाथ प्रसाद, उत्कृष्ट बाल बचत सदस्य आस्था श्रेष्ठ र उत्कृष्ट ऋणी सदस्य रामायण प्रसाद तेली लगायतकालाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण संचारकर्मी उज्जवल घिमिरेले गरेका थिए भने स्वागत मन्तव्य सुरेन्द्र चौरसियाले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि